बोक्सीहुँदैन भन्ने मान्यता राख्छु: प्रकाश घिमिरे

काठमाडौं: कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन। दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म अग्निदहनमार्फत दर्शकमाझ आउँदैछन्। उनीसँग फिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः

अग्निदहनमा कसरी जोडिनुभयो?

घामपानीको सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो। उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो। म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें। पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो। सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ। म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो। पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन्।

ट्रेलर हेर्दा तपाईं बोक्सी हुँदैनभन्ने मान्यता राख्नुहुन्छ। वास्तविकतामा तपाईंको मान्यता त्यही हो ? किन?

बोक्सीहुँदैन भन्ने मान्यता राख्छु। मानिसमा मानसिक रोग हुन्छ। त्यो रोगलाई चिन्न नसकेर बोक्सीअथवा अरु नै नाम राखिन्छ। पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन्। रोग नचिनेपछि बोक्सीभन्न थाले।

तपाईंको बुझाईमा समाजमा साँच्चै बोक्सी छन् त?

हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन्। पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे। ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए। अनि के भन्ने त भन्दा बोक्सीशब्द प्रयोग गरे। खासमा महिलामा बोक्सीसमस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो। धामीझाँक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन्।

महिलालाई बोक्सीको आरोप किन लगाइदो रहेछ?

बोक्सी भन्ने कुरा मान्छेले आफैंले खडा गरेको चिज हो। मान्छे भित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन। को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि बोक्सीलगायतका आरोप लगाइन्छ। मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइने गरिन्छ। त्यो गलत हो। रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो।

Comments

Popular posts from this blog