जैव स्रोतहरूबाट जैव अर्थव्यवस्थामा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन शुरु भयो गान्तोकमा
ब्रिक-आईबीएसडी सम्मेलनमा भारत र
विदेशबाट ४०० प्रतिनिधि सामेल भए
गान्तोक: बायोटेक्नोलोजी
रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट इन्स्टिट्युट (आईबीएसडी) बायोटेक्नोलोजी रिसर्च
एण्ड इनोभेशन काउन्सिल (ब्रिक), बायोटेक्नोलोजी विभाग, विज्ञान तथा प्रविधि
मन्त्रालय, भारत सरकार अन्तर्गत उत्तर पूर्वी क्षेत्रको एक
मात्र संस्थान हो, जो इम्फाल, मणिपु, गान्तोक,
सिक्किम, आइजोल, मिजोरम, र शिलङ, मेघालयमा अवस्थित छ। संस्थानले भारत-बर्मा बायोडाइभर्सिटी हटस्पट अन्तर्गत
पर्ने भारतीय क्षेत्रमा जैविक स्रोतहरूको वैज्ञानिक व्यवस्थापनको प्रमुख लक्ष्यका
साथ क्षेत्रको सामाजिक-आर्थिक वृद्धिको लागि जैव-प्राविधिक हस्तक्षेपहरूको
माध्यमद्वारा जैविक स्रोतहरूको विकास र तिनीहरूको दिगो प्रयोगमा काम गर्दछ।
आईबीएसडीले पूर्वोत्तरको जैविक स्रोतहरूलाई बढावा दिन्छ र यस क्षेत्रमा उद्यमशीलता
र स्टार्टअपहरूको विकासलाई उत्प्रेरित गर्न अनुसन्धान क्षेत्रहरूलाई जीविका
उत्पादन र विभिन्न दृष्टिकोणबाट जैविक अर्थव्यवस्थालाई बढावा दिन्छ।
आईबीएसडी
१५-१६ नोभेम्बरमा निर्धारित एसएफईको ११औँ सम्मेलनका साथ साथै जैव स्रोतहरूबाट
जैविक अर्थव्यवस्था: विकसित भारतको लागि पूर्वोत्तरका परम्परागत स्रोतहरूलाई प्रवर्द्धन
गर्नमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको छ। यसको नेतृत्व प्रो. पुलक कुमार
मुखर्जी र आईबीएसडीको उनको सम्मानित टोलीले गरिरहेको छ। सिक्किममा यस्तो आयोजन
पहिलो पटक भइरहेको छ। यो कार्यक्रम आईबीएसडी, सोसाइटी फर
एथनोफार्माकोलोजी, भारतद्वारा राज्य मेडिसिनल प्लान्ट बोर्ड,
सिक्किम, गान्तोक र क्षेत्रीय आयुर्वेद
अनुसन्धान संस्थान, सिक्किम, गान्तोकको
सहयोगमा संयुक्त रूपमा आयोजना गरिनेछ। १५ भन्दा अधिक देशका प्रतिष्ठित वैज्ञानिक,
अनुसन्धानकर्ता, परम्परागत चिकित्सक र उद्योग
विशेषज्ञ अनि भारतका र विदेशका विभिन्न राज्यका ४०० प्रतिनिधिहरू यस कार्यक्रममा
सहभागी हुँदैछन्, ताकि विकसित भारतका लागि जैव स्रोतहरूबाट
जैव अर्थव्यवस्थालाई बढ़ावा दिन सकियोस्।
उद्घाटन
कार्यक्रमको अवसरमा आईबीएसजीका निर्देशक प्रो. पुलक कुमार मुखर्जीले यस क्षेत्रका
जैव स्रोतहरूबाट जैव अर्थतन्त्रको विकासका लागि विभिन्न पहलहरूमाथि प्रकाश पारे।
उनले उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्नका लागि आईबीएसडीका विभिन्न आउटरिच
गतिविधिहरूमाथि पनि प्रकाश पारे, जसमा परम्परागत चिकित्सकहरूको
व्यावसायिक बैठक, उद्योग सम्पर्क, महिला
जैव उद्यमी, महिला कौशल विकास र कृषि उद्यमीहरूलाई विकसित
भारतको लागि पूर्वोत्तरमा स्टार्टअपहरूलाई प्रोत्साहित गर्नु सामेल छन्। भारत
सरकारको बायोटेक्नोलोजी विभागका सचिव डा राजेश एस गोखलेले विकास भारतको जैविक
अर्थतन्त्रको विकासका लागि परम्परागत स्रोतहरूलाई प्रवर्द्धन गर्न पूर्वोत्तरमा यस
प्रकारको कार्यक्रम आयोजना गरेकोमा प्रो. पुलक कुमार मुखर्जीको नेतृत्वमा
आईबीएसजीको प्रयासको प्रशंसा गरे। उनले जैव विनिर्माणका लागि जैविक स्रोतहरूलाई प्रवर्द्धनका
लागि जैव प्रविधि विभाग, भारत सरकारको बायोई3 नीतिका विभिन्न पहलहरूमाथि प्रकाश पारे।
भारत
सरकारको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले जैव अर्थतन्त्रको विकासका
लागि एनईआरका जैविक स्रोतहरूको दोहन गर्ने विभिन्न अवसरहरूलाई प्रकाश पारे। भारत
सरकारको जैव प्रविधि विभागका अतिरिक्त सचिव एवं वित्त सल्लाहकार विश्वजित सहायले
जैव स्रोतहरूबाट समृद्ध सिक्किममा यो सम्मेलन आयोजना गरेकोमा आईबीएसडीका
निर्देशकलाई बधाई दिए। उनले भारत सरकारद्वारा पूर्वोत्तरका लागि विभिन्न पहल
अन्तर्गत डीबीटीका विभिन्न कोष पोषण अवसरहरूमाथि प्रकाश पारे। सिक्किम
विश्वविद्यालयका उपकुलपति (प्रभारी) प्रोफेसर जे पी तामाङले वैज्ञानिक
विशेषज्ञहरूलाई उद्योग र यस क्षेत्रका परम्परागत चिकित्सकहरूसँग जोड्नका लागि
गान्तोकमा यस सम्मेलनको आयोजना गरेकोमा आईबीएसडीको पहलको प्रशंसा गरे।
भारतको
एथनोफार्माकोलजी सोसाइटीका उपाध्यक्ष डा सी के कटियारले सिक्किममा यो कार्यक्रम आयोजनाका
लागि एसएफई र आईबीएसडीको पहललाई प्रकाश पारे। आयुष मन्त्रालय, भारत
सरकारको सीसीआरएएसका महानिर्देशक डा रविनारायण आचार्यले विकसित भारतको लागि जैव
अर्थव्यवस्थाको विकासका लागि पारम्परिक स्रोतहरूलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय
सम्मेलन आयोजना गरेकोमा आईबीएसडीका निर्देशक प्रो. पुलक कुमार मुखर्जी र उनको
टोलीलाई बधाई दिए। उनले उत्पाद, प्रक्रिया र प्रविधिको
विकासका साथ जैविक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न भारत सरकारको आयुष मन्त्रालयका
विभिन्न पहलहरूमाथि प्रकाश पारे। उनले औषधीय वनस्पतिको खेती र फसल कटाइका लागि
सर्वोत्तम अभ्यासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिए। अस्ट्रियाको
इन्स्टिट्युट अफ् फार्मास्युटिकल साइन्सेजका प्रोफेसर प्रो. रुडोल्फ बाउरले
एथनोफार्माकोलजिकल अनुसन्धानमा सक्रिय सिद्धान्तहरूको महत्त्वमाथि प्रकाश पारे।
भारत
सरकारको जैव प्रविधि विभागका वैज्ञानिक-एफ डा सुरक्षा एस दिवानले क्षेत्रका जैविक
स्रोतहरूको विकास र उद्यमशीलता विकासको लागि पूर्वोत्तर प्रभाग अन्तर्गत डीबीटीका
विभिन्न पहलहरूमाथि प्रकाश पारिन्। एसएफईका उपाध्यक्ष इन्द्रनील दासले
पूर्वोत्तरमामा विभिन्न आउटरिच गतिविधिहरूको माध्यमद्वारा जैविक स्रोतहरूलाई प्रवर्द्धन
गर्नका लागि सोसाइटीका विभिन्न पहलहरूबारे जानकारी दिए। बेङ्गलोरकी सामी-सबिन्सा
ग्रुप लिमिटेडका कार्यकारी समूह अध्यक्ष डा अञ्जु मजिदले पूर्वोत्तरका जैव
स्रोतहरूबाट जैव अर्थव्यवस्थाको विकासका लागि आईबीएसडीका विभिन्न पहलहरूको प्रशंसा
गरिन्। पूर्वोत्तरमा समृद्ध जैविक विविधता र प्राकृतिक स्रोतहरूको अन्वेषण गर्दै
जैविक अर्थतन्त्र विकसित गर्ने महत्त्वपूर्ण अवसरहरू छन्। पूर्वोत्तर क्षेत्रमा एक
जैविक अर्थशास्त्र रणनीतिमा जैव आधारित उद्योगहरूलाई विकसित गर्नका लागि पादप
स्रोत,
सूक्ष्मजीव स्रोत र पशु स्रोत लगायत विभिन्न जैविक स्रोतहरू सामेल
गर्न सक्छ, जसमा अनुसन्धान र विकास गतिविधि, क्षमता निर्माण र विभिन्न हितधारकहरूको भागिदारीका साथै प्रशिक्षणको
एकीकरण सामेल छन्, जो अवसरहरूको पहिचान गर्न, चुनौतीहरू पार गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न सहायक हुनेछ।
यस
कार्यक्रमले भारतको पूर्वोत्तर क्षेत्रका सबै प्राकृतिक स्रोतहरूबाट जैव
अर्थशास्त्रको विकासका धेरै समसामयिक पक्षहरूमाथि प्रकाश पार्नेछ, जसमा
सबै पक्षहरूमा मानव स्वास्थ्यमा प्रभाव पार्ने विशेष सन्दर्भ सामेल हुनेछन्।
उदीयमान अर्थतन्त्रका लागि परम्परागत ज्ञानमा आधारित जैविक स्रोतहरूको रूपान्तरणमा
पार्ने प्रभावका विभिन्न पक्षहरूमा पनि चर्चा गरिनेछ।
यो
सम्मेलन गान्तोकमा पहिलो पटक भइरहेको छ, जसमा जैविक स्रोतबाट
जैविक अर्थतन्त्रका लागि विभिन्न पहलहरूलाई प्रदर्शित गरिनेछ: यसमा परम्परागत
चिकित्सा, औषधीय बोटबिरुवा, परम्परागत
खाद्य पदार्थ र समाजको स्वास्थ्य सेवाको राम्रो तथा विकसित भारतका लागि जैव
स्रोतहरूलाई बढ़ावा दिनका लागि अन्य धेरै कुराहरू सामेल हुनेछन्। जीवन विज्ञान /
औषध विज्ञान / नृवंशविज्ञान र औषधीय वनस्पतिहरूको अनुसन्धानका विषयहरूसित जोड़िएका
विद्यार्थी, शोधकर्ता, शिक्षाविद्,
वैज्ञानिक, उद्योगपति, स्वास्थ्य
सेवा पेशेवर, परम्परागत चिकित्सक र मानिसहरूलाई यसमा भाग
लिनका लागि आमन्त्रित गरिएको छ।
उत्पाद
विकास र नीति निर्माताहरूमा अनुभव भएका पेशेवरहरूले पनि यस कार्यक्रममा भाग लिन
सक्नेछन्। विश्वविद्यालय,
उद्योग र अन्य शोध संस्थाका प्रतिष्ठित शिक्षाविद्, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक
र नीति निर्माता, परम्परागत स्वास्थ्य चिकित्सक, जैविक स्रोतहरूबाट जैव अर्थव्यवस्था सहित, जैव
स्रोतका विभिन्न पक्षहरूमाथि आफ्नो अनुभव साझा गर्नेछन्, परम्परागत
चिकित्साको विश्वव्यापीकरणः परम्पराबाट
अनुवाद, आयुष औषधीहरूलाई प्रवर्द्धन गर्न, यसको खेतीका लागि औषधीय वनस्पतिहरूको खोज, दिगोपन र
सम्बन्धित पक्षहरू, औषधीको खोज र विकासमा नृवंशविज्ञान -
वैश्विक परिप्रेक्ष्य, परम्परागत किण्वित खाद्य पदार्थहरूको
विकास र मूक्यांकन, जैविक स्रोतहरूको विकासको लागि तालमेल
अनुसन्धान, प्राकृतिक उत्पादहरूको जैव खोज- औषधी खोजका लागि
एक दृष्टिकोण, नृवंशविज्ञान सर्वेक्षण र पूर्वोत्तरको
परम्परागत स्वास्थ्य सेवा अभ्यासहरूको दस्तावेजीकरण, व्यापार
बैठक- उद्योग-संस्था साझेदारी, रोगाणुरोधी प्रतिरोध (एएमआर)
को लागि जैविक स्रोतको खोज, जैव स्रोतहरूको विकासमा
आर्टिफिशियल इन्टेलिजेन्स, मशिन नर्लिङ र डेटा साइन्सको लाभ
उठाइने आदि छन्।
यो
कार्यक्रममा उद्योग जडान-व्यवसाय, परम्परागत हिल मिट, युवा अनुसन्धानकर्ता पुरस्कार प्रतियोगिता, उत्कृष्ट
पोस्टर प्रस्तुतीकरण पुरस्कार प्रतियोगिता लगायतका विशेष सत्रहरू छन्। यस अतिरिक्त,
विकसित भारतको लागि एनईआरको परम्परागत स्रोतहरूको प्रवर्द्धनका लागि
रोयल सोसाइटी अफ् केमिस्ट्री र अन्य वैज्ञानिक व्याख्याताहरूसँग अन्तरक्रियाको
लागि प्यानल चर्चा र सत्रहरू हुनेछन्। विभिन्न संस्थान, विश्वविद्यालय,
राज्य विभाग, उद्यमी, परम्परागत
चिकित्सक र सिक्किमका उद्योग विशेषज्ञहरूका धेरै सहभागीहरू पनि सम्मेलनमा सामेल
हुँदैछन्। -पीआईबी
Comments
Post a Comment