सर्वश्रेष्ठ वेब सिरिज पुरस्कार: सिनेमाको विकास यात्राको स्मृतिमा आईएफएफआईको पहल

  •  आईएफएफआई २०२४ मा पुरस्कारको निम्ति पाँच वेब सिरिजले प्रतिस्पर्धा गर्ने
  • आईएफएफआई २०२४ मा अत्यधिक सफलताका साथ परिवर्तन देख्न पाइने

नयाँ दिल्ली: भारतको ५५औं अन्तरराष्ट्रिय फिल्म महोत्सवले (आईएफएफ) मनोरञ्जन उद्योगको विकास यात्रा अपनाउँदै सिनेमाको उत्कृष्टताको पर्व मनाउने आफ्नो परम्परा जारी राखेको छ। डिजिटल सामग्रीमा रचनात्मकताको लहरलाई मान्यता दिँदै ५४औं संस्करणमा शुरु गरिएको सर्वश्रेष्ठ वेब सिरिज (ओटीटी) पुरस्कार, ओटीटी प्लेटफर्ममा उत्कृष्ट कथा भन्ने गौरव प्रदान गर्ने एउटा परिवर्तनकारी उपलब्धि हो। यस वर्ष यो पुरस्कारले गति पक्रन थालेको छ र १० प्रमुख ओटीटी प्लेटफर्ममा प्रस्तुतिमा ४० प्रतिशतभन्दा धेरै वृद्धिका साथ बढी लोकप्रिय भइरहेको छ। यसले स्पष्ट रूपमा भारतको मनोरञ्जन परितन्त्रमा वेब आधारित सामग्रीको बढ्दो प्रमुखतालाई उजागर गर्दछ। यस वर्ष पाँच वेब शृङ्खलालाई तिनीहरूको कलात्मक प्रतिभा, कथा भन्ने कला, तकनिकी उत्कृष्टता अनि सांस्कृतिक प्रभावको निम्ति चयन गरियो।

१.       कोटा फ्याक्ट्री: यो कलाको त्यो स्वरूप हो जसले वास्तविक जीवनको एक अंशलाई वर्णन गर्दछ। यसमा कोटा, राजस्थानको अत्यधिक दबाउमा पार्ने शैक्षणिक परिवेशलाई दर्शाइएको छ, जुन प्रतियोगी परीक्षाका लागि भारतको कोचिङ हब हो। यस सिरिजले शैक्षणिक चुनौतीसँग जुझिरहेका युवा विद्यार्थीहरूको संघर्ष, आकांक्षा र लचिलोपनलाई मार्मिक तरिकाले चित्रित गरेको छ।

  •  रचनाकार: सौरभ खन्ना
  • ओटीटी प्लेटफर्म: नेटफ्लिक्स

२.      काला पानी: यो सुन्दर अण्डामान द्वीप समूहमा आधारित अत्यन्तै रोमाञ्चक सिरिज हो जसले दर्शकहरूलाई आफूतिर आकर्षित गरिरहेको छ। यस सिरिजले परिवार, इतिहास र व्यक्तिगत खोजका विषयलाई एक-अर्कासँग जोड्दछ, जसले दर्शकहरूमाथि प्रभावशाली तरिकाले आफ्नो छाप छोड्दै भावनात्मक गहिराईका साथ एउटा मोहक कथा प्रस्तुत गर्दछ।

  • रचनाकार: समीर सक्सेना र अमित गोलानी
  • ओटीटी प्लेटफर्म: नेटफ्लिक्स

३.      लम्पन: यो ग्रामीण भारतमा स्थापित एउटा हृदयस्पर्शी कथा हो, जुन एक युवतीको भावनात्मक अनि सामाजिक चुनौतीहरूमाथि केन्द्रित छ। यस शृङ्खलाले समुदाय, पहिचान र आत्म-सशक्तिकरणको विषयमाथि प्रकाश पार्दछ, जसलाई जीवन्त कथा अनि सिनेमासँग जोडिएको गरिमापूर्ण आकर्षणका साथ प्रस्तुत गरिएको छ।

  • रचनाकार: निपुण धर्माधिकारी
  • ओटीटी प्लेटफर्म: सोनी लिभ

४.      अयाली: यो सामाजिक रूपमा जागरूक नाटक हो, जसले रूढिवादी समाजमा महिलाहरूको जीवनलाई दर्शाउँदछ। एउटा शक्तिशाली कथाको माध्यमद्वारा, यसले परम्परा, सामाजिक अपेक्षा अनि व्यक्तिगत स्वतन्त्रताको खोजबीचको अन्तरलाई पडताल गर्दछ।

  • रचनाकार: मुथुकुमार
  • ओटीटी प्लेटफर्म: जी-५

५.     जुबली: यो एउटा विशेष ऐतिहासिक समयमा आधारित ड्रामा हो, जसले भारतीय सिनेमाको स्वर्णिम युगलाई सम्मान प्रदान ग्रदछ। स्वतन्त्रतापछिको युगको सेट, फिल्म निर्माता अनि कलाकारहरूको आकांक्षा, संघर्षब अनि सपनालाई यसमा एक प्रकारले दर्शाइएको छ, जसले आकर्षक, विश्वसनीय कथाका साथ भावनाहरूलाई जगाउँदछ।

  • रचनाकार: विक्रमादित्य मोटवानी
  • ओटीटी प्लेटफर्म: एमाजोन प्राइम भिडियो

पुरस्कार समारोहमा विजेता सिरिजका निर्देशक, रचनाकार अनि निर्माताहरूका साथसाथै सम्बन्धित ओटीटी प्लेटफर्मलाई सम्मानित गरिनेछ। विजेताहरूलाई उनीहरूको उत्कृष्ट योगदानको निम्ति ₹१० लाख नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ।

भारतका ओटीटी क्रान्तिको उत्प्रेरक

यी पुरस्कारले मनोरञ्जन क्षेत्रमा रचनात्मकता अनि नवाचारलाई बढावा दिनका लागि आईएफएफआईको प्रतिबद्धतालाई दर्शाउँदछ। भारतीय भाषाहरूमा उच्च गुणस्तरीय सामग्री निर्माणलाई प्रोत्साहित गरी वैश्विक रचनाकार अनि प्लेटफर्मबीच सहयोगलाई बढावा दिँदै आइएफएफआइको लक्ष्य भारतलाई डिजिटल स्टोरी टेलिङको केन्द्रका रूपमा स्थापित गर्नुरहेको छ। विजेताहरूको घोषणा ५५औं आईएफएफआईको समय गरिनेछ, जसबाट पारम्परिक फिल्मदेखि लिएर गतिशील ओटीटी स्पेससम्म विविध सिनेमा सम्बन्धी अभिव्यक्तिको शूरवीरका रूपमा महोत्सवको भूमिका सुदृढ हुनेछ। -पीआईबी

Comments

Popular posts from this blog