Posts

Image
  फिल्म ‘ एक्टर ’ को छायांकन  ४५ दिनमा सम्पन्न , जापान प्रदर्शन अधिकार बिक्री काठमाडौं: छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘ एक्टर ’ को छायांकन सम्पन्न भएको छ। गत वैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन शुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो। पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए। ' समय लगाएरै फिल्मको छायांकन सकिएको छ , सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो , अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं। फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ , जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर , ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ , यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ ,' निर्माता भण्डारीले भने। राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला , आना शर्मा , सुशील सिटौला , दिव्य द...
Image
लाचेनका सर्वसाधारणले बनाए फुटब्रिज: गाउँहरूसित  शुरु गऱ्यो भेटघाट ९ महिनादेखि सडकको समस्या भोग्दै आएका सर्वसाधारणले लगायो सरकारलाई गुहार गान्तोक : औंसीको रातमा जुनकिरीको उज्यालो पनि धेरै चहकिलो लाग्छ। त्यस्तै पछिल्लो लगभग ९ महिनादेखि प्रत्यक्ष सडक सम्पर्कविहीन बाँच्दै आएका उत्तर सिक्किमको लाचेन , थाङ्गु , गुरुदोङमार , मुकुथाङ , लासेरका मानिसहरूले दुइ दिन अघिदेखि एउटा फुटब्रिज बनाएर भेटघाट शुरू गरेको छ। गत वर्ष अक्टोबरमा हिमताल लोनाक फुटेपछि टिस्टाले मञ्चाएको ताण्डवमा जेमाछुको पुल लग्यो। त्यसपछि सम्पर्क टुट्यो। बीचमा एकपल्ट काठे पुल बनाएर यातायात सुचारू गर्ने प्रयास गरिएको थियो। त्यो पनि गत ६ जुलाईको रातिको भलबाढीले बगाएपछि पूर्ण रूपमा सम्पर्कहीन लाचेन र थाङ्गु अन्य गाउँहरूसित बुधबारदेखि फड्के बनाएर सम्पर्क स्थापित गरिएको छ। लाचेनका सर्वसाधारण आफैले फड्के बनाएर वारि पारि सम्पर्क स्थापित गरेका छन्। ६ जुलाईको भलबाढीले सीमा सडक संगठनले निर्माण गरिरहेको पक्का पुलको आधारशिला समेत बगाएर लगेपछि अहिले नदीको बहाव पनि फराकिलो भएको कारण अहिले नै नयाँ पक्का पुल हाल्ने कार्य सीमा सडक संगठन (...
Image
झुल्के घामका संस्थापक अध्यक्ष आरसी पौड्याल अस्ताए गान्तोक: सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको अन्तिम संस्कार उनको पुर्ख्यौली घर छोटा सिङतामबाट अन्तिम यात्रा निकालेर रानी खोलामा भएको छ। सिक्किमको लोकतान्त्रिक आन्दोलनका वरिष्ठ राजनीतिज्ञ तथा सिक्किममा झुल्के घाम पार्टीका संस्थापक अध्यक्ष पौड्याल इतिहासको गर्भमा अस्ताएका छन्। गत ७ जुलाईदेखि   घरबाट बेपत्ता भएको नौ दिनपछि भारत – बंगलादेश सीमामा रहेको टिस्टा ब्यारेजमा बंगलादेशतर्फ उनको शव फेला परेको थियो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ , मन्त्री , विधायक , सरकारी अधिकारी , विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको उपस्थितिमा उनको दाहसंस्कार गरिएको छ। मुख्यमन्त्री तामाङ उनको निवास पुगेर श्रद्धाञ्जली अर्पण गरे। सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव ९ दिनपछि पश्चिम बंगालको सिलगढी नजिकैको टिस्टा ब्यरेजमा   फेला परेको पुलिसले   बुधबार जनाएको छ। उनले भने , ‘मंगलबार फुलबारीस्थित टिस्टा ब्यारेजमा   ८० वर्षीय पौड्यालको शव तैरिएको अवस्थामा फेला परेको   थियो।‘   अवलोकनका आधारमा शव टिस्टा नदीले मास्तिरबाट ...
Image
देशको सुरक्षाका लागि दार्जीलिङका छोरो क्याप्टन व्रिजेशले दिए आफ्नो प्राणको आहुति दार्जीलिङ: जम्मू-कश्मीरमा आतङ्कवादीसँगको लडाइँमा दार्जीलिङका वीर छोरा क्याप्टन व्रिजेश थापा शहीद बनेका छन्। हिजो राति जम्मू-कश्मीरको डोडा जिल्लाको देसा फरेस्टमा आतङ्कवादीसँग भिडन्त हुँदा क्याप्टन थापासहित अन्य चार जना जवान शहीद भएका हुन्। २७ वर्षीय क्याप्टन व्रिजेश थापा दार्जीलिङको बडा गिङ बजार निवासी हुन्। पारिवारिक स्रोतका अनुसार व्रिजेश थापा २०१९ मा कमिशन परीक्षा उत्तीर्ण गरी सेनामा भर्ना भएका थिए। १४५ एयर डिफेन्समा कार्यरत थापा भने दुई वर्षका लागि १० राष्ट्रिय राइफल्समा एक्स्ट्रा रेजिमेन्टल ड्युटीमा खटिएका थिए। सेनाका यी वीर अधिकारी शहीद बनेको खबर फैलिनसाथ दार्जीलिङ पहाडमा शोकको लहर छाएको छ। क्याप्टन शहीद व्रिजेश थापाका बाबु भुवनेश कुमार थापा पनि सेनाका अधिकारी नै हुन्। उनी सेनाको कर्णल पदबाट सेवानिवृत्त भएका हुन्। शहीद थापाको पार्थिव शरीर भोलि दार्जीलिङ ल्याइपुऱ्याइने जानकारी प्राप्त भएको छ।
Image
भारतीय नेपालीलाई घच्घच्याउन आइपुग्यो युवराजको ‘पेण्डुलम’ खरसाङ: भारतमा नेपालीहरूको धमनी मानिने दार्जीलिङ पहाडको अवस्था कहिले देशको राजधानी   दिल्ली कहिले पश्चिम बंगालको राजधानी कोलकातातिर हेर्नुपर्ने छl घडीको पेण्डुलम जस्तै दार्जीलिङ पहाडको आँखा चल्छ कहिले दिल्लीतिर कहिले कोलकातातिरl आखिर के भारतमा नेपालीहरूको स्थिति पेण्डुलम जस्तै छ? यसलाई बुझ्न, चिन्तन गर्न, विश्लेषण गर्न युवराज सुन्दासको नयाँ कविता संग्रह ‘पेण्डुलम’ पढ्नु पर्छl खरसाङदेखि करिब १७ किलोमिटर टाडो तीनधारे निवासी युवराज सुन्दास दार्जीलिङ पहाडी  भेकका सुपरिचित पत्रकार साथै नमस्ते खरसाङ टीभी च्यानलका एकजना राजनैतिक विश्लेषक पनि हुन् l  आइतबार (१४ जुलाई) तीनधारेको गान्धी मेमोरियल हलमा युवराज सुन्दासको यो नयाँ कृति ‘पेण्डुलम’ लोकार्पण भयोl भारतमा नेपाली समाजलाई घच्घच्याउने यो पुस्तक लोकार्पणको कार्यक्रमका संचालक युवा कवि सुप्रेम छेत्री संचालनकै क्रममा यसरी जोशिन्छन्, ‘कहिले दिल्लीलाई हेर्दै कहिले कोलकातालाई हेर्दै भारतमा गोर्खाहरू ‘पेण्डुलम’ भइरहेका छन्l’ उनको यो भनाइ ‘पेण्डुलम’ जस्तै हल्लिने राजनीतिले भारतमा न...
Image
डीएचयुमा अध्य्यनरत विधार्थीहरुले दिए प्रथमपल्ट परीक्षा दार्जीलिङ: दार्जीलिङ हिल युनिभर्सिटमा अध्यनरत ६० जना विधार्थीहरुले पहिलोपल्ट आज परीक्षा दिए। यसरी डीएचयुको निम्ति आजको दिन   एतिहासिक क्षण रहेको, अनि आजसम्म ५ महीना अध्ययन गरेर गुणास्तरीय शिक्षा हासिल   गर्दै ६० जना विद्यार्थीहरुले प्रथमपल्ट डीएचयु मङपूबाट परीक्षा दिएको कुरा डीएचयु प्रभारी सुजातारानी राईले   जानकारी दिइन्। यसरी प्रभारी राईले आज विद्यार्थीहरुले प्रथम पल्ट अफलाइन परीक्षा दिनु ऐतिहासिक क्षण रहेको कुरा जनाए। प्रभारी राईले पश्चिम बंगाल शिक्षा विभाग , जीटीए अनि कलेजका   शिक्षक-शिक्षिकाहरूलाई आभार व्यक्त गरेकी छिन्।
Image
एसडीएफका विधायक एसकेएममा सामेल: विधानसभा बन्यो विपक्षी शून्य    गान्तोक: स्यारी निर्वाचन क्षेत्रबाट दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का एक मात्र विधायक तेञ्जीङ नोर्बु लाप्टा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)मा सामेल भएका छन्l यसले गर्दा अब सिक्किम विधानसभा विपक्षी शून्य भएको छl भर्खरै भएको विधानसभा चुनावमा ३२ आसनमा ३१ वटा एसकेएमले जितेको थियो भने एसडीएफबाट चुनाव जित्ने तेञ्जीङ नोर्बु लाप्टा मात्र एक्लो उम्मेदवार थिएl उनी एसकेएममा सामेल भएपछि अब एसकेएमको विद्यायक ३२ मा ३२ भएको छl विधायक लाम्टाले बुधबार बिहान एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी आवास मिन्तोकगाङमा  भेट गरेर एसकेएममा सामेल भएका हुन्।