डीएचयुमा अध्य्यनरत विधार्थीहरुले दिए प्रथमपल्ट परीक्षा
दार्जीलिङ: दार्जीलिङ
हिल युनिभर्सिटमा अध्यनरत ६० जना विधार्थीहरुले पहिलोपल्ट आज परीक्षा दिए। यसरी
डीएचयुको निम्ति आजको दिन एतिहासिक क्षण
रहेको, अनि आजसम्म ५ महीना अध्ययन गरेर गुणास्तरीय शिक्षा हासिल गर्दै ६० जना विद्यार्थीहरुले प्रथमपल्ट डीएचयु
मङपूबाट परीक्षा दिएको कुरा डीएचयु प्रभारी सुजातारानी राईले जानकारी दिइन्। यसरी प्रभारी राईले आज विद्यार्थीहरुले
प्रथम पल्ट अफलाइन परीक्षा दिनु ऐतिहासिक क्षण रहेको कुरा जनाए। प्रभारी राईले पश्चिम
बंगाल शिक्षा विभाग, जीटीए अनि कलेजका शिक्षक-शिक्षिकाहरूलाई
आभार व्यक्त गरेकी छिन्।
Comments
Post a Comment