लाचेनका सर्वसाधारणले बनाए फुटब्रिज: गाउँहरूसित शुरु गऱ्यो भेटघाट
९ महिनादेखि सडकको समस्या भोग्दै आएका सर्वसाधारणले लगायो सरकारलाई गुहार
गान्तोक: औंसीको
रातमा जुनकिरीको उज्यालो पनि धेरै चहकिलो लाग्छ। त्यस्तै पछिल्लो लगभग ९ महिनादेखि
प्रत्यक्ष सडक सम्पर्कविहीन बाँच्दै आएका उत्तर सिक्किमको लाचेन, थाङ्गु,
गुरुदोङमार, मुकुथाङ, लासेरका
मानिसहरूले दुइ दिन अघिदेखि एउटा फुटब्रिज बनाएर भेटघाट शुरू गरेको छ। गत वर्ष
अक्टोबरमा हिमताल लोनाक फुटेपछि टिस्टाले मञ्चाएको ताण्डवमा जेमाछुको पुल लग्यो।
त्यसपछि सम्पर्क टुट्यो। बीचमा एकपल्ट काठे पुल बनाएर यातायात सुचारू गर्ने प्रयास
गरिएको थियो। त्यो पनि गत ६ जुलाईको रातिको भलबाढीले बगाएपछि पूर्ण रूपमा सम्पर्कहीन
लाचेन र थाङ्गु अन्य गाउँहरूसित बुधबारदेखि फड्के बनाएर सम्पर्क स्थापित गरिएको छ।
लाचेनका सर्वसाधारण आफैले फड्के बनाएर वारि पारि सम्पर्क स्थापित गरेका छन्।
६
जुलाईको भलबाढीले सीमा सडक संगठनले निर्माण गरिरहेको पक्का पुलको आधारशिला समेत
बगाएर लगेपछि अहिले नदीको बहाव पनि फराकिलो भएको कारण अहिले नै नयाँ पक्का पुल
हाल्ने कार्य सीमा सडक संगठन (बीआरओ)ले गरि नहालेको आधिकारिक स्रोतले बताएको छ।
उनले भने ‘बीआरओको नयाँ पुल निर्माणाधिन परियोजना दुईपल्ट बाढीमा बगेको छ, नदीको
फैलावट पनि धेरै भएको कारण अन्य विकल्पबारे अध्ययन गर्नुपर्ने भएको छ।‘ अर्कोतिर
लाचेनका जनताले आफ्नै बुताले दुई दिन अघिदेखि शुरु गरेको फड्केमा अहिले होसियारसित
लाचेन थाङ्गुको निम्ति आवश्यक सम्पर्क भने स्थापित भएको छ। लाचेन जुम्साका पिपन
कुञ्जाङ लाचेनपाले यो फड्के निर्माणपछि सम्पर्क स्थापित हुनसकेको बताए। उनले
समस्याको स्थायी समाधानको निम्ति सरकार र सम्बन्धित निकायले तत्कालै पहल थालिदिने
आग्रह पनि गरेका छन्। लाचेनका मानिसहरू उँधौली र उभौलीमा आफ्नो पशुपालन र अन्य
व्यावसायसितै लेक जाने र आउने गर्छन्, तर यो पुल भत्किएपछि महिनौंदेखि लेक जानेहरू
जान सकेका छैन्। यसका साथै पुल नभएको कारण क्षेत्रको पारिस्थितिकी तन्त्र पनि
प्रभावित बन्ने बताउँछन्। अर्कोतिर आउँदो २० जुलाईको दिन बीआरओका अधिकारीहरूले निरीक्षण
भ्रमण गर्ने निर्णय गरेको उनले बताए। यसले सही समाधान निस्कियोस भन्ने आशा गरेका
छन्। यसैगरि उक्त जेमा क्षेत्र पावन र पवित्र स्थल भएको कारण पुजा अर्चना गर्न
जनतालाई आह्वान गरिएको हुनाले धर्म गुरु (रिम्पोछे) ल्याएर अनुष्ठान पुरा गर्न पनि
राजि भएको उनले बताए। लाचेनका जनताले भोग्नु परिरहेको सासकष्टमाथि सरकार र
सम्बन्धित निकायले झट्टै पहल गरेर ९ महिनादेखिको कष्टकर स्थितिबाट उमुक्त गरेर
लाचेन,
थाङ्गु क्षेत्रका जनताको जनजीवन सामान्य पारिदिने पिपन लाचेनले अनुरोध
पनि गरेका छन्।
Comments
Post a Comment