एसडीएफका विधायक एसकेएममा सामेल: विधानसभा बन्यो विपक्षी शून्य

  

गान्तोक: स्यारी निर्वाचन क्षेत्रबाट दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का एक मात्र विधायक तेञ्जीङ नोर्बु लाप्टा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)मा सामेल भएका छन्l यसले गर्दा अब सिक्किम विधानसभा विपक्षी शून्य भएको छl भर्खरै भएको विधानसभा चुनावमा ३२ आसनमा ३१ वटा एसकेएमले जितेको थियो भने एसडीएफबाट चुनाव जित्ने तेञ्जीङ नोर्बु लाप्टा मात्र एक्लो उम्मेदवार थिएl उनी एसकेएममा सामेल भएपछि अब एसकेएमको विद्यायक ३२ मा ३२ भएको छl विधायक लाम्टाले बुधबार बिहान एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी आवास मिन्तोकगाङमा  भेट गरेर एसकेएममा सामेल भएका हुन्।

Comments

Popular posts from this blog