
भारत एउटा आर्थिक महाशक्ति र विश्वको भविष्यको महत्त्वपूर्ण अंश बनिरहेको छ: स्कट फल्कनर प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शीर्ष नेताहरूमध्ये एक-अर्काका लागि प्रेरणा हुन्: पूर्व अमेरिकी हाउस अफ् चीफ एडमिनिट्रेटिभ अफिसर स्कट फल्कनर नयाँ दिल्ली : भारत आर्थिक महाशक्ति बन्नका साथै विश्वको भविष्यलाई आकार दिन प्रमुख भूमिका खेलिरहेको पूर्व अमेरिकी हाउस अव् चीफ एडमिनिट्रेटिभ अफिसर स्कट फल्कनरले बताएका छन्। देश 21 औं शताब्दीको विकासमा सबैभन्दा अघि रहनका साथै आफ्ना नागरिकहरूको उदीयमान आवश्यकता पूरा गर्न प्रौद्योगिकी अनि शासनलाई सहज रूपमा एकिकृत गरिरहेको उनले बताएका छन्। मिडिया सङ्गोष्ठीमा भाग लिन उनी एक सप्ताहको भारत दौडाहामा छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै विश्वका शीर्ष नेतामध्ये एक-अर्काका लागि प्रेरणास्रोत रहेको फल्कनरले बताएका छन्। प्रधानमन्त्री सङ्ग्रहालयको दौडाहापछि उनले विश्वभरी यस्ता सङ्ग्रहालयको आवश्यकतामाथि जोड दिँदै सङ्ग्रहालय प्रेरणास्रोत रहेको र यसलाई व्यापक रूपमा साझा गर्नुपर्ने उनले आशय व्यक्त गरे। प्रधानमन्त्री सङ्ग्रहालय र नवनिर्मित संसदको दौडाहा ...