प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा एडभान्टेज असम 2.0 निवेश एवं पूर्वाधार शिखर सम्मेलन 2025 को उद्घाटन
असमको गतिशील कार्यबल अनि द्रूत विकासले शीर्ष निवेश गन्तव्यका रूपमा परिवर्तनलाई गति प्रदान गरिरहेको छ : पीएम
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज असमको गुवाहाटीमा एडभान्टेज असम 2.0 निवेश एवं पूर्वाधार शिखर सम्मेलन 2025 उद्घाटन गरियो। गणमान्यजनलाई स्वागत जनाउँदै पूर्वी भारत र पूर्वोत्तर भारतले भविष्यको नयाँ यात्रा शुरु गरेको उल्लेख गर्दै असमको अतुल्य सम्भावना अनि प्रगतिलाई विश्वसँग जोड्न एडभान्टेज असम एउटा बृहत पहल रहेको प्रधानमन्त्री मोदीले बताए। भारतको समृद्धिमा पूर्वी भारतले खेलेको महत्त्वपूर्ण भूमिकाको इतिहास साक्षी रहेको पनि उनले उल्लेख गरे। विकसित भारतको दिशामा भारतले प्रगति गरिरहेको बेला, पूर्वी अनि पूर्वोत्तर भारतले आफ्नो वास्तविक सम्भावना प्रदर्शित गर्ने प्रधानमन्त्रीले आशा व्यक्त गरे। एडभान्टेज असम अर्थात् सुअवसर असमले यसै भावनाको प्रतिनिधित्त्व गर्ने उल्लेख गर्दै यस प्रकारको बृहत कार्यक्रम आयोजन गरेकोमा असमका मुख्यमन्त्री अनि सरकारलाई प्रधानमन्त्रीले बधाई दिए। वर्ष 2013 मा “ए” बाट असम चाँडै सामान्य नियम बन्नजाने उनले दिएको बयान पनि उनले स्मरण गरे।
“वैश्विक अनिश्चितताका बीच, विशेषज्ञहरूले
एकमतका साथ एउटा निश्चिततामा सहमति जनाउँदछन्: भारतको तेज विकास”, प्रधानमन्त्रीले
बताए। आजको भारतले यस शताब्दीको आगामी 25 वर्षको दीर्घकालीन
परिकल्पनाका साथ काम गरिरहेको कुरामाथि उनले बल दिए। तेज गतिमा कुशल अनि अभिनव
बनिरहेका भारतको युवा जनसङ्ख्यामाथि विश्वको अथाह भरोसा रहेको उनले उल्लेख गरे।
यसका साथै नयाँ आकाङ्क्षाका साथ गरीबीट माथि उठिरहेका नव मध्यमवर्गमाथि पनि
विश्वास बढिरहेको उनले बताए। राजनीतिक स्थिरता अनि नीतिगत निरन्तरतालाई सहयोग
गर्ने 140 करोड
भारतीय विश्वले व्यक्त गरेको भरोसा रेखाङ्कित गर्दै प्रधानमन्त्री मोदीले भारतको
शासन तन्त्रले निरन्तर रूपमा सुधार कार्यान्वित गरिरहेको जनाए। यसै गरी भारतले
स्थानीय आपूर्ति शृङ्खलालाई प्रबल बनाउँदै विभिन्न वैश्विक क्षेत्रमा मुक्य
व्यापार सन्धि गरिरहेको पनि उल्लेख गरे। पूर्वी एशियासँग विशाल कनेक्टिभिटीका
साथमा भारत-मध्यपूर्व-युरोप आर्थिक गलियाराले नयाँ अवसरहरू ल्याउने उनले बताए।
असमको भेलामा देखिएको विश्वको भारतमाथि बढ्दो
भरोसा आलोकित गर्दै प्रधानमन्त्री मोदीले भारतको विकासमा असमको योगदान निरन्तर
बढिरहेको उल्लेख गरे। एडभान्टेज असम शिखर सम्मेलनको पहिलो संस्करण वर्ष 2018 मा
आयोजित भएको र त्यसताका असमको अर्थनीति ₹2.75 लाख करोड बराबर रहेको तर
आज राज्यको अर्थनीति बढेर करिब ₹6 लाख करोड बराबर पुगेको
उल्लेख गर्दै, केवल 6 वर्षको
अवधिमा असमको अर्थनीति दोब्बर बनेको बताए। यो केन्द्र अनि राज्यमा सरकारको दोहोरो
प्रभाव रहेको प्रधानमन्त्रीले बताए। असममा अनेकौं निवेशले
राज्यलाई असीमित सम्भावनाको क्षेत्रमा परिणत गरिरहेको उनले बताए। असमले शिक्षा, कौशल
विकासमाथि ध्यान केन्द्रित गर्दै अनुकूल निवेश वातावरण सिर्जना गरिरहेको उल्लेख
गर्दै सरकारले हालका वर्षमा कनेक्टिभिटीसित सम्बन्धित पूर्वाधारमाथि व्यापक काम
गरेको जनाए। वर्ष 2014 अघि, ब्रह्मपुत्र
नदीमाथि विगत 70 वर्षमा
केवल तीनवटा पुल निर्माण गरिएको तर हालका दस वर्षभित्र चार नयाँ पुल निर्माण
गरिएको र तीमध्ये एउटा भारतरत्न भूपेन हजारिकाको नाममा नामाकरण गरिएको प्रधानमन्त्रीले
उल्लेख गरे। यसै गरी वर्ष 2009 देखि 2014 सम्म असमले
औसत ₹2,100 करोड
रेल बजेट प्राप्त गरेको तर आफ्नो सरकारले असमको रेल बजेट चार गुणा बढाउँदै ₹10,000 करोड
पुऱ्याएको पनि जानकारी दिए। यसका साथै असमको 60 भन्दा
धेरै रेलवे स्टेशनको आधुनिकीकरण गरिरहेको र पूर्वोत्तरको पहिलो अर्ध उच्च गतिको
रेल हाल गुवाहाटी र नयाँ जलपाइगढीबीच सञ्चालन भइरहेको पनि प्रधानमन्त्रीले अवगत
गराए।
असममा हवाई कनेक्टिभिटीको द्रूत विस्तारबारे
चर्चा गर्दै, वर्ष 2014 सम्म, केवल
सातवटा हवाई मार्गमा हवाई सेवा परिचालन हुने गरेको तर आज यो बढेर 30 भन्दा
धेरै हवाई मार्गमा सञ्चालन भइरहेको प्रधानमन्त्रीले जनाए। यस विस्तारले स्थानीय
अर्थनीतिलाई बढावा दिनका साथै युवाहरूका लागि रोजगार अवसर सिर्जना गरेको उनले
बताए। यस्ता परिवर्तन पूर्वाधार क्षेत्रमा मात्र सीमित नरहेर कानून-व्यवस्थामा पनि
अभूतपूर्व सुधार आएको तथा विगत एक दशकमा अनेकौं शान्ति सन्धिमा हस्ताक्षरका साथमा
धेरै समयदेखि थाँतीमा रहेको सीमा विवाद पनि समाधान भएको उनले उल्लेख गरे। प्रत्येख
क्षेत्र, प्रत्येक
नागरिकका साथमा असमका प्रत्येक युवाले राज्यको विकासका लागि अथक रूपमा काम
गरिरहेको पनि प्रधानमन्त्रीले बताए।
“भारतले सबै क्षेत्रका साथमा अर्थनीतिको सबै
स्तरमा सुधार कार्यान्वित गरिरहेको छ भने कारोबारी सहजता बढाउन निरन्तर प्रयास
गरिँदैछ तथा उद्योग अनि नवाचारको संस्चारलाई प्रोत्साहित गर्न विस्तृत परितन्त्र
स्थापित गरिँदैछ”, प्रधानमन्त्रीले
जोड दिँदै बताए। स्टार्टअप्स अनि विनिर्माण क्षेत्रका लागि पीएलआइ योजनाका साथमा
नयाँ विनिर्माण कम्पनी अनि एमएसएमईका लागि कर छूटका उत्कृष्ट नीतिहरू तर्जुमा
गरिएको प्रधानमन्त्रीले उजागर गरे। सरकारले देशको पूर्वाधारमा पर्याप्त निवेश
गरिरहेको उल्लेख गर्दै, संस्थागत
सुधार, उद्योग, पूर्वाधार
अनि नवाचार नै भारतको प्रगतिको आधार बन्ने प्रधानमन्त्रीले रेखाङ्कित गरे। यो
प्रगति असममा पनि देखिन थालेको उल्लेख गर्दै यो दोहोरो इञ्जिनको गतिको परिणाम
रहेको उनले बताए. असमले 2030 सम्म $150 बिलियनको
अर्थनीति बन्ने लक्ष्य राखेको उल्लेख गर्दै यसको राज्यको सक्षम अनि प्रतिभाशाली
जनमानस लगायत सरकारको प्रतिबद्धताद्वारा यसलाई हासिल गर्नसकिने आत्मविश्वास
प्रधानमन्त्रीले व्यक्त गरे। दक्षिण एशिया र भारतबीच असम द्वारका रूपमा
उदाइरहेको उल्लेख गर्दै यस सम्भावनालाई अझ बढाउने सरकारले पूर्वी भारत रूपान्तरण
औद्योगिकीकरण योजना “उन्नति” शुरु
गरेको अवगत गराए। उन्नति योजनाले असमलगायत सम्पूर्ण पूर्वोत्तर क्षेत्रमा
उद्योग, निवेश
र पर्यटनलाई गति प्रदान गर्ने उजागर गर्दै यस योजनाका साथै असमको असीमित
सम्भावनाको फाइदा उठाउन उनले उद्योगका साझेदारहरूलाई आग्रह गरे। असमको प्राकृतिक
संसाधनका साथमा यसको सामरिक अवस्थानले निवेशका लागि आकर्षक गन्तव्य बनाउने उऱनले
उल्लेख गरे। असमको चियालाई सम्भावनाको उदाहरणका रूपमा पेश गर्दै, विगत 200 वर्षदेखि
यो वैश्विक ब्राण्ड बन्नका साथै अन्य क्षेत्रलाई प्रेरित गरिरहेको उनले बताए।
विश्वव्यापी रूपमा लचिलो आपूर्ति शृङ्खलाको
मागका साथ वैश्विक अर्थनीतिमा आइरहेको महत्त्वपूर्ण परिवर्तन उजागर गर्दै
प्रधानमन्त्रीले विनिर्माण क्षेत्रलाई अघि बढाउन भारतले आफ्नो प्रयास मिशन मोडमा
शुरु गरेको जानकारी दिए। मेक इन इण्डिया पहलअन्तर्गत, हाल
फार्मासुटिकल्स, ईलेक्ट्रनिक्स
र अटोमोबाइल जस्ता कम लागतको विनिर्माणमाथि ध्यान केन्द्रित गरिरहेको पनि जानकारी
प्रधानमन्त्रीले दिए। भारतको उद्योग जगतले स्वदेशी माग मात्र पूरा नगरेर
अन्तरराष्ट्रिय बजारमा विनिर्माण उत्कृष्टताको मानक पनि स्थापित गरिरहेको र यस
विनिर्माण क्रान्तिमा असमले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताए। वैश्विक
कारोबारमा असमको सधैं नै अंश रहने गरेको कुरामाति बल दिँदै भारतको 50 प्रतिशतभन्दा
धेरै अपतटीय प्राकृतिक ग्यास उत्पादन असममा हुने र हालका वर्षमा असमको परिशोधनशालाको
क्षमता पनि उल्लेखनीय रूपमा बढेको प्रधानमन्त्री मोदीले बताए। यसका साथै असम
ईलेक्ट्रनिक्स, सेमीकण्डक्टर
र हरित ऊर्जा जस्ता क्षेत्रमा तेज गतिले स्थापित भइरहेको उल्लेख गर्दै, सरकारको
नीतिका कारण असम उच्च प्रविधिका उद्योग लगायत स्टार्टअप्सका लागि केन्द्र बनिरहेको
कुरामाथि उनले जोड दिए।
हालैको बजेटमा केन्द्र सरकारले नामरूप-4 संयन्त्र
अनुमोदन गरेको र निकट भविष्यमा यस युरिया उत्पादन संयन्त्रले सम्पूर्ण
पूर्वोत्तरका साथमा देशको माग पूरा गर्ने प्रधानमन्त्रीले बताए। “असम पूर्वी भारतको प्रमुख
विनिर्माण केन्द्र बन्ने दिन टाढा छैन,” प्रधानमन्त्रीले भने। यस
लक्ष्यलाई हासिल गर्न केन्द्र सरकारले राज्य सरकारलाई पूर्णरूपले सहयोग गरिरहेको
पनि उनले स्पष्ट पारे। 21औं
शताब्दीको विश्वको प्रगति डिजिटल क्रान्ति, नवाचार अनि प्रावधिक उत्कर्षमाथि
निर्भर गर्ने कुरामाथि बल दिँदै प्रधानमन्त्री मोदीले भने, “जति तयार हुन्छौं, त्यति
नै वैश्विक रूपमा हामी शक्तिशाली बन्नेछौं।” विगत एक दशकमा
भारतले ईलेक्ट्रनिक्स र मोबाइल उत्पादनमा हासिल गरेको अभूतपूर्व प्रगतिबारे अवगत
गराउँदै यो सफलता सेमीकण्डक्टरको उत्पादनमा पनि दोहोऱ्याउनुपर्ने अभिलाषा
प्रधानमन्त्रीले व्यक्त गरे। भारतमा सेमीकण्डक्टर विनिर्माणको निम्ति असम
महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुनलागेकोमा गर्व व्यक्त गर्दै हालै असमको
जागीरोडमा टाटा सेमीकण्डक्टर एसेम्बली एण्ड टेस्ट केन्द्रको उद्घाटनले
पूर्वोत्तरमा प्राविधिक विकासलाई प्रोत्साहित गर्ने प्रधानमन्त्रीले बताए।
सेमीकण्डक्टरको क्षेत्रमा नवाचारका लागि आइआइटीसँग सहकार्यका साथमा देशको
सेमीकण्डक्टर अनुसन्धान केन्द्रमा चलिरहेको काममाथि उनले बल दिए। यस दसकको
अन्त्यसम्म, ईलेक्ट्रनिक
क्षेत्रको मूल्य $500 बिलियन
पुग्ने उनले आशा व्यक्त गरे। “भारतको गति अनि मात्राका साथ, देश
सेमींकण्डक्टर उत्पादनको क्षेत्रमा प्रमुख शक्तिका रूपमा उदाउँदै लाखौंका लागि
रोजगार सिर्जना गरी असमको अर्थनीतिलाई टेवा प्रदान गर्नेछ,” उनले
आत्मविश्वासका साथ बताए।
“भारतले आफ्नो पर्यावरणीय दायित्त्वलाई बुझ्दै
विगत एक दसकमा नीति निर्णय लिएको छ र विश्वले भारतको नविकरणीय ऊर्जा मिशनलाई आदर्श
प्रचलनका रूपमा स्वीकार गरेको छ,” प्रधानमन्त्रीले भने। विगत एक दसकमा भारतले
सौर, पवन
तथा वहनीय ऊर्जा संसाधनमा उल्लेखनीय रूपमा निवेश गरेको छ र यसले पर्यावरणीय
प्रतिबद्धता मात्र पूरा नगरेर देशको नविकरणीय ऊर्जा उत्पादन क्षमता पनि कैयौं गुणा
बढाएको छ, प्रधानमन्त्रीले
बताए। देशले 2030 सम्म 500 गिगावाट
नविकरणीय ऊर्जा क्षमताको लक्ष्य राखेको उल्लेख गर्दै आगामी 2030 सम्म 5 मिलियन
मेट्रिक टन वार्षिक हरित हाइड्रोजन उत्पादन गर्ने मिशनका साथ सरकारले काम गरिरहेको
पनि प्रधानमन्त्री मोदीले अवगत गराए। देशमा ग्यास पूर्वाधारको वृद्धिले यसको माग
बढाउनका साथै सम्पूर्ण ग्यास आधारित अर्थनीति क्षेत्र पनि विस्तार भइरहेको उनले
बताए। सरकारले पीएलआइ योजना अनि हरित पहलका नीति लगायत उद्योगहरूका लागि अनेकौं
मार्ग रचना गरेको कुरा उनले रेखाङ्कित गरे। नविकरणीय ऊर्जाको क्षेत्रमा असम अग्रणी
बन्ने आशा व्यक्त गर्दै उद्योग जगतलाई असमको सम्भावनालाई व्यापकता प्रदान गर्न
उनले आग्रह गरे।
वर्ष 2047 सम्म भारतलाई विकसित
राष्ट्र बनाउन पूर्वी भारतले महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्दै, आज
पूर्वोत्तर लगायत पूर्वी भारतले पूर्वाधार, लजिस्टिक्स, कृषि, पर्यटन
अनि उद्योगको क्षेत्रमा तेज विकास गरिरहेको उनले बताए। यस क्षेत्रले भारतको विकास
यात्रालाई नेतृत्त्व प्रदान गर्ने दिन टाढा नरहेको कुरामाथि प्रधानमन्त्री मोदीले
विश्वास व्यक्त गरे। असमको यस यात्रामा साझेदार अनि सहयात्री बन्न आमन्त्रित
गर्नका साथै ग्लोबल साउथमा भारतको क्षमतालाई नयाँ शिखरमा पुऱ्याउने गरी असमको
स्थान स्थापित गर्न उनले सामूहिक प्रयासको निम्ति आह्वान जनाए। विकसित भारतको
यात्रामा उद्योग जगतको साथमा रहेको र पूर्णरूपले उनीहरूको योगदानलाई सहयोग गर्ने
उल्लेख गर्दै प्रधानमन्त्रीले निवेशक अनि उद्योग जगतको विश्वास बढाए।
यस अवसरमा असमका राज्यपबाल लक्ष्मणप्रसाद
आचार्य, मुख्यमन्त्री
हिमन्त विश्वशर्मा, केन्द्रीय मन्त्री डा एस जयशङ्कर, सर्बनन्द
सोनोवाल, ज्योतिरादित्य
सिन्धिया, त्रिपुराका
मुख्यमन्त्री डा मणिक शाह, केन्द्रीय राज्यमन्त्री पवित्र मार्गरिटा पनि उपस्थित
थिए।
पृष्ठभूमि
एडभान्टेज असम 2.0 निवेश एवं पूर्वाधार
शिखर सम्मेलन 2025 गुवाहाटीमा 25 र 26 फरवरीको
दिन आयोजन भइरहेको छ। यसमा उद्घाटन सत्र, सात मन्त्रालयगत सत्र अनि 14 विषयगत
सत्र सामेल रहनेछ। यसमा राज्यको औद्योगिक विकास, वैश्विक
कारोबार साझेदार, बढ्दो
उद्योग क्षेत्र अनि जीवन्त एमएसएमई क्षेत्रमाथि ध्यान केन्द्रित गर्दै राज्यको
आर्थिक परिदृश्यको विस्तृत प्रदर्शनी लगायत 240 भन्दा धेरै प्रदर्शक
सामेल रहनेछन्। विभिन्न अन्तरराष्ट्रिय सङ्गठन, वैश्विक
अग्रणी एवं निवेशक, नीति
निर्माता, उद्योग
जगतका विशेषज्ञ, स्टार्टअप
अनि विद्यार्थी लगायत अन्यले यस शिखर सम्मेलनमा भाग लिनेछन्। -पीआईबी
Comments
Post a Comment