केन्द्रीय मन्त्री अश्विनी वैष्णवद्वारा एडभान्टेज असम 2.0 मा प्रमुख बुनियादी ढाँचा र आईटी पहलहरूको अनावरण
नयाँ दिल्ली: केन्द्रीय रेलवे, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि एवं सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज गुवाहाटीमा आयोजित एडभान्टेज असम 2.0 निवेश र बुनिदायी ढाँचा शिखर सम्मेलनमा भाग लिए। कार्यक्रमको क्रममा, उनले यस क्षेत्रमा रेलवे र आईटी उद्योगहरूको विकासलाई तीव्र पार्ने उद्देश्यले धेरै प्रमुख पहल र परियोजनाहरूको घोषणा गरे। बुनियादी ढाँचा र औद्योगिकीकरण बढाउनका लागि सरकारको प्रतिबद्धतालाई प्रकाश पार्दै श्री वैष्णवले उत्तर पूर्वलाई भारतको विकासको लागि नयाँ इञ्जिनको रूपमा वर्णन गरे। उनले असममा एक नयाँ सेमिकण्डक्टर संयन्त्रको योजनाको अनावरण गरे, जसले इलेक्ट्रोनिक्स र सेमिकण्डक्टर विनिर्माणमा राज्यको बढ्दो भूमिकालाई बल मिल्यो। यस अतिरिक्त, उनले गुवाहाटी रेलवे स्टेशनलाई एक नयाँ आईटी हबमा रूपान्तरण गरिने घोषणा गरे, जसले यस क्षेत्रको डिजिटल बुनियादी ढाँचालाई अझ बलियो बनाउनेछ।
मन्त्रीले 2014 देखि
असम र पूर्वोत्तरमा 1,824 किलोमिटर नयाँ रेलवे ट्र्याकको निर्माणमा सरकारको सफलतालाई
रेखाङ्कित गरे। उनले असममा मोइनारबन्द र सिन्नामारामा दुई गति शक्ति कार्गो
टर्मिनल सञ्चालनमा आएको पनि उल्लेख गरे अनि छेयगाउँ, नयाँ बोङ्गाइगाउँ, बिहारा, हिलारा,
बैहाटा र रङ्गजुलीमा
06 अतिरिक्त गति शक्ति कार्गो टर्मिनलहरूको विकासको घोषणा गरे, जसले यस क्षेत्रको रेलवे नेटवर्कलाई महत्त्वपूर्ण रूपमा बढावा दिनेछ।
कनेक्टिभिटीलाई अझ सुदृढ पार्दै उनले एउटा वन्दे भारत एक्सप्रेस पहिले नै
उत्तरपूर्वमा सञ्चालनमा छ र अर्को चाँडै गुवाहाटी र अगरतलालाई जोड्ने पुष्टि गरे।
उनले दुई अमृत भारत रेलहरू (गुवाहाटी-दिल्ली र गुवाहाटी-चेन्नई बीच) लाई मञ्जुरी
दिने पनि घोषणा गरे, जुन यस वर्ष सञ्चालनमा आउनेछ
र लुमडिङमा रेलवे इञ्जिन मिडलाइफ रिमेन्युफेक्चरिङ सुविधाको स्थापना गर्ने घोषणा
गरे। मन्त्रीले 300 करोड रुपियाँको लागतमा बोडोल्याण्ड क्षेत्रको बाशबारीमा एक
वैगन वर्कशप स्थापना गर्ने योजनाको पनि घोषणा गरे।
मन्त्री वैष्णवले
असम र भुटान बीचको सम्पर्क सञ्जाल सुधार गर्ने सरकारको योजनामा जोड दिए, जसले आर्थिक विकासका लागि नयाँ अवसरहरू खोल्नेछ। बोडोल्याण्ड क्षेत्रको
विकासलाई सम्बोधन गर्दै उनले बाशबारीमा एक वैगन वर्कशप स्थापनाको घोषणा गर्दै बोडो
सम्झौता अन्तर्गत सरकारको प्रतिबद्धतालाई दोहोर्याए। इलेक्ट्रोनिक्स र मोबाइल
विनिर्माणमा भारतको उल्लेखनीय प्रगतिको बारेमा चर्चा गर्दै मन्त्रीले अहिले 98
प्रतिशत भन्दा अधिक मोबाइल फोन घरेलु रूपमा उत्पादन गरिएको उल्लेख गरे। यस
क्षेत्रलाई अझ बलियो बनाउनका लागि उनले इलेक्ट्रोनिक्स विनिर्माण योजना अन्तर्गत
120 करोड रुपियाँको परियोजना लागतमा कामरूपको बोङ्गोरामा ग्रीनफिल्ड इलेक्ट्रोनिक
विनिर्माण क्लस्टर (ईएमसी) को विकासको घोषणा गरे। यस अतिरिक्त, उनले राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान (एनआईईएलआईटी) लाई
डीम्ड-टु-बी विश्वविद्यालयमा अपग्रेड गरिएको छ, जसमा जगिरोडमा एक
परिसर स्थापना गर्ने योजना रहेको बताए।
मन्त्री वैष्णवले
पूर्वोत्तरमा बुनियादी ढाँचा र औद्योगिक विकासका लागि सरकारको प्रतिबद्धतालाई पुन:
पुष्टि गर्दै असम चाँडै नै एक महत्त्वपूर्ण औद्योगिक केन्द्रको रूपमा देखा पर्ने
विश्वास व्यक्त गरे। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले राज्यमा नयाँ
पहलहरूलाई बढावा दिन केन्द्र सरकारको निरन्तर समर्थनलाई स्वीकार गर्दै यही
भावनालाई दोहोर्याए। उनले असम वैश्विक सेमिकण्डक्टर पारिस्थितिकी तन्त्रमा एक प्रमुख
खेलाडी बन्ने आशावाद व्यक्त गरे। सत्रको क्रममा असम सरकारले केन्द्रीय मन्त्रीको उपस्थितिमा सिङ्गापुर, मलेशिया र जापानमा सेमिकण्डक्टर पारिस्थितिकी तन्त्रबाट 10 उद्योग समूहहरूसँग
सम्झौता ज्ञापनमा हस्ताक्षर गर्यो, जसमा राज्यको बढ्दो
सेमिकण्डक्टक उद्योगमा अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुत पार्ने र निवेशलाई बढावा
दिनुमा मद्द्त मिल्यो। -पीआईबी
Comments
Post a Comment