एकिकृत जैविक खेती प्रणाली मोडल एवं उद्यमिता विकासका लागि आईसीएआर-आईएआरआई अभिनव कृषक पुरस्कारका विजेता बनिन् जङ्गुकी कृषक

गान्तोक: उत्तर सिक्किमको तल्लो जङ्गुअन्तर्गत गोरकी श्रीमती पेमकित लेप्चा प्रतिष्ठित आईसीएआर-आईएआरआई अभिनव कृषक पुरस्कार 2025” की विजेती बनेकी छन्। उनलाई यो पुरस्कार 24 फरवरीमा पुसा कृषि विज्ञान मेला 2025 मा सचिव (डीएआरई) एवं महानिर्देशक (आईसीएआर) डा. हिमांशु पाठक अनि निर्देशक (आईएआरआई) डा. श्रीनिवास रावले प्रदान गरे। कृषि-परितन्त्र उत्पादनशीलता बढाउन उनले पारम्परिक लेप्चा ज्ञानलाई आधुनिक खेती तकनिकीसँग एकिकृत गर्दै जैविक खेती शुरु गरेकी हुन्। दिसम्बर 2021 देखि उनले सिक्किम सरकारको बागवानी विभागद्वारा संयुक्त रूपमा कार्यान्वित जनजाति उपयोजना अन्तर्गत आईसीएआर-एनईएचसिक्किम केन्द्रतादोङगान्तोकसँग सहकार्य गर्दै आएकी छन्।

श्रीमती लेप्चाले विस्तृत रूपमा विविध फसल बालीको जर्मप्लाज्म संरक्षणका साथमा विविधतापूर्ण जैविक धानको खेतीमाथि ध्यान केन्द्रित गर्दैआएकी छन्। यसका साथै गोर-तारयोङ इलाकामा जनजाति उपयोजनाको सक्रिय सहयोगका साथ ग्रामीण स्तरीय जल आपूर्ति सञ्जाल स्थापित गर्न सामुदायिक पहल पनि गरेकी छन्। गाउँका अन्य कृषकहरूबाट फसल-बाली सङ्कलित गरी ईडन गार्डन” ब्राण्ड शुरु गर्दै बजार पनि सुरक्षित गरेकी छन्। विविध जैविक खेतीका साथै गैर मौसमी साग-सब्जीको खेती गरी श्रीमती लेप्चाले आफ्नो समूहका सदस्यहरूका लागि बढी नाफा पनि सुनिश्चित गरेकी छन्। उनको सामुदायिक खेतीको प्रयासले सिक्किमका युवा पिँढीलाई सक्रिय रूपमा जैविक खेती गर्दै समृद्धि कृषि भविष्य सुनिश्चित गर्न प्रेरित गर्दैआएको छ।

श्रीमती पेमकित लेप्चाले यस प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सक्रिय सहयोग अनि मार्गदर्शनका लागि डा. भीके मिश्र (आईसीएआर-आरसी-एनईएच क्षेत्रउमियाममेघालय)डा. एस हजारिका शीर्ष अधिकारी (टीएसपी-एचक्यु)डा. आर देवदासप्रधान वैज्ञानिक एवं एचओआरसी (आईसीएआर-एनईएच) सिक्किमडा. सौरभ शाह एवं टोली लगायत आईसीएआर सिक्किम केन्द्रका वैज्ञानिकलगायत सिक्किम सरकारको बागवानी विभागका अधिकारीहरूप्रति आभार व्यक्त गरेकी छन्। -पीआईबी

 

 

Comments

Popular posts from this blog