भारत एउटा आर्थिक महाशक्ति र विश्वको भविष्यको महत्त्वपूर्ण अंश बनिरहेको छ: स्कट फल्कनर
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शीर्ष नेताहरूमध्ये एक-अर्काका लागि प्रेरणा हुन्: पूर्व अमेरिकी हाउस अफ् चीफ एडमिनिट्रेटिभ अफिसर स्कट फल्कनर
नयाँ दिल्ली: भारत आर्थिक महाशक्ति बन्नका साथै विश्वको भविष्यलाई आकार दिन प्रमुख भूमिका खेलिरहेको पूर्व अमेरिकी हाउस अव् चीफ एडमिनिट्रेटिभ अफिसर स्कट फल्कनरले बताएका छन्। देश 21औं शताब्दीको विकासमा सबैभन्दा अघि रहनका साथै आफ्ना नागरिकहरूको उदीयमान आवश्यकता पूरा गर्न प्रौद्योगिकी अनि शासनलाई सहज रूपमा एकिकृत गरिरहेको उनले बताएका छन्। मिडिया सङ्गोष्ठीमा भाग लिन उनी एक सप्ताहको भारत दौडाहामा छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै विश्वका शीर्ष नेतामध्ये एक-अर्काका लागि प्रेरणास्रोत रहेको फल्कनरले बताएका छन्। प्रधानमन्त्री सङ्ग्रहालयको दौडाहापछि उनले विश्वभरी यस्ता सङ्ग्रहालयको आवश्यकतामाथि जोड दिँदै सङ्ग्रहालय प्रेरणास्रोत रहेको र यसलाई व्यापक रूपमा साझा गर्नुपर्ने उनले आशय व्यक्त गरे।
प्रधानमन्त्री सङ्ग्रहालय र नवनिर्मित संसदको दौडाहा गरेपछि फल्कनरले वैश्विक मञ्चमा भारतको प्रगति र नेतृत्त्वको सराहना गरे। फल्कनरले रीगन अभियानका लागि डायरेक्टर अव् पर्सनलका रूपमा काम गर्नका साथै प्रेसिडेन्सियल ट्रान्जिशन एवं ह्वाइट हाउस स्टाफका हिस्सा रहिसकेका छन्। उनले फेडरल एभिएशन एडमिनिस्ट्रेशन, जेनरल सर्विसेस एडमिनिस्ट्रेशन र पीस कर्प्समा कार्यकारी पदमा पनि कार्य गरिसकेका छन्।
फल्कनरले अमेरिकन युनिभर्सिटीबाट पब्लिक एडमिनिस्ट्रेशनमा मास्टर डिग्री र लरेन्स युनिभर्सिटीबाट गभर्नमेन्टमा ब्याचेलर डिग्री हासिल गरेका हुन्। उनले लण्डन स्कूल अफ् ईकोनमिक्स र जर्जटाउन युनिभर्सिटीबाट पनि पढाई गरेका छन् भने हाल शेफर्ड युनिभर्सिटीको जर्ज वाशिङटन इन्स्टिट्युट अफ् लिभिङ एथिक्सका भाइस प्रेसिडेन्टका रूपमा कार्यरत छन्। नयाँ संसद भवनको दौडाहापछि फल्कनरले यस भवनको अत्याधुनिक वास्तुकला अनि तकनिकी नवाचारबाट धेरै प्रभावित रहेको बताए। विशेष रूपमा कैयौं भाषाको कुशल प्रबन्धन, एक साथ अनुवादको सुविधा र पूर्णरूपले स्वचालित दस्तावेज प्रणालीबारे चर्चा गर्दै विश्वले यसबाट सिक्नसक्ने कुरा उनले बताए। -पीआईबी
Comments
Post a Comment