
युवा साहित्यकार प्रवीण खालिङको "चिया गफ" लाई 28 औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गरिने गान्तोक : डा. शोभाकान्ति थेगिम (लेप्चा) ट्रस्टको 19 मईमा सम्पन्न बैठकमा गान्तोकका साहित्यकार तथा पत्रकार प्रवीण खालिङलाई उनको निबन्ध सङ्ग्रह ‘ चिया गफ ’- का लागि 28 औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार , 2025 प्रदान गर्ने निर्णय लिइएको छ। उक्त नाम दुई स्तरीय छनोट समितिको अग्रसारणमा अनुमोदन गरिएको बताइएको छ। यो पुरस्कार प्रत्येक वर्ष दिवङ्गत डा. शोभाकान्ति थेगिमको जन्मजयन्ती 4 जुलाईमा प्रदान गरिन्छ , जसमा नगद पुरस्कार रु. 50,001, एक ताम्रपत्र र प्रमाणपत्र सामेल छन्। प्रवीण खालिङलाई यो वर्षको पुरस्कार आगामी 4 जुलाईमा आयोजन गरिने विशेष समारोहमा प्रदान गरिनेछ। ज्ञात रहोस् , सन् 1998 देखि प्रत्येक वर्ष लेखकहरूलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गर्दै आएको ट्रस्टले 2019 देखि 25 जना विशिष्ट साहित्यकार , सङ्गीतकार र प्रकाशकहरूलाई पनि 4 जुलाईमा सम्मानित गर्दै आएको छ। यस वर्ष पनि ट्रस्टले सांस्कृतिक सम्पदा संरक्षण , प्रवर्द्धन र प्र...