मसला बोर्ड-आईसीआरआई, आरआरएस, गान्तोकद्वारा देन्ताममा मसला क्लिनिक एवं सामग्री वितरण कार्यक्रम आयोजित
गान्तोक: मसला बोर्डको भारतीय अलैंची अनुसन्धान संस्थान (आईसीआरआई), क्षेत्रीय केन्द्र तादोङद्वारा सङ्खु रधु-खाण्डु जैविक कृषक उत्पादक सहकारी समितिको सहयोगमा गेजिङ जिल्लाअन्तर्गत देन्ताममा ठूलो अलैंची कृषकहरूका लागि मसला क्लिनिक एवं सामग्री वितरण कार्यक्रम सफलतापूर्वक आयोजित गरियो। मसला क्लिनिक कार्यक्रममा आईसीआरआईका वैज्ञानिकहरूले पूर्वोत्तर क्षेत्रका लागि मसलामाथि अखिल भारतीय समन्वित अनुसन्धान कार्यक्रम (एआईसीआरपीएस) मार्फत् विकास भइरहेको “सिक्किममा नमूना नर्सरी गाउँ कार्यक्रमको विकास” अन्तर्गत कार्यान्वित देन्ताम क्षेत्रका कृषकहरूको नर्सरीहरूको भ्रमण गरे।
कार्यक्रममा बायो-क्याप्सुलका रूपमा सूक्ष्म पोषकका साथमा बायोएजेन्टहरू कृषकहरूलाई वितरण गरियो। वैज्ञानिक तथा एआईसीआरपीएस, आईसीआरआई, आरआरएस, गान्तोकका प्रभारी डा. एसएस बोराले ठूलो अलैंचीका नर्सरीहरूका साथै बगानमा सुधारको निम्ति सूक्ष्म पोषक एवं बायोएजेन्ट उपयोग गर्ने प्रक्रियाबारे विस्तारका साथ जानकारी दिए। यस अवसरमा उपस्थित सङ्खु रधु-खाण्डु जीपीयुका पञ्चायत सभापतिले पनि कृषकहरूलाई सामग्री वितरण गर्दै सर्वोत्तम प्रचलन अपनाउन प्रोत्साहित गरे।
वैज्ञानिक
तथा आईसीआरआईका प्रभारी डा. जोन जो भर्गिसले सफलतापूर्वक एआईसीआरपीएस कार्यक्रम
कार्यान्वित गरेकोमा कृषकहरूको प्रयासको सराहना गरे। मसला बोर्ड, गेजिङ
स्थल कार्यालयका एसएफओ विश्वभूषण जोशीले गेजिङ जिल्लाका अलैंची कृषकहरूका लागि
कार्यान्वयन गरिरहेका विभिन्न योजनाबारे विस्तारका साथ जानकारी दिए। एफपीओका
सीईओ नारायण भट्टराई अनि बिक्री प्रबन्धक जगत छेत्रीले देन्ताम क्षेत्रमा ठूलो
अलैंचीको विकासका लागि मसला बोर्डले गरिरहेको प्रयासको सराहना गरे। यो
कार्यक्रम दीर्घकालीन ठूलो अलैंचीको खेती विधि प्रोत्साहित गर्दै क्षेत्रका
कृषकहरूको आजीविकामा सुधार ल्याउन लक्षित थियो। -पीआईबी
Comments
Post a Comment