सिक्किमले राष्ट्रिय आयुष मिशनको केन्द्रित कार्यान्वयनको साथ स्वास्थ्य सेवा पहुँचमा तीव्रता ल्यायो
कैवल्यधाम, लोनावला (महाराष्ट्र): सिक्किमले परम्परागत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र औषधीय वनस्पतिहरूको आफ्नो समृद्ध जैव विविधताको रक्षा गर्नका लागि राष्ट्रिय आयुष मिशन (एनएएम) लाई प्रभावकारी ढङ्गबाट लाभ उठाएको छ। राज्य सरकार र आयुष मन्त्रालयको संयुक्त प्रयासको माध्यमद्वारा राज्यले आयुर्वेद, सोवा रिग्पा र योगमा आधारित समग्र स्वास्थ्यका लागि एक बलियो पारिस्थितिक प्रणालीको निर्माण गरिरहेको छ। एनएएम अन्तर्गत, दुई एकीकृत आयुष अस्पताल - गान्तोकमा 10 शैयाको सुविधा र पश्चिम सिक्किमको गेजिङको क्योङ्सामा 50 शैयाको अस्पताल - सञ्चालनमा छन्। यी संस्थानहरूले परम्परागत र आधुनिक स्वास्थ्य सेवाहरूको एक अद्वितीय संयोजन प्रदान गर्दछन्, जसले विशेष गरी सिक्किमको भौगोलिक रूपमा चुनौतीपूर्ण भूभागमा स्वास्थ्य परिणामहरूलाई महत्त्वपूर्ण रूपमा बढाउँछन्।
गान्तोकको देवरालीमा नामग्याल तिब्बती विज्ञान संस्थानमा अवस्थित सोवा रिग्पा शैक्षिक संस्थानले हिमाली क्षेत्रको मूल निवासी तिब्बती चिकित्सा प्रणालीको प्रवर्द्धन र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो संस्थानले विद्यार्थी र चिकित्सक दुवैका लागि एक जीवन्त शिक्षण र अनुसन्धान केन्द्रको रूपमा काम गर्छ। आयुर्वेद कार्यक्रम - एक विद्यालय स्वास्थ्य जागरूकता पहल - राज्यका सबै छः जिल्लामा सफलतापूर्वक लागू गरिएको छ। यो कार्यक्रमले दिनाचार्य र ऋतुचार्य जस्ता निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवर्द्धन गर्दछ, जबकि विद्यार्थीहरूलाई योग र सम्बद्ध अभ्यासहरूको माध्यमद्वारा आवश्यक तनाउ प्रबन्धन प्रविधि र सामना गर्ने कौशल पनि सिकाउँछ।
यस अतिरिक्त, विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रहरू (पीएचसी), सामुदायिक स्वास्थ्य केन्द्रहरू (सीएचसी) र सबै जिल्ला अस्पतालहरूमा 13 सह-स्थित आयुष एकाइहरूको माध्यमद्वारा परम्परागत स्वास्थ्य सेवाहरू उपलब्ध गराइँदैछ, जसले गर्दा जमिनी स्तरमा गहिरो पहुँच सुनिश्चित भइरहेकोछ। सिक्किमको एनएएमको अनुकरणीय कार्यान्वयनले 1-2 मई, 2025 मा लोनावलामा आयोजित राष्ट्रिय आयुष मिशन सम्मेलनमा व्यापक प्रशंसा प्राप्त गरेको छ। राज्यलाई परम्परागत प्रणालीहरूको अभिनव एकीकरण र उत्कृष्ट कोष उपयोगको लागि प्रशंसा गरिएको थियो, जसले गर्दा यो अन्य राज्यहरूको लागि एक मोडेल बनेको थियो।
एनएएम अन्तर्गत स्वीकृत
कुल ः4,819.217 लाख
रुपियाँ र उल्लेखनीय 97.94% उपयोग
दरको साथ, सिक्किमले
परम्परागत ज्ञानलाई आधुनिक जनस्वास्थ्य ढाँचासँग एकीकृत गरेर साना राज्यहरूले कसरी
ठूलो मात्रामा प्रभाव हासिल गर्न सक्छन् भन्ने कुराको लागि एक माइलखुट्टी स्थापित
गरिरहेको छ।
सम्मेलनमा सिक्किमको
प्रतिनिधित्व गर्दै निम्नलिखित थिए:
· श्री
जी.टी. ढुङ्गेल, सिक्किमका
स्वास्थ्य मन्त्री
· पेमा
सेडेन लेप्चा, मिशन
निर्देशक, एनएएम
· डा.
कर्मा छादेन भोटिया, राज्य
कार्यक्रम अधिकारी, एनएएम
· श्री
सञ्जय सिंह, अतिरिक्त
मुख्य अभियन्ता, सिभिल
इञ्जिनियरिङ सेल, स्वास्थ्य
विभाग, सिक्किम
मन्त्रीहरू बीचको गोलमेच
चर्चाको क्रममा श्री ढुङ्गेलले परम्परागत औषधिमा प्रमाण-आधारित शोधको आवश्यकतामाथि
जोड दिए। उनले सिक्किमको समृद्ध जैविक विविधताले राज्यलाई आयुर्वेदमा आधारित
चिकित्सा पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने क्षमतामाथि पनि प्रकाश पारे - जुन
भारतका माननीय प्रधानमन्त्रीको नागरिकहरूलाई रोगबाट कल्याणतर्फ डोर्याउने
दृष्टिकोणसँग मिल्दोजुल्दो छ।
राष्ट्रिय नेताहरूले
सिक्किमको प्रयासको सराहना गरे:
श्री प्रतापराव जाधव, केन्द्रीय
राज्यमन्त्री (स्वतन्त्र स्वतन्त्र), आयुष मन्त्रालय र
केन्द्रीय राज्यमन्त्री, स्वास्थ्य
तथा परिवार कल्याण मन्त्रालयले भने, “एनएएम अन्तर्गत सिक्किमको उल्लेखनीय 97.94% कोष
उपयोगले केन्द्रित योजना र कार्यान्वयनलाई प्रतिबिम्बित गर्दछ। सोवा रिग्पा र
आयुर्वेद कार्यक्रमहरूप्रति राज्यको प्रतिबद्धताले के प्रमाणित गर्दछ भने साना
राज्यहरूले पनि परम्परागत स्वास्थ्य ज्ञानको संरक्षण र प्रवर्द्धनमा ठूलो नेतृत्व
गर्न सक्छन्।”
आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले थपे, “एनएएमको माध्यमद्वारा स्वास्थ्य सेवा, शिक्षा र जैविक विविधता संरक्षणमा सामन्जस्य कायम गरेको छ, जसले स्थानीय अर्थतन्त्र र सांस्कृतिक कल्याण परम्पराहरूलाई सुदृढ पारेको छ।” यो राष्ट्रिय मान्यताले परम्परागत स्वास्थ्य प्रणालीहरूलाई समकालीन हेरचाहसँग प्रभावकारी एकीकरण गर्ने, यसका नागरिकहरूलाई दीर्घकालीन लाभहरू ल्याउने र देशको लागि प्रेरणादायी उदाहरण स्थापित गर्ने सिक्किमको नेतृत्वलाई अझ बलियो बनाउँछ। -पीआईबी
Comments
Post a Comment