आईआईएमसीका प्रशिक्षु अधिकारीहरूले गान्तोकमा एमआईबी कार्यालयहरूको भ्रमण गरे
गान्तोक: भारतीय सूचना सेवा (आईआईएस) को वरिष्ठ ग्रेड समूह बी का 28 प्रशिक्षु अधिकारीहरूको एक समूहले आज पत्र सूचना कार्यालय र आकाशवाणी गान्तोक कार्यालयहरूको भ्रमण गरेको छ। उनीहरू वर्तमानमा भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) नयाँ दिल्लीबाट अध्ययन भ्रमणमा सिक्किममा छन्। आकाशवाणी तथा दूरदर्शन केन्द्र, गान्तोकका क्लस्टर प्रमुख नीरज पाण्डे, इञ्जिनियरिङका सहायक निर्देशक कमल कुमार श्रीवास्तव र क्षेत्रीय समाचार एकाइका प्रमुख तथा पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले उनीहरूलाई स्वागत जनाए। उनीहरूलाई परम्परागत खादा र स्मृति चिह्नले न्यानो स्वागत गरियो।
मानस प्रतिम शर्माले
आफ्नो स्वागत भाषणमा अधिकारीहरूलाई पीआईबी र आकाशवाणी समाचारका गतिविधिहरूको
बारेमा जानकारी दिए। उनले भनेअनुसार, सिक्किममा पीआईबी र सीबीसीद्वारा सरकारका
कल्याणकारी योजनाहरूको बारेमा विभिन्न आउटरिच कार्यक्रम आयोजन भइरहेका छन्। उनले
मिडियाको माध्यमद्वारा सूचना प्रसारित गर्ने प्रयास भइरहेको पनि बताए। नीरज
पाण्डेले आफ्नो भाषणमा सबै युवा अधिकारीहरूलाई समाजका लागि आफ्नो सर्वश्रेष्ठ दिन
आग्रह गरे। वरिष्ठ समाचार वाचक श्रीमती उषा शर्माले पनि उनीहरूसँग आफ्ना अनुभव
साझा गरिन्।
भ्रमण गर्ने अधिकारीहरूबाट
सुशील चन्द्र तिवारीले आईआईएमसीको तर्फबाट मानस प्रतिम शर्मा र नीरज पाण्डेलाई
स्मारिका भेंट गरे। यसपछि, उनीहरूले भारतीय वनस्पति सर्वेक्षणको
क्षेत्रीय कार्यालयको भ्रमण गरे। क्षेत्रीय कार्यालयका प्रमुख डा. राजीव
गोगोई
र उनको टोलीले उनीहरूलाई एकाइका विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराए। प्रशिक्षु
अधिकारीहरूले पीआईबी, आकाशवाणी
र बीएसआई कार्यालयहरूको भ्रमण गरेपछि खुशी व्यक्त गरे। -पीआईबी
Comments
Post a Comment