
आरबीआईद्वारा सिक्किममा आठौं राज्य स्तरीय समन्वयन समितिको बैठक आयोजित गान्तोक: भारतीय रिजर्भ ब्याङ्क (आरबीई) , गान्तोकद्वारा 26 मार्चको दिन टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव रविन्द्र तेलाङको अध्यक्षतामा आठौं राज्य स्तरीय समन्वयन समितिको (एसएलसीसी) बैठक आयोजित गरियो। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक थोटङम जामाङद्वारा बैठक डाकिएको थियो। बैठकमा आरबीआइ , गान्तोकका महाप्रबन्धक , एसईबीआइ , कोलकाता , कानून विभाग , गृह विभाग , सूचना एवं जनसम्पर्क विभाग , वित्त विभाग , सहकारिता विभागका सचिवगण , आरसीएस , आइजीपी सीआइडी , आइजीपी कानून एवं व्यवस्था , डीआइजीपी रेञ्ज तथा डीआइजीपी स्पेशल ब्राञ्च पनि उपस्थित थिए। समितिद्वारा अनियन्त्रित जमा योजना प्रतिबन्ध (बीयुडीएस) ऐन , 2019 अन्तर्गत सिक्किम राज्यका लागि अनुमोदित बीयुडीएस नियमहरूको कार्यान्वयनबारे चर्चा गरियो। आइजीपी-सीआइडीले हेल्पलाइन 1930 मा रिपोर्ट गरिएका विभिन्न प्रकारका वित्तीय धोकाधडीका साथमा सिक्किम पुलिसद्वारा ग...