आरबीआईद्वारा सिक्किममा आठौं राज्य स्तरीय समन्वयन समितिको बैठक आयोजित

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क (आरबीई)गान्तोकद्वारा 26 मार्चको दिन टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव रविन्द्र तेलाङको अध्यक्षतामा आठौं राज्य स्तरीय समन्वयन समितिको (एसएलसीसी) बैठक आयोजित गरियो। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक थोटङम जामाङद्वारा बैठक डाकिएको थियो। बैठकमा आरबीआइगान्तोकका महाप्रबन्धकएसईबीआइकोलकाताकानून विभागगृह विभागसूचना एवं जनसम्पर्क विभागवित्त विभागसहकारिता विभागका सचिवगणआरसीएसआइजीपी सीआइडीआइजीपी कानून एवं व्यवस्थाडीआइजीपी रेञ्ज तथा डीआइजीपी स्पेशल ब्राञ्च पनि उपस्थित थिए।

समितिद्वारा अनियन्त्रित जमा योजना प्रतिबन्ध (बीयुडीएस) ऐन, 2019 अन्तर्गत सिक्किम राज्यका लागि अनुमोदित बीयुडीएस नियमहरूको कार्यान्वयनबारे चर्चा गरियो। आइजीपी-सीआइडीले हेल्पलाइन 1930 मा रिपोर्ट गरिएका विभिन्न प्रकारका वित्तीय धोकाधडीका साथमा सिक्किम पुलिसद्वारा गरिएको कूल असुलीबारे चर्चा गरे।आरबीआइका प्रबन्धकले व्यापक रूपमा प्रचलित विभिन्न प्रकारका डिजिटल धोकाधडी तथा त्यस्ता कपटपूर्ण गतिविधिको रोकथाम गर्न आरबीआईद्वारा चालिएका कदमहरूबारे चर्चा गरे। कपटपूर्ण गतिविधिमा संलग्न अनियन्त्रित प्रतिष्ठानहरूका सम्बन्धमा हितधारकहरूले बजारको खुफिया जानकारी साझा गरे। समितिद्वारा यस्ता गतिविधिबारे सूचित गर्ने सचेत पोर्टलको भूमिकाबारे पनि चर्चा गरियो।

आरबीआई अनि एसईबीआईद्वारा सामान्य डिजिटल धोकाधडीका साथै आफ्नो वित्तीय अधिकारको सुरक्षा गर्ने तन्त्रबारे आम जनमानसलाई शिक्षित बनाउन आयोजित निवेशक जागरूकता एवं उपभोक्ता उजुरी सुनुवाई तन्त्रमाथि विभिन्न कार्यक्रमबारे पनि चर्चा गरियो। गान्तोकमा वित्तीय साक्षरता फैलाउनका साथै लोकसम्पर्क कार्यक्रमको दिशामा आरबीआइगान्तोकको प्रयासबारे बैठकमा मुख्य सचिवले प्रकाश पारे। (पीआईबी)


Comments

Popular posts from this blog