नयाँ नेपाली चलचित्र बिगुलको निर्माण गर्ने घोषणा

काठमाडौं: सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र बिगुलको निर्माण घोषणा गरिएको छ। यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो।
बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ।
अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो 'बाह्र गाउँ'मा देखिएका थिए। चलचित्र हमेशाबाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले बुलाकीबाट सर्वाधिक चर्चामा आएका हुन्। बुलाकीबाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन्। अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको बिगुलमा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ। निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ।
यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन्। उनले यसअघि लीलानीरमायानिर्देशन गरिसकेका छन्। मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन्। एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन्। चलचित्रको छायांकन १४ अप्रेल (नेपाली नयाँ वर्ष २०८२ को वैशाख १ गते) विशेष मुहूर्त गरी शुरु गरिने निर्माणपक्षले बताएको छ।

 

Comments

Popular posts from this blog