भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा “ब्याङ्कर तथा उद्यमीहरू” माथि नगरभवन बैठक आयोजित
गान्तोक: भारतीय रिजर्भ ब्याङ्क
(आरबीआई), गान्तोकद्वारा “आरबीआई @90 : ब्याङ्कर
तथा उद्यमी सङ्गोष्ठी” विषयमा 24 मार्चको
दिन गान्तोकमा नगरभवन बैठक आयोजित गरियो। आरबीआईको 90 वर्षीय
यात्राको उत्सव मनाउन बैठक आयोजन गरिएको थियो। बैठक आयोजन गर्नुको
उद्देश्य उद्यमी, ब्याङ्कर
तथा अन्य हितधारकबीच दुईमार्गी सञ्चार पोषित गर्नुरहेको थियो। यो दुवै पक्षद्वारा
सामना गरिने विभिन्न चिन्तालाई सम्बोधित गर्नका लागि आयोजित गरिएको थियो। आरबीआई, गान्तोकका
क्षेत्रीय निर्देशक थोटङाम जामाङले अर्थनीतिमा एमएसएमईको महत्त्वपूर्ण भूमिकाबारे
वर्णन गरे। यसका सातै राज्यको आर्थिक विकासका लागि ब्याङ्कहरूले उद्यमीहरूलाई
सहयोग गर्नुपर्ने आवश्यकता पनि उनले रेखाङ्कित गरे।
यसका साथै खुद्रा कारोबारीहरूलाई एमएसएमई अन्तर्गत समावेश
गर्नुपर्ने पनि उनले चर्चा गरे। भारतको जीडीपी वृद्धि, निर्यातका
साथै रोजगार अवसर प्रदान गर्न सूक्ष्म उद्यमहरूको सम्भावना अनि विशेषज्ञतामाथि उनले
बल दिए। बैठकमा
नाबार्डका महाप्रबन्धक अजयकुमार सिन्हा, स्टेट ब्याङ्क अव्
इण्डियाका डीजीएम रजनीश कुमार तथा पञ्जाब नेशनल ब्याङ्कका डीजीएम मनीष देववर्मा
लगायत अन्य गन्यमान्य व्यक्ति पनि उपस्थित थिए। विभिन्न ब्याङ्क शाखाका 60 भन्दा
धेरै अधिकारी अनि उद्यमीहरूले नगरभवन बैठकमा सहभागिता जनाए। वरिष्ठ
ब्याङ्क अधिकारीहरूद्वारा विभिन्न सत्र पनि आयोजन गरियो। सत्रमा एमएसएमईका लागि
उपलब्ध विभिन्न योजनाबारे बुझाई, ग्रामीण क्षेत्रमा ब्याङ्कसम्म नपुगेका
उद्यमीहरूसम्म पुग्न ब्याङ्कद्वारा गरिएको पहल तथा उत्तम सिबिल स्कोर कायम
राख्नुको महत्त्व जस्ता विषय समेटिएको थियो।
उद्यमीहरूका साथ समूहगत चर्चा पनि आयोजित गरियो, जसमा
आरबीआई, नाबार्ड, डीआइसी, स्टेट
ब्याङ्क अव् इण्डिया, एक्सिस
ब्याङ्क तथा पञ्जाब नेशनल ब्याङ्कका सदस्यहरू सामेल थिए। महाप्रबन्धक गोडा
रविशङ्करले समूहगत चर्चाको समन्वयन गरेको थिए। समूहले उद्यमीहरूको प्रश्नको
व्यावहारिक उत्तर दिए। उपस्थित उद्यमीहरूले कार्यक्रमको सराहना गर्दै सकरात्मक
प्रतिक्रिया दिए। -पीआईबी
Comments
Post a Comment