आरबीआई गान्तोकद्वारा साङ्गा-दोर्जी जीपीयुमा एसएचजीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजित

गान्तोक: आरबीआई गान्तोकद्वारा सोरेङ जिल्ला अन्तर्गत साङ्गा-दोर्जी जीपीयुमा स्वयं सहायता समूहका सदस्यहरूको निम्ति 30 मईको दिन वित्तीय साक्षरता कार्यक्रम आयोजित गरियो। एसएचजी नेतृत्त्वहरूको क्षमता निर्माण गर्ने दिशामा आरबीआईको प्रतिबद्धताप्रति यो कार्यक्रम लक्षित थियो। आरबीआईका प्रबन्धक सोहनसिंह राजपुरोहित अनि सहायका रिद्दिक थापाले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रबन्धक सोहनसिंह राजपुरोहितले पञ्चसूत्र नामक एसएचजीका लागि पाँच सिद्धान्तको पर्यावलोकनका साथ सत्र शुरु गरेजसमा सामयिक बैठकसामयिक बचतनियमित आन्तरिक ऋणादाननियमित पुनर्भुक्तानी र बहीखाता कायम गर्ने विषयमा बल दिइन्छ। उनले ब्याङ्क खाता परिचालन गर्न आफ्नो ग्राहकलाई जान्नुहोस् (केवाईसी)”-को आवश्यकताबारे पनि आलोकित गरे। यसबाहेक उनले भारतीय ब्याङ्क नोटको सुरक्षा विशेषताबारे पनि प्रस्तुति दिए।

सहायक रिद्दिक थापाले प्रतिभागीहरूलाई वार्षिक 20 किस्तीका साथ प्रधानमन्त्री सुरक्षा बीमा योजना अनि 436 वार्षिक किस्तीका साथ प्रधानमन्त्री जीवनज्योति योजना लगायत अन्य सामाजिक सुरक्षा योजनाहरूबारे जानकारी दिए। सत्रको अन्त्यमा एसएचजी सदस्यहरूले दुवै अधिकारीको सराहना गर्दै यस प्रकारको थप सत्र भविष्यमा पनि आयोजित गर्न अनुरोध गरे। आम जनमानसमा निर्बाध अनि निरन्तर वित्तीय साक्षरता सुनिश्चित गर्नआरबीआईले नियमित रूपमा स्कूलका शिक्षक अनि विद्यार्थीवरिष्ठ नागरिकएसएचजीएमएसएमई अनि कृषकहरू लगायतका विविध वर्गका लागि वित्तीय साक्षरता शिविर आयोजित गर्दछ। यसको उद्देश्य उनीहरूमा वित्तीय साक्षरता बढाउनु हो। -पीआईबी

 

Comments

Popular posts from this blog