चलचित्र ‘मैना’ निर्माण गर्ने घोषणा
काठमाडौं: चलचित्र ‘मैना’ निर्माण गर्ने घोषणा गरिएको छ। राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको
घोषणा गरेका हुन्। चलचित्रको थिम
पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ। यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो
उनको डेब्यु निर्देशकीय सिनेमा हो। भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ
लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन्।
सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले
लेखेका छन्। चलचित्रमा
राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र
सुस्मा खतिवडा रहनेछन्। थिम पोस्टरले
शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। चलचित्रको
छायांकन भदौबाट शुरु गरिने
निर्माणपक्षले जानकारी गराएको छ। चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक
भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए। सिनेमाको नाम अनुसार, चलचित्रको
मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ। यद्यपि, यसबारे
निर्माणपक्षले मुख खोलेको छैन। चलचित्र कहिले
रिलिज हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले
बताए।
Comments
Post a Comment