यसकारण हेर्नुहोस् लघु चलचित्र ‘सुनैना’...
सिलगढी: समयको बदलिँदो क्रममा मानसिकतामा कस्ता किसमका विसङ्गतिहरु पलाउन थालेका छन्, यसबारेमा घोत्लिन आवश्यक बनेको छl समाजभित्र पलाउँदै गरेका विसङ्गतिलाई घोत्लिएर हेर्न हो भने एउटा लघु चलचित्र ‘सुनैना’ कम समय खर्चिएर युट्युबमा हेर्न सकिन्छl चलचित्रले के सन्देश दिन्छ यसबारेमा जान्नका लागि यस समाचारको मुनि रहेको युट्युबको लिंकमा क्लिक गरेर गरेर हेर्नुहोस्l अधिकारी प्रोडक्सनद्वारा निर्मित चलचित्र ‘सुनैना’को प्रिमियर शो गएको आइतबार भव्य रुपमा सिलगढी देवकोटा संघको प्रेक्षगृहमा दिन सम्पन्न भयो।
यसै दिन यो चलचित्र युट्युबबाट सार्वजनिक भएको छl श्याम प्रधानको सभापवित्वमा सप्पन्न भएको सो प्रिमियर शोमा प्रमुख अतिथिको रुपमा मिलन रूचाल उपस्थित थिए। उद्घोषक कृष्ण बस्नेतद्वारा संचालित प्रिमियर शोमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पछि चलचित्र युट्युबमा सर्वानाजिक गरिएको हो। धन कुमार राईद्वारा निर्देशित अनि सचिन छेत्रीद्वारा निर्मित चलचित्र ‘सुनैना’मा नायक श्रीजन छेत्री, नायिका शितल छेत्री, पार्वती हमाल ठकुरी, रोजी राई, बाल कलाकार आईशा छेत्री, पत्रकार केशर मोक्तानले अभिनय गरेका छन्l
वास्स्ताविक जीवनमा पत्रकार रहेका केशर मोक्तानले यस चलचित्रमा पनि पत्रकारकै भूमिका निर्वाह गरेका छन्l दुई दशक बढी समयदेखि मंग्पूबाट नेपाली पत्रकारिता विशेष भूमिका निर्वाह गर्दै आएका पत्रकार केशर मोक्तान हिमालय दर्पण लगायत विभिन्न इलेक्ट्रोनिक मिडियासित सम्बन्धित छन्l पत्रकारकै एंकरिङ्गबाट चलचित्र भएको हुँदा शुरुवात रोचक छl यस चिलाचित्रको प्रिमियर शोमा देवकोटा संघको भवनमा दर्शकहरूको बाक्लो उपस्तिथि थियोl समाज भित्रको एक पाटा अनुहार ‘सुनैना’ले उदाङ्गो परेको हुँदा सम्पूर्ण दर्शकवर्गको मनलाई छाप बसाल्न सफल बनेको छl यस नेपाली लघु चलचित्र ‘सुनैना’ युट्युबमा सार्वजनिक गरिए पछि सबैलाई ससक्राईब गरिदिन निर्देशक धनकुमार राईले आग्रह गरेका छन्। यो लिंक क्लिक गर्नुहोस् अनि हेर्नु ‘सुनैना’
Comments
Post a Comment