इतिहास रचियो : योग सङ्गम कार्यक्रमको निम्ति पञ्जिकरण 4 लाख पार

 नयाँ दिल्ली: आरोग्यताको निम्ति व्यापक एकताको प्रदर्शन गर्दै, 11औं अन्तर्राष्ट्रिय योग दिवस (आडीवाई) 2025 को ध्वजवाहक कार्यक्रम रहेको योग सङ्गमको निम्ति पञ्जिकरणले ऐतिहासिक 4 लाख पार गर्दै पारम्परिक स्वास्थ्य चलनको माध्यमद्वारा सर्वव्यापी स्वास्थ्यको निम्ति वैश्विक प्रकाशस्तम्भका रूपमा भारतको भूमिकालाई बल प्रदान गरेको छ। 21 जूनको दिनदेशको लाखौं स्थानमा एक साथ ऐतिहासिक लयबद्ध योग प्रदर्शनी गरिनेछजुन भारतको आरोग्यताको यात्राको निम्ति एउटा अभूतपूर्व क्षण हुनेछ। यस राष्ट्रव्यापी आन्दोलनको सबैभन्दा विख्यात प्रदर्शनी विशाखापटनममा हुनेछजहाँ प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा आन्ध्र प्रदेशका मुख्यमन्त्री  चन्द्रबाबु नायडु अनि केन्द्रिय आयुष तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधवले सामान्य योग अभ्यासको निम्ति 5 लाखभन्दा धेरै योगप्रेमीहरूका साथ भाग लिनेछन्।

21 जून, 2025 को दिन बिहान 6.30 बजेदेखि 7.45 बजेसम्म आयोजित हुने योग सङ्गम आजसम्मको सबैभन्दा विशाल योग अभ्यास कार्यक्रम हुनेछजसमा लाखौं संस्थानसङ्गठन अनि समुदायले लयबद्ध रूपमा योग अभ्यास गर्नेछन्। राजस्थान यस विषयमा अग्रणी रहेको छजहाँ उल्लेखनीय रूपमा 1,38,033 वटा पञ्जिकरण प्राप्त भएको छ भने यसपछि आन्ध्र प्रदेश 1,38,033, उत्तर प्रदेश 1,01,767, मध्य प्रदेश 26,159, गुजरात 19,951 र हिमाचल प्रदेशबाट 12,000 पञ्जिकरण प्राप्त भइसकेको छ। सहभागितामा यस प्रकारको उछालले यस वर्षको ध्येयवाक्य एक पृथ्वीएक स्वास्थ्यका लागि योगप्रतिको जोशलाई दर्शाउँछजुन सन्देश वैश्विक वहनीयता अनि व्यक्तिगत सुस्वास्थ्यका लागि योगको सन्देश अनुरूप छ। आईआईटी अनि आईआईएमदेखि तृणमूल स्तरका एनजीओ अनि शीर्ष करपोरेट जगत लगायत विविध क्षेत्रका संस्थानहरूले कार्वाहीको आह्वानलाई अँगाली रहेका छन्। राष्ट्रव्यापी समन्वयनको निम्ति योग सङ्गमको पोर्टल (https://yoga.ayush.gov.in/yoga-sangam)  प्रमुख केन्द्र बनेको छ। -पीआईबी

 

 

Comments

Popular posts from this blog