राष्ट्रि5य अभियान २०२५ को दोस्रो दिन: पाकिम जिल्लाका आरिटार र दलपचन्द गाउँहरूमा विकसित कृषि सङ्कल्प अभियान आयोजित
गान्तोक: खरीफ फसलहरूको लागि राष्ट्रिय अभियान, विकसित
कृषि सङ्कल्प अभियान (भीकेएसए) को दोस्रो दिन 30 मई,
2025 मा पाकिम जिल्लाका आरिटार र दलपचन्द गाउँहरूमा उनीहरूको
सम्बन्धित जीपीयूमा सफलतापूर्वक आयोजन गरिएको छ। माननीय केन्द्रीय कृषि मन्त्री शिवराज
सिंह चौहानद्वारा घोषणा गरिएको यो 12 दिने राष्ट्रव्यापी
पहलको उद्देश्य देशव्यापी पूर्व-खरीफ अभियानको एक हिस्साको रूपमा देशका 700
भन्दा अधिक जिल्लाका किसानहरूलाई टिकाऊ कृषि अभ्यास, हालसालैका सरकारी योजना र आधुनिक कृषि प्रविधिहरूको बारेमा व्यापक
जागरूकता पैदा गर्नु हो। भीकेएसएले उत्पादकत्व वृद्धि गरेर, नवीन
कृषि समाधानलाई अपनाउन प्रोत्साहित गरेर र 2047 सम्ममा
विकसित भारततर्फको यात्रामा किसानहरूलाई सक्रिय सहभागी बनाएर भारतीय कृषिलाई
रूपान्तरण गर्ने परिकल्पना गरेको छ।
कार्यक्रमको नेतृत्व वरिष्ठ वैज्ञानिक तथा आईसीएआर-केभीके
पूर्व सिक्किमका प्रमुख डा. प्रकाश शर्माले गरेका थिए। साथै बागवानी उपनिर्देशक
(अभियानका जिल्ला संयोजक) सुश्री हिस्से छिदे भोटिया, वैज्ञानिक
आईसीएआर-एनआरसीओ डा. निखिला वागदेवी, कृषि उपनिर्देशक
श्रीमती गीता छेत्री, कृषि विकास अधिकारी पासाङ शेर्पा,
बागवानी विकास अधिकारी श्रीमती किशोरी देवी शर्मा, कृषि विकास अधिकारी अशोक गुरुङ, मत्स्यपालन सहायक
निर्देशक श्रीमती गौरी मुखिया र पशुपालन तथा पशु चिकित्सा सेवा उप निर्देशक डा.
प्रेरणा बराइलीलगायतको बहु-अनुशासनात्मक टोलीले गरेको थियो।
कार्यक्रममा आरिटार र दलपचन्द जीपीयूका सम्बन्धित
पञ्चायतहरूले विशेष अतिथिको रूपमा उपस्थिति जनाएका थिए। आरिटार गाउँमा भएको
कार्यक्रममा 120
जना किसान सहभागी थिए भने दलपचन्दमा 100 जना
किसान सहभागी थिए। टोलीले सामूहिक रूपमा किसानहरूलाई टिकाऊ र जलवायु अनुकूल कृषि
अभ्यास, बागवानी विविधीकरण, एकीकृत
पशुधन र माछा पालन प्रणाली, फसलपछिको प्रबन्धन र विभिन्न
केन्द्रीय प्रायोजित कृषि योजनाहरू जस्तै पीएमस-किसान, मृदा
स्वास्थ्य कार्ड, किसान क्रेडिट कार्ड र कृषि पूर्वाधार कोष
सहित विस्तृत विषयहरूमा सम्बोधन गर्यो। उनीहरूले वैज्ञानिक फसल योजना, बजार पहुँचको लागि डिजिटल प्लेटफर्म र ग्रामीण उद्यम विकासमा महिला र
युवाहरूको भूमिका अपनाउने महत्त्वमा जोड दिए। किसानहरूले दुई प्रमुख मुख्य
बुँदाहरू उठाए, एउटा ठूलो अलैँचीको रोग प्रबन्धन र अर्को
मृदा स्वास्थ्य कार्ड अनि जैविक सन्दर्भमा पोषक तत्त्वको मात्रामा। अधिकारीहरूले
किसानहरूलाई उत्पादकत्व र आय सुधार गर्न आवश्यक ज्ञान र स्रोतहरूले सुसज्जित छन्
भनी सुनिश्चित गर्न सहयोगी कार्यक्रम, विभागीय योजना,
क्षेत्र प्रदर्शन र प्रशिक्षण कार्यक्रमहरूको माध्यमद्वारा निरन्तर
सहयोगको आश्वासन पनि दिए। किसानहरूले उत्साह र चासोका साथ प्रतिक्रिया दिए। -पीआईबी
Comments
Post a Comment