भारतकी राष्ट्रपतिद्वारा सिक्किमका नरेन गुरुङ कला क्षेत्रमा पद्मश्रीले सम्मानित

नयाँ दिल्ली: भारतकी राष्ट्रपतिले आज नयाँ दिल्लीमा आयोजित नागरिक अलङ्करण समारोहमा सिक्किमका नरेन गुरुङलाई कला क्षेत्रमा पद्मश्री पुरस्कारद्वारा सम्मानित गरियो।

पुरस्कार विजेताको जीवन अनि कार्यको संक्षिप्त विवरण तल दिइएका छन् :-

नरेन गुरुङ सिक्किमको कला अनि साहित्य क्षेत्रमा प्रसिद्ध उत्कृष्ट व्यक्ति हुन्। सिक्किमको प्राचीन परम्परा अनि आधुनिक सांस्कृतिक अभिव्यक्तिका बीच सेतुका रूपमा उनलाई जानिन्छ। 21 जनवरी, 1957 मा जन्मेका गुरुङले वर्ष 1974 मा पश्चिम बङ्गाल शिक्षा बोर्डबाट उच्चतर माध्यमिक शिक्षा प्रमाणपत्र प्राप्त गरे। पछि उनले वर्तमान सिक्किमको पाकिम जिल्ला अन्तर्गत डिकलिङ हाई स्कूलमा प्राथमिक शिक्षकका रूपमा कार्यभार सम्हाले। कला अनि संस्कृतिको क्षेत्रमा उनको प्रतिभालाई ध्यानमा राख्दै सिक्किम सरकारद्वारा वर्ष 1979 मा उनलाई गीत एवं नाटक शाखामा स्थानान्तरित गरियो। गुरुङ सिक्किमको गीत एवं नाटक शाखाका संस्थापक कलाकार हुन्।

कला एवं संस्कृतिको क्षेत्रमा आफ्नो प्रखर प्रतिभाका साथ गुरुङले गायक, सङ्गीतकार, कोरियोग्राफर अनि नाटककारका रूपमा राज्य सरकारको सेवा गरे। यसका अतिरिक्त उनले नेपाली लोक साहित्य एवं सङ्गीतलाई पनि उदारतापूर्वक संरक्षित गरे। गुरुङले आफ्नो असाधारण प्रतिभाद्वारा आफ्नो समुदायको लुप्त हुँदै गइरहेको सांस्कृतिक विरासतलाई पुनर्जीवित गरे।  गुरुङ मान्यताप्राप्त कलाकार हुन्, किनभने उनले आकाशवाणीका (एआईआर) साथ कैयौं रेडियो सङ्गीत कार्यक्रम जस्तै एआआर गान्तोक, एआआर शिलङ, एआआर अगरतला, एआईआर इम्फाल, एआईआर गुवाहाटी, एआईआर खरसाङमा प्रदर्शन गरेका छन्। उनी सङ्गीत नाटक अकादमी, नयाँ दिल्ली (जीवनकाल) र एनईजेडसीसी, ईजेडसीसी र सिक्किम अकादमी, नेपाली साहित्य परिषद, सिक्किम र संस्कार भारती सिक्किमसँग जोडिएका छन्। उपर्युक्त पुरस्कारका अतिरिक्त, उनलाई राज्यभित्र अनि बाहिर आयोजित कैयौं कार्यक्रममा विशेषज्ञ व्यक्ति अनि जूरी सदस्यका रूपमा आमन्त्रित गरिन्छ। राज्यको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्दै उनले सम्पूर्ण भारत अनि विदेश जस्तै उत्तर-दक्षिण अमेरिका, अफ्रिका आदिमा विभिन्न लोककथाहरू प्रदर्शन गरेका छन्।

गुरुङले नेपाली लोक गीत अनि लोक नृत्यहरूका साथसाथै परम्परा अनि लोक कथाहरू (प्रथागत अनि लोक कथाहरू) जस्तै मारुनी, सोरठी, सङ्गिनी, रत्यौली, घसिया, रसिया, असारे, दमकी, बेठी, बालन, खाइचाँदी, दोलखे, कन्यादान, नौमति, धान नाच, शिलोक, कविते, चुट्के, झ्याउरे, गाइने, देउसी-भैली, भैलेनी, मालश्री, ठाडो भाका, तामाङ सेलो, चण्डी, घाटु, कौडा, गोठाले गीत, टुङना गीत, लोक दोहोरी, आदि जस्ता विविध विषयको शोध अनि अध्ययनमा विशेषज्ञता हासिल गरेका छन्। गुरुङले केही पुस्तक पनि लेखेका छन्, जस्तै लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरू 2017, लोकायनमा बाँचेका नेपाली लोक गीत-सङ्गीत 2021, तिर्सना गीत-सङ्गीतको 2023।

गुरुङलाई अनेकौं पुरस्कार अनि सम्मान प्राप्त भएको छ। उनलाई लोक गायक, सङ्गीतकार अनि गीतकारका लागि सिक्किम राज्य पुरस्कार 2008, सङ्गीत नाटक अकादमी पुरस्कार 2004, नयाँ दिल्ली, सिक्किम सरकारद्वारा सिक्किम सेवा सम्मान 2022, गैरीबास-दार्जीलिङद्वारा लोक साहित्यकार एमएम गुरुङ स्मृति पुरस्कार 2022 प्रदान गरिसकिएको छ। -पीआबी

 

Comments

Popular posts from this blog