वेभ्स कसप्ले च्याम्पियनशीपका फाइनलिस्ट घोषित– रचनात्मकता अनि प्रशंसा संस्कृतिको उत्सव
मुम्बई: गत शनिबार विश्व
श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) कसप्ले च्याम्पियनशीप माइण्डस्पेस
सोसियलमा उजागर हुनका साथै हैदराबाद शहर रचनात्मकता अनि प्रशंसा संस्कृतिको
विस्फोटको साक्षी बन्यो। एमईएआई, इण्डियन कमिक्स एसोसिएशन र
क्रिएटर स्ट्रीटका साथमा ईपिको-कनद्वारा सूचना एवं प्रसारण मन्त्रालय, टीभीएजीए
र फर्बिडन भर्सको संयुक्त तत्वावधानमा अपार सफलताका साथ आयोजित उक्त कार्यक्रम
सप्ताहको अन्त्यसम्म कसप्ले समुदाय अनि एनिमे फोरमबीच बढी चर्चाको विषय बनेको
थियो।
राष्ट्रव्यापी
खोजका साथमा हैदराबाद अनि मुम्बईमा ऊर्जाशील खोजको शृङ्खलापछि, आयोजकहरूले 29 अति
नै प्रतिभाशाली कसप्लेयर्सको अनावरण गरेको छ, जसले वेभ्स कसप्ले
च्याम्पियनशीपको अन्तिम चरणमा स्थान हासिल गरेका छन्। यी फाइनलिस्टहरूले वेभ्स 2025 को
दिन किएटोस्फीयरमा आफ्नो कौशल अनि रचनात्मकता प्रदर्शित गर्नेछन्। फर्बिडन
भर्सका संस्थापक तथा कसप्ले कार्यक्रमका आयोजकमध्ये एक रहेका अजय यो यस्ता
कार्यक्रममा नियमित रूपमा प्रस्तुत गरिने अन्य लोकप्रिय चरित्रका अतिरिक्त भारतीय
पौराणिक अनि पप संस्कृतिमा ध्यान केन्द्रित गर्ने हिसाबले विशेष रूपमा तयार गरिएको
हुँदा अन्य यस्ता प्रतिस्पर्धाभन्दा यो च्याम्पियनशीप फरक रहेको बताएका छन्।
वेभ्समा
मुख्य च्याम्पियनशीपभन्दा अघि अर्को आयोजन 19 अप्रेलको दिन मुम्बई
वाइल्डकार्ड मीटअप रहनेछ। यस आयोजनमा फाइनलिस्टमध्ये केही चुनिएका वाइल्डकार्ड
प्रविष्टि जोडिनेछ, जसले
अप्रत्याशित प्रतिभालाई अघि ल्याउँदै प्रतियोगितालाई एउटा नयाँ स्तरसम्म
पुऱ्याउनेछ। आश्चर्य, तीव्रता
अनि विश्व स्तरीय कसप्लेले भरिएको च्याम्पियनशीपका लागि तयार हुनुहोस्!
आधिकारिक फाइनलिस्टहरू :
1. कैजाद
शेषबरदरन – मुम्बई
2. पुनीथ
भी – बङ्गलुरू
3. शेखरसमीर
कलिम - लातुर
4. तेजलसञ्जय
मलिक – मुम्बई
5. अनुप
भाटिया – पूणे
6. नवदीपसिंह
पन्नु – मुम्बई
7. आकाश
गौतम – लखनऊ
8. अदित्य
कालेबेरे – पूणे
9. स्वराज
कालेबेरे – पूणे
10. श्रीहर्ष
नरवडे – पूणे
11. विवेकदिलीप
माने – पूणे
12. ईशा
जोशी – मुम्बई
13. केदार
पण्डित – मुम्बई
14. आरसी
देउरी – गुवाहाटी
15. मार्सी
देउरी – गुवाहाटी
16. मोहम्मदपियल
शेख – मुम्बई
17. प्रणय
पनपाटिल – मुम्बई
18. गौरव
विश्वकर्म – पूणे
19. अखिल – हैदराबाद
20. सत्य – हैदराबाद
21. नुपूर
मुण्डा – हैदराबाद
22. नक्षत्र – हैदराबाद
23. रुचिर
कोरोलिन – हैदराबाद
24. सोनाली – हैदराबाद
25. श्रवणी – हैदराबाद
26. नीरज
कुमार – हैदराबाद
27. अखिल
सीएच – हैदराबाद
28. नयना
साइश्री – हैदराबाद
29. लीलाधर – हैदराबाद
फाइनलिस्टहरूको
चयन उनीहरूको शिल्प कौशल, मौलिकता, प्रदर्शन
अनि चरित्रको अखण्डताप्रति उनीहरूको समर्पणको आधारमा गरिएको छ। -पीआईबी
Comments
Post a Comment