मसला बोर्ड-आईसीआरआईद्वारा सोरेङ जिल्लामा ठूला अलैँची उत्पादहरूका लागि कार्यक्रम आयोजना

गान्तोक: भारतीय अलैँची अनुसन्धान संस्थान (आईसीआरआई) को मसला बोर्डको अनुसन्धान प्रभागको गान्तोकस्थित क्षेत्रीय अनुसन्धान केन्द्रले माउन्ट सिनाई अर्ग्यानिक उत्पाद सहकारिता समिति लिमिटेडको सहयोगमा 22-23 अप्रेल, 2025 मा मसला बोर्ड मण्डल कार्यालयजोरथाङको अधिकार क्षेत्र अन्तर्गत सोरेङ जिल्लाको मालबाँसेस्थित रेशिथाङ र भीएलडब्ल्यू केन्द्रमा ठूला अलैँची उत्पादहरूका लागि इनपुट वितरण तथा प्रदर्शन कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रमहरूको क्रममाठूलो अलैँची र अदुवा उत्पादनलाई बढावा दिनका लागि 70 ठूला अलैँची लाभार्थीहरूलाई जैविक कृषिमा अनुमति दिइएको जैव एजेन्ट र सूक्ष्म पोषक तत्त्व वितरण गरिएको थियो।

वैज्ञानिक-सी तथा एआईसीआरआईका प्रभारीआईसीआरआईआरआरएस गान्तोकडा. एस.एस. बोराले बताए अनुसार इनपुट वितरण अखिल भारतीय समन्वित मसला अनुसन्धान परियोजनाआईसीएआर-आईआईएसआरकोझिकोडको एनईएच कार्यक्रम अन्तर्गत गरिएको थियो र ठूलो अलैँची र अदुवामा सुधार गर्नका लागि उत्पादको प्रयोगको प्रदर्शन गरिएको थियो। कार्यक्रमहरूमा स्पाइसेस क्लिनिक पनि सामेल थियोजहाँ डा. टी.एन. डेकावैज्ञानिक-सीआईसीआरआईले सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफमा ठूलो अलैँची र अदुवालाई प्रभावित पार्ने ती क्षेत्रहरूमा प्रचलित कीरा र रोगहरूको प्रबन्धन गर्न विभिन्न उपचारात्मक उपाय सुझाउ दिए। डा. डेकाले सिक्किमका यी दुई महत्त्वपूर्ण मसला फसलमा सुधारका लागि विभिन्न कृषि प्रविधिहरूको पनि उल्लेख गरे। बिजु एसएससहायक निर्देशकमण्डल कार्यालयजोरथाङले जिल्लामा ठूलो अलैँची उत्पादनमा सुधारका लागि ती क्षेत्रहरूमा कार्यान्वयन भइरहेका विभिन्न मसला बोर्ड विकास योजनाहरूको बारेमा व्याख्या गरे।

रेशिथाङमा आयोजित कार्यक्रममा प्रगतिशील किसान आइतमान सुब्बाले जानकारी दिएअनुसार उनीहरूको क्षेत्र परम्परागत रूपमा ठूलो अलैँचीको क्षेत्र नभए तापनि मसला बोर्डको सहायतामा उनीहरूले यसको खेतीबाट राम्रो आम्दानी गर्न सक्छन्। उनले उल्लेख गरे अनुसार उनको 11 वर्ष पुरानो खेती छ र ठूलो अलैँचीको बिक्रीबाट लगभग लाख रुपियाँ आय हुन्छ। मालबाँसेमा आयोजित कार्यक्रममा सोरेङ जिल्लाको आत्माकी एटीएम श्रीमती ललिता राईले आफ्नो मसला फसलमा सुधार गर्नका लागि जैव एजेन्ट र सूक्ष्म पोषक तत्त्वहरूको प्रयोगमाथि जोड दिइन्। दुवै कार्यक्रममा सहभागी किसानहरूले ठूलो अलैँची र अदुवाको उत्पादनमा सहयोग पुऱ्याएकोमा मसला बोर्डको प्रयासप्रति कृतज्ञता व्यक्त गरे। -पीआईबी

 

Comments

Popular posts from this blog