वेभ्सको निम्ति पञ्जिकरण 21 देखि 23 अप्रेलसम्म तीन दिनको निम्ति पुनः खोलिएको छ
आवेदन बुझाएर पञ्जिकरण गराउन मिडियाकर्मीहरूलाई अन्तिम आह्वान
मुम्बई: मिडिया समुदायबाट देखाइएको इच्छालाई ध्यानमा
राख्दै विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 ले मिडिया प्रतिनिधिहरूका लागि पञ्जिकरण 21 अप्रेल (सोमबार), 22 अप्रेल (मङ्गलबार) र 23 अप्रेल (बुधबार) गरी तीन
दिनसम्मको निम्ति पुनः खोलिरहेको छ। मिडिया प्रतिनिधि, फोटोग्राफर अनि डिजिटल सामग्री रचनाकारहरूका लागि, मुम्बईमा 1-4 मई, 2025 सम्म आयोजित हुने बहुप्रतीक्षित मिडिया एवं मनोरञ्जन (एम
एवं ई) कार्यक्रमको निम्ति आवेदन गर्ने यो अन्तिम अवसर रहनेछ। तपाईंहरूको कभरेजले
भारतको रचनात्मक अर्थनीतिलाई वैश्विक मञ्चसम्म विस्तार गर्न महत्त्वपूर्ण भूमिका
खेल्नेछ।
पञ्जिकरणको लिङ्क : https://app.wavesindia.org/
यदि पूर्वको समय सीमामा गुमाएको भए, यो ”सबमिट” बटनमा क्लिक गरी उद्योगका दिग्गजहरूसँग
मनोरञ्जनको भविष्यलाई आकार दिन विशेष सत्र, नेटवर्किङको अवसरका साथमा सीधै एक-एक गरी
संवादको मौका सुरक्षित बनाउन सकिनेछ।
कसले आवेदन गर्नसक्छन्?
• पत्रकार (प्रिन्ट, टिभी, रेडियो)
• फोटोग्राफर/ क्यामेरापर्सन
• स्वतन्त्र मिडियाकर्मी
• डिजिटल सामग्री रचनाकार
आवश्यक दस्तावेज :
• सरकारद्वारा जारी आइडी
• पासपोर्ट आकारको फोटो
• मिडियामा आबद्धताको प्रमाण
• 10 वटा नमूना काम (लिङ्क वा स्क्रीनसट)
• भिजा (अन्तरराष्ट्रिय आवेदकका लागि)
पञ्जिकरण झ्याल खोलिने मिति : 21 अप्रेल 2025
बन्द हुने मिति : 11.59 बजे, 23 अप्रेल, 2025
अनुमोदित प्रतिनिधिहरूलाई ई-मेलद्वारा सूचित
गर्दै वास्तविक समयमा जानकारीका लागि वाट्सएप समूहमा सामेल गरिनेछ।
हामीलाई “वेभ्स मिडिया एक्रिडिटेशन क्वेरी” विषयका साथ pibwaves.media@gmail.com वा हेल्पलाइन : 9643034368 मा सम्पर्क गर्नसकिनेछ।
मिडिया प्रतिनिधिको पञ्जिकरण नीतिका लागि यहाँ हेर्नुहोस् : (https://drive.google.com/
वेभ्ससँगै बग्दै जाने अन्तिम मौका
नगुमाउनुहोस्! -पीआईबी
Comments
Post a Comment