गेम ज्यामको मार्ग: भारतका शीर्ष युवा गेम डेभेलपर्स वेभ्स समि2025 मा आफ्नो प्रतिभा देखाउन तयार

नयाँ दिल्ली:

परिचय

भारतको सबैभन्दा नवोन्मेषी गेम डेभेलपर्सद्वारा रोड टु गेम ज्यामको शीर्ष 10 खेलको घोषणाका साथै मुख्य समाचारमा आफ्नो स्थान पक्का गरेका छन्जुन भारत सरकारको विश्व श्रव्य-दृश्य मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अन्तर्गत क्रिएट इन इण्डिया च्यालेञ्ज – सिजन-1”को मुख्य आकर्षण हो। यी असाधारण शीर्षकहरूलाई 1-4 मई, 2025 सम्म मुम्बईमा हुने वेभ्स शिखर सम्मेलनमा प्रदर्शित गरिनेछजसमा गेमिङको भविष्यलाई आकार दिने रचनात्मकताको उत्सव मनाइनेछ। रोड टु गेम ज्याम” भारतका गेम डेभेलपर्सका लागि आफ्नो रचनात्मकता अनि नवाचार प्रदर्शित गर्ने एउटा रोमाञ्चक अवसर हो। गेम डेभेलपर्स एसोसिएशन अफ् इण्डिया (जीडीआई)-द्वारा केजीईएनको (क्रेटोस् गेमर नेटवर्क) सहयोगमा आयोजित यो पहल वेभ्सको स्तम्भ दुईअन्तर्गत पर्दछजुन एभीजी-एक्स-आरमा (एनिमेशनभिजुअल ईफेक्ट्सगेमिङ र कमिक्स साथै अगमेन्टेड रियालिटी/ भर्चुअल रियालिटी र मेटाभर्स) केन्द्रित छ। उदीयमान प्रतिभाहरूका लागि एउटा राष्ट्रिय मञ्च प्रदान गरी यस पहलको उद्देश्य रचनात्मकतालाई बढावा दिनुसहयोगलाई प्रोत्साहित गर्नु र भारतको बढ्दो खेल विकास ईको-सिस्टमलाई सुदृढ बनाउनु रहेको छ।

प्रतिक्रिया अनि भागीदारी

भारतको 453 शहर अनि नगरहरूबाट 1,650 भन्दा धेरै कलेजहरूबाट 5,500 भन्दा धेरै पञ्जिकरणका साथ रोड टु गेम ज्यामले युवा गेम विकास प्रतिभाहरूलाई पोषित गर्न महत्त्वपूर्ण कदम चिन्हित गरेको छ। यस पहलमा उद्योग जगतका दिग्गजहरूको नेतृत्त्वमा एएमए सत्र अनि ज्ञान साझाकरण कार्याशाला पनि सामेल थियोजसले प्रतिभागीहरूलाई गेम डिजाइनकथा वाचन र गेमिङ व्यवसायमा व्यावहारिक अन्तरदृष्टि प्रदान गरेका थिए। कैयौं चरणको निष्कासनपछि 175 भन्दा धेरै टीमले मूल गेम प्रस्तुत गरेजसमा प्रत्येकको गेमिङ उद्योगका अनुभवी विशेषज्ञहरूको एउटा निर्णायक मण्डलीद्वारा कठोर मूल्याङ्कन गरिएको थियो।

शीर्ष 10 फाइनलिस्ट

रोड टु गेमको माध्यमद्वारा चुनिएका अन्तिम शीर्ष 10 गेम देखि मई, 2025 सम्म मुम्बईमा हुने वेभ्स शिखर सम्मेलनमा प्रदर्शित गरिनेछ। यसले मूल शीर्ष छात्र टीम अनि एकल डेभेलपर्सदेखि लिएर शुरुवाती चरणका स्टार्टअप्सम्मको रचनात्मक आवाजको एउटा शृङ्खला दर्शाउँछ र भारतको उदीयमान गेम विकास प्रतिभाहरूको सर्वश्रेष्ठ प्रतिनिधित्त्व गर्दछ।

पुरस्कार अनि मान्यता

उपोरक्त विजेता टीमलाई मुम्बईमा हुने वेभ्स समिटमा जानका लागि एउटा अल एक्सपेन्स पेड ट्रिप” हासिल हुनेछजहाँ उनीहरूले आफ्नो खेललाई एउटा वैश्विक उद्योग जुरीका सामु पेश गर्नेछन्। शीर्ष तीन प्रविष्टिलाई लाखको संयुक्त पुरस्कार पनि प्रदान गरिनेछजसमा प्रथम स्थानका लागि 3.5 लाखदोस्रो स्थानका लागि लाख र तेस्रो स्थानका लागि 1.5 लाख सामेल रहनेछ।

गेम ज्याम विषय

यहाँ गेम ज्यामका लागि एउटा अद्वितीय विषय दिइएको छजसमध्ये प्रत्येक प्रतिभागीलाई तकनिकी नवाचारका साथ रचनात्मकता संयोजन गर्नका लागि प्रेरित गर्ने हिसाबले तयार गरिएको छ।

गेम विकासमा भारतको बढ्दो तागत

भारत गेम विकासमा वैश्विक शक्तिका रूपमा तेजीका साथ उदाइरहेको छ। भारतको अग्रणी इन्टरेक्टिभ मिडिया अनि गेमिङ भेञ्चर क्यापिटल फर्म लुमिकाइको हालै आएको रिपोर्ट अनुसार देशमा 550 मिलियनभन्दा धेरै गेमर्स छन्जसमध्ये 175 मिलियनले इन-गेम खरिद गर्दछन्। यस विशाल उपयोगकर्ता आधारलाई किफायती डाटा एक्सेसमोबाइल-फर्स्ट गेमिङ संस्कृति अनि डिजिटल रूपमा जानकारयुवा जनसङ्ख्या जस्ता प्रमुख कारकको समर्थन प्राप्त छजसमध्ये 65 प्रतिशतभन्दा धेरै 35 वर्षभन्दा कम आयुका छन्।

भारतको असली तागत यसको खपतमा मात्र नभएर यसको रचनात्मक क्षमतामा निहित छ। इञ्जिनियरिङ अनि डिजाइन प्रतिभाको विशाल पुलएउटा सम्पन्न इण्डी डेभेलपर समुदाय र बढ्दो सरकारी अनि उद्योग समर्थनका साथ देश गेम निर्माण अनि उत्पादनका लागि एउटा वैश्विक केन्द्र बन्ने सुनौलो स्थितिमा छ। कौशलबुनियादी पूर्वाधार अनि वित्तीय पोषणा बढ्दो निवेशले एउटा बलियो जग बसालिरहेको छजबकि राष्ट्रिय अनि राज्य स्तरीय गेम शिक्षाले अघिबाटै गति लिन शुरु गरिसकेका छन्। वैश्विक प्रकाशकस्टुडियो अनि प्लेटफर्मले पनि भारतीय प्रतिभाहरूका साथ सह-विकास अनि निवेश गर्न बढ्दो रुचि देखाइरहेका छन्जसबाट वैश्विक गेमिङ ईको-सिस्टममा देशको स्थिति अझ प्रबल भइरहेको छ।

निष्कर्ष

रोड टु गेम ज्यामले भारतको आउँदो पिँढीको गेम डेभेलपर्सको अपार प्रतिभा अनि कल्पना मात्र उजागर नगरेर वैश्विक गेमिङ मञ्चमा नेतृत्त्व गर्ने देशको बढ्दो क्षमतालाई पनि प्रदर्शित गरेको छ। महत्त्वकाङ्क्षी रचनाकारउद्योगका सल्लाहकार अनि अन्तरराष्ट्रिय प्लेटफर्मलाई एक साथ ल्याएर यस पहलले एउटा शक्तिशाली अनि बढी समावेशी गेम विकास ईकोसिस्टमका लागि आधार तयार गरेको छ। जस्तै शीर्ष 10 टीम मुम्बईमा वेभ्स समिटमा आफ्नो गेम प्रस्तुत गर्नका लागि तयार छ भने उनीहरूको यात्राले भारतलाई जीवन्त गेमिङ बजारका रूपमा मात्र नभएर मूल अनि विश्व स्तरीय गेम निर्माणको एउटा शक्तिकेन्द्रका रूपमा स्थापित गर्ने एउटा व्यापक राष्ट्रिय महत्त्वकाङ्क्षालाई पनि दर्शाउँछ। -पीआईबी

 

Comments

Popular posts from this blog