करहरूको भुक्तान गर्नु अहिले झन् सजिलो भयो: ई-पे ट्याक्स’ को साथमा सरलताको एक नयाँ युग

नयाँ दिल्ली: आयकर विभागको के निरन्तर प्रयास रहेको छ भने विभिन्न प्रक्रियाहरूलाई सहज बनाएर करदाताहरूलाई सुविधा प्रदान गरिनुपर्छ। सरल र अधिक सुलभ भुक्तानी विधिहरूको आवश्यकतालाई पहिचान गर्दै अनि करदाताहरूलाई डिजिटल रूपमा सशक्त बनाउने दिशामा एक अर्को कदम उठाउँदै आयकर विभागले आफ्नो आधिकारिक अनलाइन पोर्टलमा ई-पे ट्याक्स’ सुविधा शुरु गरेको छ। ब्याङ्कहरूमा लामो लाइन लाग्नेकठिन फारम भर्ने र अन्तिम समयमा कर भुक्तानीको चिन्ता गर्ने दिनहरू अब समाप्त भएका छन्। विभागद्वारा शुरु गरिएको ई-पे ट्याक्स’ सुविधा तपाईंका कर दायित्वहरूलाई पूरा गर्ने एक सुन्दरकुशल तथा झन्झटमुक्त तरिका हो। यो नवाचार आधिकारिक ई-फाइलिङ पोर्टलमा आरामसँग उपलब्ध छ र अनुपालनको सहजताको दिशामा एक अर्को महत्त्वपूर्ण छलाङ छ। के कुराले यसलाई उल्लेखनीय बनाउँछ भने यसको सरलता हो: अब तपाईंले लग इन नगरी पनि आफ्नो कर तिर्न सक्नुहुनेछ। कुनै प्रयोगकर्ताको नाम छैन। कुनै पासवर्ड छैन। तपाईंको निकटतम ब्याङ्क शाखामा लाइनमा खड़ा भइरहने कुनै आवश्यकता छैन।

प्रक्रियालाई कसरी पूरा गर्न सकिन्छ भनेर यहाँ बताइएको छ:

1. पोर्टलमा जानुहोस्: आधिकारिक आयकर ई-फाइलिङ वेबसाइटमा जानुहोस्। क्विक लिङ्क’ खण्ड अन्तर्गत ई-पे कर’ विकल्प खोज्नुहोस्।

2. आफ्नो पहिचान प्रमाणित गर्नुहोस्: तपाईंलाई आफ्नो प्यान नम्बर दुईचोटि अनि मोबाइल नम्बर गर्ता गराउनका लागि भनिनेछ। एक पटक तपाईंले आफ्नो फोनमा पठाइएको ओटीपी सत्यापित गरेपछि भुक्तानीको डिजिटल ढोका तपाईंको अगाडि खुल्नेछ।

3. भुक्तानी प्रकार चयन गर्नुहोस्: चाहे त्यो नियमित आयकर होस्अग्रिम कर होस्स्व-मूल्याङ्कन कर होस् वा अन्य कुनै पनि शीर्षक होस्प्लेटफर्मले स्पष्ट विकल्प प्रदान गर्दछजसले तपाईंलाई शब्दजाल र भ्रमबाट छुट्कारा दिलाउँछ।

4. विवरण भर्नुहोस्: विवरण दर्ता गर्नुहोस् - मूल करअधिभारब्याजवा जरिमानायदि कुनै छ भने। प्रणालीलाई स्पष्टताको लागि डिजाइन गरिएको छजसले तपाईंलाई सजिलैसँग सङ्ख्याहरूलाई खोज्न मद्दत गर्दछ।

5. समीक्षा र पुष्टि गर्नुहोस्: अन्तिम क्लिक गर्नु अघितपाईंलाई एक विस्तृत सारांश प्रस्तुत गरिन्छ। यसको समीक्षा गर्नुहोस् अनि जब तपाईं तयार हुनुहुन्छ, ‘अहिले भुक्तान गर्नुहोस्’ मा क्लिक गर्नुहोस्। केही सेकेण्डपछितपाईंलाई एसएमएस र ईमेलको माध्यमद्वारा पुष्टीकरण प्राप्त गर्नुहुनेछ। तपाईंको भुक्तानी रसिद (चालान) तुरुन्तै डाउनलोडको लागि उपलब्ध हुनेछ।

 मानसिकतामा परिवर्तन

यो केवल एक प्राविधिक अपग्रेड मात्र होइन। यसले सरकारले करदाताहरूसँग जोड़िने तरिकामा परिवर्तनलाई प्रतिबिम्बित गर्दछ - सबै सेवाले टचपोइन्टहरूलाई सरल बनाउँछ। यो डिजिटल शासन कस्तो देखिनुपर्छ भन्नेबारे एउटा सानो झलक होजुन सुविधागति र सरलताद्वारा चिन्हित छ। यो सुविधाले कर भुक्तानी प्रक्रियामा समस्यालाई हटाएर समयमै अनुपालनको संस्कृतिलाई पनि प्रोत्साहन गर्दछ। यसले कर प्रशासनलाई नागरिकको नजिक ल्याउँछविशेष गरी व्यक्ति र साना व्यवसायहरूको लागितिनीहरूको लागि एक सीधा डिजिटल मार्ग प्रदान गर्दछ। ई-पे ट्याक्स’ को साथआयकर विभागले औसत नागरिकलाई एक अर्को शान्तसम्मानजनक वाचा गरेको छ: अनुपालन एक झन्झट हुनु हुँदैन। -पीआईबी

Comments

Popular posts from this blog