Posts

Showing posts from April, 2025
Image
  चिया कविता पुरस्कार- 2025 मन्दीप लामालाई गान्तोक : चिया कविता सिक्किमले वर्ष 2025- को चिया कविता पुरस्कारद्वारा प्रसिद्ध लेखक , नाटककार , गीतकार , अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई पुरस्कृत गर्ने निर्णय लिएको छ। आज गान्तोकमा साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको चिया कविता सिक्किमको बैठकको सर्वसम्मतिले उनको नाममा मोहर लगाएको छ। आगामी 21 मई 2025- को दिन विश्व चिया दिवसको अवसरमा गान्तोकको रचना बुक्समा आयोजन गरिने एक विशेष समारोहमा लामालाई पुरस्कृत गरिने भएको छ। सन् 1970 र 80- को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एण्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘ गीत अनि गीताङ्गे ’- को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “ अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एण्ड अदर एसेस ”- नामक पुस्तक ल...
Image
भारतकी राष्ट्रपति द्वारा सिक्किमका नरेन गुरुङ कला क्षेत्रमा पद्मश्री ले सम्मानित नयाँ दिल्ली : भारतकी राष्ट्रपतिले आज नयाँ दिल्लीमा आयोजित नागरिक अलङ्करण समारोहमा सिक्किमका नरेन गुरुङलाई कला क्षेत्रमा पद्मश्री पुरस्कारद्वारा सम्मानित गरियो। पुरस्कार विजेताको जीवन अनि कार्यको संक्षिप्त विवरण तल दिइएका छन् :- नरेन गुरुङ सिक्किमको कला अनि साहित्य क्षेत्रमा प्रसिद्ध उत्कृष्ट व्यक्ति हुन्। सिक्किमको प्राचीन परम्परा अनि आधुनिक सांस्कृतिक अभिव्यक्तिका बीच सेतुका रूपमा उनलाई जानिन्छ। 21 जनवरी , 1957 मा जन्मेका गुरुङले वर्ष 1974 मा पश्चिम बङ्गाल शिक्षा बोर्डबाट उच्चतर माध्यमिक शिक्षा प्रमाणपत्र प्राप्त गरे। पछि उनले वर्तमान सिक्किमको पाकिम जिल्ला अन्तर्गत डिकलिङ हाई स्कूलमा प्राथमिक शिक्षकका रूपमा कार्यभार सम्हाले। कला अनि संस्कृतिको क्षेत्रमा उनको प्रतिभालाई ध्यानमा राख्दै सिक्किम सरकारद्वारा वर्ष 1979 मा उनलाई गीत एवं नाटक शाखामा स्थानान्तरित गरियो। गुरुङ सिक्किमको गीत एवं नाटक शाखाका संस्थापक कलाकार हुन्। कला एवं संस्कृतिको क्षेत्रमा आफ्नो प्रखर प्रतिभाका साथ गुरुङले गायक , सङ्गीतकार ...
करहरूको भुक्तान गर्नु अहिले झन् सजिलो भयो:   ‘ ई-पे ट्याक्स ’  को साथमा सरलताको एक नयाँ युग नयाँ दिल्ली: आयकर विभागको के निरन्तर प्रयास रहेको छ भने विभिन्न प्रक्रियाहरूलाई सहज बनाएर करदाताहरूलाई सुविधा प्रदान गरिनुपर्छ। सरल र अधिक सुलभ भुक्तानी विधिहरूको आवश्यकतालाई पहिचान गर्दै अनि करदाताहरूलाई डिजिटल रूपमा सशक्त बनाउने दिशामा एक अर्को कदम उठाउँदै आयकर विभागले आफ्नो आधिकारिक अनलाइन पोर्टलमा   ‘ ई-पे ट्याक्स ’  सुविधा शुरु गरेको छ।   ब्याङ्कहरूमा लामो लाइन लाग्ने ,  कठिन फारम भर्ने र अन्तिम समयमा कर भुक्तानीको चिन्ता गर्ने दिनहरू अब समाप्त भएका छन्। विभागद्वारा शुरु गरिएको   ‘ ई-पे ट्याक्स ’  सुविधा तपाईंका कर दायित्वहरूलाई पूरा गर्ने एक सुन्दर ,  कुशल तथा झन्झटमुक्त तरिका हो। यो नवाचार आधिकारिक ई-फाइलिङ पोर्टलमा आरामसँग उपलब्ध छ र अनुपालनको सहजताको दिशामा एक अर्को महत्त्वपूर्ण छलाङ छ। के कुराले यसलाई उल्लेखनीय बनाउँछ भने यसको सरलता हो: अब तपाईंले लग इन नगरी पनि आफ्नो कर तिर्न सक्नुहुनेछ। कुनै प्रयोगकर्ताको नाम छैन। कुनै पासवर्ड छैन। तपाईं...
Image
मसला बोर्ड-आईसीआरआई द्वारा सोरेङ जिल्लामा ठूला अलैँची उत्पादहरूका लागि कार्यक्रम आयोज ना गान्तोक: भारतीय अलैँची अनुसन्धान संस्थान (आईसीआरआई) को मसला बोर्डको अनुसन्धान प्रभागको गान्तोकस्थित क्षेत्रीय अनुसन्धान केन्द्रले माउन्ट सिनाई अर्ग्यानिक उत्पाद सहकारिता समिति लिमिटेडको सहयोगमा   22-23  अप्रेल , 2025  मा मसला बोर्ड मण्डल कार्यालय ,  जोरथाङको अधिकार क्षेत्र अन्तर्गत सोरेङ जिल्लाको मालबाँसेस्थित रेशिथाङ र भीएलडब्ल्यू केन्द्रमा ठूला अलैँची उत्पादहरूका लागि इनपुट वितरण तथा प्रदर्शन कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रमहरूको क्रममा ,  ठूलो अलैँची र अदुवा उत्पादनलाई बढावा दिनका लागि   70  ठूला अलैँची लाभार्थीहरूलाई जैविक कृषिमा अनुमति दिइएको जैव एजेन्ट र सूक्ष्म पोषक तत्त्व वितरण गरिएको थियो। वैज्ञानिक-सी तथा एआईसीआरआईका प्रभारी ,  आईसीआरआई ,  आरआरएस गान्तोक ,  डा. एस.एस. बोराले बताए अनुसार इनपुट वितरण अखिल भारतीय समन्वित मसला अनुसन्धान परियोजना ,  आईसीएआर-आईआईएसआर ,  कोझिकोडको एनईएच कार्यक्रम अन्तर्गत गरिएको थियो र ठूलो अलैँची र अद...
Image
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा खादी तथा ग्रामोद्योग आयोग (केभीआईसी) द्वारा नयाँ कीर्तिमान स्थापित स्वतन्त्र भारतको इतिहासमा पहिलो पटक खादी तथा ग्रामोद्योगको कारोबार   1  लाख   70  हजार करोड रुपियाँलाई पार   केभीआईसीका अध्यक्ष मनोज कुमार द्वारा वित्तीय वर्ष   2024-25  को लागि अस्थायी आँकड़ा जारी नयाँ दिल्ली : देशमा आत्मनिर्भरताको भावनालाई सशक्त बनाउने खादी तथा ग्रामोद्योग क्षेत्रले प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्व र सूक्ष्म ,  लघु तथा मध्यम   उद्यम मन्त्रालय (एमएसएमई) को मार्गदर्शनमा पछिल्ला   11  वर्षमा नयाँ उँचाइ मात्र छोएको छैन ,  तर करोडौँ गाउँलेहरूको जीवनमा आशाको नयाँ प्रकाश पनि ल्याएको छ। पूज्य बापूको विरासत खादी अहिले केवल कपडा मात्र रहेन ,  तर   ‘ एक भारत ,  श्रेष्ठ भारत ’  को निर्माणको प्रतीक बनेको छ। के कुरा केभीआईसीका अध्यक्ष श्री मनोज कुमारले सोमवार नयाँ दिल्लीको राजघाटस्थित कार्यालयमा वित्तीय वर्ष   2024-25  को लागि खादी तथा ग्रामोद्योगको अस्थायी आँकड़ा जारी गर्दै...