जनै हराएको बाहुनबाट अभिनेता सुशांक मैनालीको कमब्याक

काठमाडौं: चलचित्र जनै हराएको बाहुननिर्माण घोषणा देखि नै चर्चामा छ। चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ। चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ। जनै हराएको बाहुनले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ। यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ।

चलचित्रले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ। जनै हराएको बाहुनलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्। यो चलचित्रको असोसियट निर्देशक प्रेमगीत ३अभिनेता मनिष राउत छन्।  नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने जनै हराएको बाहुनमा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ। यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन्। मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन्। साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ।

यसैगरि, यो चलचित्रमा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन्। नेसनल अवार्ड विजेता अभिनेता मैनालीले जनै हराएको बाहुनमा मुख्य भूमिका निभाउने पक्का भएको छ। उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन्। उनले साँगुरो’, ‘टलकजंग भेर्सस टुल्केलगायत चलचित्रमा काम गरेका थिए। सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन्।

हरितालिका तीजको अवसर पारेर आगामी २६ अगस्त (भदौ १० गते) रिलिज हुनेछ। मैनालीको प्रवेशले सिनेमा निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक राउतले बताए। पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। चलचित्रमा थानेश्वर गौतमको सङ्गीत रहने बताइएको छ। चलचित्रको छायांकन ७ अप्रेल (चैत २५ गते)देखि ४० दिनको सेड्युलअनुसार पाल्पा र काठमाडौंमा गरिनेछ। यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायां गर्नेछन्।

 

 

Comments

Popular posts from this blog