सिक्किम विधानसभाले 30 मार्चमा राज्य स्तरीय विकसित भारत युवा संसद आयोजना गर्ने

गान्तोक: राज्य स्तरीय विकसित भारत युवा संसद 30 मार्च, 2025 आइतवारको दिन सिक्किम विधानसभाको बेङ्क्वेट हलमा आयोजना हुने तय भएको छ। यो कार्यक्रम नीति निर्माण र शासनमा युवाहरूको भागिदारीलाई बढ़ावा दिने उद्देश्यले राष्ट्रिय पहलको एक हिस्सा होजुन प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत@2047 को दृष्टिकोण अनुरूप छ। माई भारतको तत्त्वावधानमा युवा मामिला तथा खेलकुद मन्त्रालयद्वारा शुरु गरिएको यो दूरदर्शी पहलले नीति निर्माणशासन र राष्ट्रिय चर्चामा युवाहरूको भागिदारीलाई बढ़ावा दिन्छ। यो कार्यक्रमले सूचित सार्वजनिक चर्चालाई प्रोत्साहन गर्दछविविध दृष्टिकोणप्रति सम्मानलाई बढावा दिन्छ अनि 18-25 वर्ष उमेरका युवाहरूलाई विभिन्न स्तरहरूमा चर्चामा सामेल हुनको लागि एक संरचित मञ्च प्रदान गर्दछ। यसले निर्णय लिने कौशललाई बढाउनमा मद्दत गर्दछ र लोकतान्त्रिक संस्थानहरूमा अनुशासित संवादको महत्त्वलाई स्थापित गर्दछ। यस अतिरिक्तयो पहलले विकसित भारतको दृष्टिकोणमा युवाहरूका आकांक्षा र दृष्टिकोणलाई दस्तावेजीकरण गर्दछ।

विकसित भारत युवा संसदको आयोजन जिल्लाराज्य र राष्ट्रिय स्तरमा गरिन्छजसमा जिल्ला स्तरका आयोजनका विजेताहरूले राज्य स्तरका कार्यक्रममा भाग लिन्छन् र अन्ततः नयाँ दिल्लीमा राष्ट्रिय स्तरको कार्यक्रममा भाग लिने अवसर पाउनेछन्। सिक्किममा, 23 मार्च, 2025 मा जिल्ला स्तरीय प्रतियोगिताहरूको सफल समापनपछि राज्य स्तरीय च्याम्पियनशिपको लागि 40 जना प्रतिभागीलाई चयन गरिएको छ। तीन विजेताको चयन राष्ट्रिय स्तरमा सिक्किमको प्रतिनिधित्व गर्नका लागि गरिनेछजसले 1-3 अप्रेल, 2025 सम्म भारतीय संसदको ऐतिहासिक सेन्ट्रल हलमा भाग लिनका लागि नयाँ दिल्लीको यात्रा गर्नेछन्। प्रत्येक प्रतिभागीले चयनित विषयहरूमा भाषण दिनेछन्जसमा भारतीय संविधानको 75 वर्ष: अधिकारकर्तव्य र प्रगतिको यात्रा’ अनि संविधान दिवसको 11औँ सङ्कल्प: भारतका संवैधानिक मूल्यहरूलाई मजबुत बनाउने प्रतिज्ञा’ सामेल छन्।

राज्य स्तरीय विकसित भारत युवा संसदले प्रतिभागीहरूका लागि एक समृद्ध अनुभव हुने वाचा गर्दछजसले आफ्ना विचारहरू व्यक्त गर्नेसाथीहरूसँग जोड़िने र प्रतिष्ठित गणमान्य व्यक्तिहरूबाट सिक्नका लागि एक मञ्च प्रदान गर्नेछ।

पृष्ठभूमि:

नेहरू युवा केन्द्र सङ्गठन (एनवाईकेएस) र राष्ट्रिय सेवा योजना (एनएसएस) को माध्यमद्वारा युवा मामिला तथा खेलकुद मन्त्रालयले युवा संसद अर्थात् जिल्ला युवा संसदराज्य युवा संसद र राष्ट्रिय युवा संसदको आयोजना गर्दै आएको छ। यी युवा संसदहरूको उद्देश्य लोकतन्त्रको जरालाई मजबुत बनाउनुअनुशासनको स्वस्थ आदत विकसित गर्नुअरूका विचारहरूप्रति सहिष्णुता विकसित गर्नु र युवाहरूलाई संसदका प्रथा र प्रक्रियाहरूबारे जान्नमा सक्षम बनाउनु हो। युवा संसदहरूले सक्रिय नागरिकताको महत्त्वको बारेमा जागरूकता पैदा गर्ने र युवाहरूको भागिदारीलाई बढ़ावा दिनमा पनि मद्दत गर्दछन्। यसले युवाहरूमा नेतृत्वका गुणहरूलाई प्रवर्द्धन गर्दछ र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गर्न र यस प्रक्रियामा राष्ट्र निर्माणमा योगदान दिनमा सक्षम बनाउँछ।

राष्ट्रिय युवा संसद महोत्सव (एनवाईपीएफ) 31 दिसम्बर, 2017 मा प्रधानमन्त्रीले आफ्नो मन की बात’ सम्बोधनमा प्रस्तुत गऱएको विचारमा आधारित छ। प्रधानमन्त्रीको विचारबाट प्रेरित भएरपहिलो राष्ट्रिय युवा संसद महोत्सव (एनवाईपीकएफ)2019, 12 जनवरी, 2019 देखि 27 फरवरी, 2019 सम्म जिल्लाराज्य र राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो। दोस्रो राष्ट्रिय युवा संसद महोत्सव 2021, 23 दिसम्बर, 2020 देखि 12 जनवरी, 2021 सम्म जिल्ला र राज्य स्तरमा भर्चुअल मोडको माध्यमद्वारा अनि 11-12 जनवरी, 2021 मा राष्ट्रिय स्तरमा भौतिक रूपमा संसदको सेन्ट्रल हलनयाँ दिल्लीमा आयोजना गरिएको थियो।

12 जनवरी, 2021 मा समापन समारोहको क्रममा प्रधानमन्त्रीले लोकसभा अध्यक्ष र मन्त्री (स्वतन्त्र प्रभार)एमओवाईएएसशिक्षा मन्त्रीको उपस्थितिमाराष्ट्रिय युवा संसद र देशका युवाहरूलाई भर्चुअल रूपमा सम्बोधन गरे। तेस्रो राष्ट्रिय युवा संसद महोत्सव 2022, 14 देखि 27 फरवरी, 2022 सम्म जिल्ला र राज्य स्तरमा भर्चुअल मोडको माध्यमद्वारा र 10-11 मार्च, 2022 मा राष्ट्रिय स्तरमा भौतिक रूपमा नयाँ दिल्लीस्थित संसदको सेन्ट्रल हलमा आयोजना गरिएको थियो। चौथो राष्ट्रिय युवा संसद महोत्सव 2022-2023,  25 देखि 29 जनवरी, 2023 अनि 3 देखि 7 फरवरी, 2023 सम्म जिल्ला र राज्य स्तरमा भर्चुअल मोडको माध्यमद्वारा अनि 1-2 मार्च, 2023 मा राष्ट्रिय स्तरमा भौतिक रूपमा आयोजना गरिएको थियो। पाँचौँ राष्ट्रिय युवा संसद महोत्सव 2024, 9 फरवरीदेखि 6 मार्च, 2024 सम्म जिल्लाराज्य र राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो। -पीआईबी

Comments

Popular posts from this blog