सिक्किम राज्य स्तरीय विकसित भारत युवा संसदको सफलतापूर्वक समापन
पाकिमकी स्तुति प्रधानलाई राज्य स्तरीय युवा संसदमा शीर्ष स्थान प्राप्त
गान्तोक: सिक्किम राज्य स्तरीय विकसित भारत युवा संसद आज गान्तोकको राज्य विधानसभाको प्रेक्षागृहमा आयोजित गरियो। कार्यक्रममा सिक्किम राज्य विधानसभीकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा मुख्य अतिथिका साथमा मुख्य निर्णायकका रूपमा उपस्थित थिइन्। यस अवसरमा विधायक एवं जनलेखा समितिका अध्यक्ष सोनामछिरिङ भेञ्चुङपा तथा विधायिका एवं समाज कल्याण विभागकी सल्लाहकार श्रीमती पामिन लेप्चा पनि विशिष्ट अतिथि अनि निर्णायक मण्डलीका रूपमा उपस्थित थिए।
राज्य स्तरीय युवा संसदमा 39 जनाले भाग लिएका थिए, जसमा दुईवटा विषय – “भारतीय संविधानको 75 वर्षीय यात्रा: अधिकार, कर्तव्य अनि प्रगतिको यात्रा” तथा “संविधान दिवसको सङ्कल्प: भारतको संवैधानिक मूल्यलाई सुदृढ बनाउने सङ्कल्प” सम्बन्धी तीन मिनटको वक्तव्य पेश गर्नुपर्ने थियो।
संसदमा पाकिम जिल्लाकी सुश्री स्तुति प्रधानले प्रथम, गान्तोक जिल्लाकी सुश्री केजिया छेत्रीले दोस्रो र नाम्ची जिल्लाकी सुश्री स्मीर्ण लेप्चाले तेस्रो स्थान प्राप्त गरे। विजेताहरू भारतीय संसदमा 1 देखि 3 अप्रेल, 2025 सम्म सिक्किमलाई प्रतिनिधित्त्व गर्न भोलि दिल्ली प्रस्थान गर्नेछन्।
आफ्नो सम्बोधनमा विधायक सोनामछिरिङ भेञ्चुङपाले अनुभवपूर्ण वक्तव्यका लागि प्रतिभागीहरूको सराहना गर्दै भावी प्रयासको निम्ति शुभकामना दिए। यसै गरी श्रीमती पामिन लेप्चाले विकसित भारत युवा संसद सफलतापूर्वक आयोजन गरेवापत् प्रतिभागीहरूका साथै आयोजकको प्रशंसा गरिन्।
विधानसभा उपाध्यक्षले आफ्नो सम्बोधनमा साम्प्रदायिक सद्भावना, मानसिक स्वास्थ्य, उद्यमिता, एवं एनवाईकेएस तथा एनएसएस मञ्चको माध्यमद्वारा सामाजिक कार्यमा सहभागितामाथि बल दिइन्। भावी युवा संसदमा अरू बढी जोशका साथ सहभागी बन्न उनले सबैलाई प्रोत्साहित गरिन्।
मुख्य अतिथि अनि अन्य
अतिथिले प्रतिभागी अनि विजेताहरूलाई प्रमाणपत्र अनि प्रशस्ति पत्र प्रदान गरे।
राष्ट्रगान अनि समूहगत तस्वीर सत्रका साथ कार्यक्रम समापन भयो। यस अवसरमा
विधानसभाका सचिव ललितकुमार छेत्री, एसवाईएका अतिरिक्त
निर्देशक डा. आरबी विश्वकर्म, एसवाईएका उप-निर्देशक एसबी सुब्बा, एनसएसकी
राज्य शीर्ष अधिकारी श्रीमती ललिता छेत्री, एसएमयुका सहायक प्रोफेसर
युके उपाध्याय, नाम्ची
सरकारी कलेजका सहायक प्रोफेसर आचार्य केएन भोटिया, यङ इण्डिया सिक्किमका
अध्यक्ष बसन्त शर्मा, एनवाईके
गान्तोकका जिल्ला युवा अधिकारी सौरभ बर्मन, एनवाईकेएस सिक्किमका सहायक
कार्यक्रम अधिकारी दिलीप शर्मा तथा एनवाईके मगनका सहायक कार्यक्रम सहयोगी सुविष
शाह पनि उपस्थित थिए। -पीआईबी
Comments
Post a Comment