गजबका सूर्यमणि: संस्कृति संरक्षण गर्न घरैमा बनाए संग्राहलय सञ्जय प्रधान- ‘रक रक एनी बडी रक, सासु भन्छे बुहारी...सिङमाङमा राखेको कसले खायो घीऊ...’ बच्चा बेलामा निक्कै सुनेको यो गीत सूर्यमणि प्रधानको ‘सुसीता संग्रहालय’मा सिङमाङ देख्दा झल्झल्ती सम्झना आयोl केही काम विशेषले दार्जीलिङको हरिदास हट्टा स्थित उनको घरमा गएको थिएँl केही सामाजिक, प्रतिष्ठित व्यक्तिहरूका बारेमा कुरा हुँदाहुँदै सुर्यमणि प्रधानले भने, ‘अहिले माथिल्लो तलामा म तपाईंलाई केही देखाउँछु हैl’ उनले यति भने पछि मेरो सबै ध्यान माथिल्लो तलामा नै केन्द्रित हुन थाल्योl माथिल्लो तलामा के रहेछ भन्ने बारेमा मभित्र कौतुहल जाग्न थाल्यो, अनि मन भित्र छटपटी हुन थाल्योl केही बेरमै उनले मलाई माथिल्लो तलामा लगेl माथिल्लो तलाको छतमा छुट्टै रुपमा राम्रो गुणस्तरको छानाले बनाइएका घरको मूल दैलोमा लेखिएको ‘सुसीता संग्राहलय’ देख्दा अलिक उदेक लाग्यो ‘घरमा संग्राहलय?’ मनमा प्रश्न उप्ज्योl भित्र पसेर हेर्दा चकित परेl कारण त्यहाँ सिङ्गो नेपाली संसार देखेl मेरो आँखा सिङमाङमा पर्दा उही गीत ‘सिङमाङमा राखेको कसले खायो घ...
Popular posts from this blog
चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा काठमाडौं : चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा गरिएको छ। राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘ मैना ’ निर्माणको घोषणा गरेका हुन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ। यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो। भट्टराईले यसअघि समर लभ , मारूनी , राजा रानी , सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन्। सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन्। चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्। थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। चलचित्रको छायांकन भदौबाट शुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ। चलचित्रमा को - को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए। सिनेमाको नाम अनुसार , चलचित्रको मुख्य भूमिकामा महिल...
१३१औँ जन्म जयन्तीमा सिक्किमका ११औँ छोग्याल सर टासी नामग्यालको प्रतिमा अनावरण गान्तोक: सिक्किमका ११औं छोग्याल सर टासी नामग्यालको १३१औँ जन्म जयन्तीमा उनीद्वारा स्थापित टासी नामग्याल हायर सेकेण्डरी स्कूल (टीएनएसएसएस) को परिसरमा अर्धकद् प्रतिमा स्थापना गरेर अनावरण गरेर उनलाई श्रद्धार्पण गरिएको छ। कार्यक्रममा सिक्किम सरकारका पीएचई तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने पाठशालाका पूर्व विद्यार्थीसमेत रहेका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेती , शिक्षा मन्त्री राजु बस्नेत , मुख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा र राजाकी नातिनी तथा राजकुमारी होप लिजुम नामग्याललगायत भूतपूर्व विद्यार्थी तथा सिक्किम सरकारका पूर्व मन्त्री विधायक सरकारी उच्च पदाधिकारीगणको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्वराजाको शालिकको उद्घाटन गरिए पछि भूतपूर्व विद्यार्थीहरूको सम्मिलनको कार्यक्रम रहेको थियो। राजा तथा विद्यालयका संस्थापक टासी नामग्यालको १३१ औँ जन्मजयन्तीका अवसरमा (टीएनएसएसए) को पूर्व विद्यार्थी संगठन टिनाइट्सले शालिक उद्घाटन तथा ...
Comments
Post a Comment