सिक्किमको जैव विविधतालाई संरक्षित गर्नमा बीएसआईको महत्त्वपूर्ण भूमिका

गान्तोक: भारतीय वनस्पति सर्वेक्षण (बीएसआई) मा सिक्किम हिमालयन क्षेत्रीय केन्द्रका प्रमुख डा राजीव गोगोईले आकाशवाणी गान्तोकसँग बीएसआईको भूमिकासिक्किमका वनस्पति र जीवजन्तु तथा सिक्किमको जैव विविधतामा सुधार गर्न सम्भावित उपायहरूबारे चर्चा गरेका छन्। अन्तर्वार्ता मानस प्रतिम शर्माद्वारा आयोजन गरिएको थियो। डा गोगोईले बीएसआईको कार्यादेशसङ्गठनले राष्ट्रिय वनस्पतिका साथ साथै राज्य वनस्पतिहरूलाई कसरी प्रकाशित गर्दछ तथा भारतका विभिन्न क्षेत्रहरूमुख्य रूपमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु अभयारण्यहरूको संरक्षणमा प्राथमिकता निर्धारण संयन्त्रहरू कसरी सामेल छन् भन्नेबारेमा व्याख्या गरे। डा गोगोईले औषधीय र अन्य जङ्गली बोटबिरुवाहरूको संरक्षण गर्न संरक्षकहरूलाई मद्दत गर्ने बीएसआईको भूमिकालाई पनि प्रकाश पारे। उनले भने, बीएसआईका दुई मुख्य कार्यादेशहरू छन्: प्राथमिक र द्वितीयक। आफ्नो प्राथमिक कार्यादेशको एक हिस्साको रूपमा बीएसआई भारत सरकारको पर्यावरणवन तथा जलवायु परिवर्तन मन्त्रालय अन्तर्गतको एक मात्र विभाग होजुन देशका जङ्गली बिरुवाहरूको दस्तावेजीकरणको लागि जिम्मेवार छ।

बीएसआईले देशभरिबाट बिरुवाहरू सङ्कलन गर्दछतिनीहरूको पहिचानको लागि हर्बेरियममा ल्याउँछ र भविष्यको सन्दर्भको लागि नमूनाहरूलाई सङ्ग्रहीत गर्दछ। यो डेटाको उपयोग अन्य वैज्ञानिक संस्थाहरूद्वारा गरिन्छ अनि राष्ट्रिय र राज्य वनस्पतिहरूको रूपमा प्रकाशित गरिन्छ। डा गोगोईले उल्लेख गरे अनुसार बीएसआईले ३२ खण्ड भएको शृङ्खलाभारतको राष्ट्रिय वनस्पतिको प्रकाशन वा समापनको प्रक्रिया पूरा गरेको छ। राष्ट्रिय वनस्पतिहरूको अतिरिक्तबीएसआईले राज्य वनस्पतिहरूलाई पनि प्रकाशित गर्दछ। धेरै राज्य वनस्पतिहरूको प्रकाशन पहिलेबाटै भइसकेका छन् र धेरै अन्य प्रगतिमा छन्। बीएसआईले पश्चिम बङ्गालका वनस्पतिहरूको प्रकाशन गरेको छ र चाँडै गुजरातका वनस्पतिहरूको अन्तिम रूप प्रकाशित गर्ने तयारीमा छ। धेरै अन्य राज्यका वनस्पतिहरूमा काम चलिरहेको छजसका धेरै खण्डहरू पहिलाबाटै प्रकाशित भइसकेका छन्। शर्माको एक प्रश्नको जवाफमा डा गोगोईले जिल्ला वनस्पति र संरक्षित क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने महत्त्वमाथि जोड दिए। जिल्ला वनस्पतिहरू विशिष्ट क्षेत्रमा हितधारकहरूका लागि महत्त्वपूर्ण छन्जबकि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु अभयारण्य जस्ता संरक्षित क्षेत्रहरूलाई संरक्षण रणनीतिहरूको निर्माणका लागि विस्तृत पुष्प सम्बन्धी डेटाको आवश्यक पर्दछ।

डा गोगोईले बताएअनुसार, बीएसआईको दोस्रो उद्देश्य ती बिरुवाहरूलाई संरक्षित गर्नु होजसको प्राथमिक कार्यको क्रममा दस्तेवाजीकरण गरिन्च। बीएसआईका सत्रह क्षेत्रीय कार्यालयहरूसँग जोडिएका उद्यानहरू छन्जहाँ संरक्षण प्रयास गरिन्छ। सिक्किममा बीएसआईका दुई अर्किडेरियमहरू छन्जसले अर्किडका लगभग ३०० प्रजातिको संरक्षण गर्दछ। शिलङदेहरादूनयेरकौड आदिमा पनि यस्तै संरक्षण प्रयासहरू गरिन्छन्। डा गोगोईले भनेअनुसार, सिक्किमका वनस्पतिहरूको दस्तावेजीकरण गर्दा बीएसआईले ती बिरुवाहरूमाथि डेटालाई प्राथमिकता दिन्छ र रेकर्ड गर्दछजसलाई संरक्षणको आवश्यकता हुन्छ। यो डेटाको प्रयोग अन्य एजेन्सीहरूले जैव संसाधनहरूको संरक्षण र उपयोगको लागि गर्छन्। बीएसआईले औषधीय बिरुवाहरूको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछजसको महत्त्वपूर्ण आर्थिक लाभ हुन्छ। डा गोगोईले भविष्यका पिँढ़ीहरूका लागि यी बिरुवाहरूको संरक्षणको महत्त्वमाथि जोड दिए। बीएसआईले पछिल्ला ४० वर्षमा आफ्नो हर्बेरियममा बिरुवाका नमूनाहरूको एक विशाल संग्रह एकत्र गरेको छ। २०२९ देखिबीएसआईले सिक्किमको एक सचित्र वनस्पति बनाउनका लागि एक परियोजना शुरु गरेको छजसमा ५,००० भन्दा अधिक वनस्पति प्रजातिहरूको दस्तावेजीकरण गरिएको छ।

बीएसआईले सिक्किम सरकारको वन विभागसँग सहकार्य गरेर द फ्लोरा अफ् सिक्किम - अपिक्टोरियल गाइड’ प्रकाशित गरेको छ। यो पुस्तकले सिक्किमको समृद्ध पुष्प विविधतामाथि प्रकाश पार्दछजसमा देशको कुल पुष्प सम्पदाको २७ प्रतिशत भन्दा अधिक हिस्सा राज्यले ओगटेको छयद्यपि देशको भूगोलको एक प्रतिशत भन्दा पनि कम हिस्सा सिक्किममा आउँछ। डा गोगोईले उल्लेख गरे अनुसार बीएसआईले अन्य धेरै पुस्तकहरू प्रकाशित गरेको छजसमा सिक्किम र दार्जीलिङ हिमालयको रोडोडेन्ड्रन अनि दार्जीलिङ र सिक्किम हिमालयका जङ्गली बालसम पुष्प सामेल छन्। बीएसआईले सिक्किम सरकारको वन विभाग र सिक्किम विश्वविद्यालयसँगको सहकार्यमा सिक्किमका जङ्गली औषधीय बोटबिरुवाहरूमाथि एउटा पुस्तक पनि प्रकाशित गरेको छ। डा गोगोईले बीएसआईको एक अर्को महत्त्वपूर्ण पहलप्रकृति संरक्षण वा कमजोर पारिस्थितिक प्रणालीको संरक्षणबारे चर्चा गरे। बीएसआईले उच्च उँचाइ क्षेत्रहरूमा दुर्लभ वनस्पति प्रजातिहरू पहिचान गर्न मद्दत गर्नका लागि भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) को लागि एक अध्ययन गरेको छ।

हालैमाबीएसआईले ए साउदर्न सिल्क-रुटसिक्किम एण्ड कालेबुङ शीर्षकको एक दस्तावेज प्रकाशित गरेको छ। यो अनौठो परियोजना पूर्व सिक्किम र वरिपरिका क्षेत्रका वनस्पतिहरूमा केन्द्रित छजसमा ऐतिहासिकजातीय र सांस्कृतिक पक्षहरू सामेल छन्। स्विस जर्नलबागवानीले ग्लोबल बाल्सम स्टडिजमा पछिल्ला ५० वर्षको शोधको एक विश्व समीक्षा प्रकाशित गरेको छजसमा डा गोगोईको विभाग बीएसआईलाई वैश्विक रूपमा शीर्ष पाँच संस्थाहरूमध्ये एकको रूपमा र स्वयंलाई यस विषयमा योगदान पुर्‍याउने शीर्ष दस वैज्ञानिकहरूमध्ये चौथो वैज्ञानिकको रूपमा उजागार गर्‍यो। निष्कर्षमाडा गोगोईले एक अनुशासनको रूपमा वनस्पति र जीवजन्तुको अध्ययनमा अनुसन्धानको महत्त्वमाथि जोड दिए। उनले मां प्रकृतिबाट विरासतमा प्राप्त प्राकृतिक खजानाहरूलाई संरक्षित गर्ने र उचित लाभ प्राप्त गर्नका लागि संसाधनहरूको स्थायी रूपमा उपयोग गर्ने आवश्यकतामाथि बल दिए। बीएसआईले पुष्प सम्बन्धी पक्षहरूलाई संरक्षित गर्नमा ध्यान केन्द्रित गर्दछजसले गर्दा स्थायी पर्यटनलाई बढावा दिन सक्नेछ र पारिस्थितिक सन्तुलनलाई प्रवर्द्धन गर्न सकिन्छ। -पीआईबी

Comments

Popular posts from this blog