सीआपीएमसीद्वारा पाकिमको पारखामा आइपीएममाथि मानव संसाधन विकास कार्यक्रम आयोजना

गान्तोक: फसल-बालीमा कीरारोग अनि निमाटोडको गैर रासायनिक प्रबन्धन प्रोत्साहित गर्न आईपीएम तकनिकीको कार्यान्वयन अति महत्त्वपूर्ण ठहर्दछ भने दिगो जैविक खेतीको दिशामा यो एक मात्र मार्ग हो। यसै कुरालाई ध्यानमा राख्दै केन्द्रीय आईपीएम केन्द्रगान्तोकद्वारा 19  20 फरवरीको दिन पाकिम जिल्ला अन्तर्गत पारखा बीएसीमा एकिकृत कीरा प्रबन्धनमाथि पचासभन्दा धेरै प्रगतिशील कृषक अनि राज्य सरकारका अधिकारीहरूका लागि दुई दिने मानव संसाधन विकास कार्यक्रम आयोजना गरियो। कार्यक्रम सिक्किमका मध्यम कृषकहरूका लागि फसल-बालीमा एकिकृत कीरा प्रबन्धनका चलनहरूबारे जागरूकता फैलाउन केन्द्रित रहेको थियो। राज्य सरकारको कृषि एवं बागवानी विभागका अधिकारीहरूको समावेशनले यस चलनलाई व्यापकता प्रदान गर्ने सुनिश्चित भएको थियो।

सीआइपीएमसीगान्तोक कार्यालयका उपनिर्देशक डा एके चक्रवर्तीले सबै प्रतिभागीलाई स्वागत जनाउँदै कीराको सङ्ख्यालाई सक्दो कम क्षति पुऱ्याउने स्थितिमा नियन्त्रित गर्न उपयोग गर्ने सबै उपयुक्त कीरा प्रबन्धन तकनिकी एवं विधिबारे अवगत गराए। यसका साथै पर्यामैत्री अनि कृषकहरूका लागि अनुकूल ठहरिने सांस्कृतिकयान्त्रिकव्यावहारिकजैविक अनि गैर जैविक कीरा प्रबन्धन रणनीतिको महत्त्वबारे उनले जानकारी दिए। यसका साथै आइपीएम स्थिर नरहेको उल्लेख गर्दै यो बद्लिँदो पर्यावरण अनि खेत-बारीमा लाग्ने कीराको स्थिति अनुसार परिवर्तन भइरहने हुँदा नयाँ रणनीतिका साथमा आवश्यकताका आधारमा प्रयोग गर्नुपर्ने बताए। राज्यमा एआइ आधारित राष्ट्रिय कीरा निगरानी प्रणालीको (एनपीएसएस) माध्यमद्वारा व्यापक रूपमा कीराको निगरानी गर्न आवश्यक रहेको कुरामाथि पनि उनले बल दिए।

यसै क्रममा पारखाका एडीओ टाशी भोटियाले हालका वर्षमा मौखिकदेखि लिएर एप आधारित प्रणालीमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै यसका फाइदाहरूबारे जानकारी दिए। एपीपीओ आर लेप्चाले हाल फसल-बालीमा लाग्ने कीराहरूबारे चर्चा गर्दै राम्रो उब्जनीका लागि आइपीएम प्रचलन अपनाउन सुझादिए। सहायक वनस्पति सुरक्षा अधिकारी श्रीमती पी तामाङले व्यापक रूपमा लाग्ने कीराको निगरानी एवं प्रबन्धनका लागि फेरोमोन पासोको प्रयोग गर्नेबारे व्यावहारिक जानकारी दिइन्।

कार्यक्रममा माटोबाट लाग्ने ढुसी रोगबाट फसल-बालीलाई सुरक्षा प्रदान गर्न बिउ-बिजनलाई जैविक कीटनाशकद्वारा उपचार गर्नुपर्ने महत्त्वबारे चर्चा गर्दै केन्द्रिय कृषिसहकारिता तथा कृषक कल्याण मन्त्रालयको वनस्पति सुरक्षा प्रभागद्वारा शुरु गरिएको राष्ट्रव्यापी बिउ-बिजन उपचार अभियानबारे प्रदर्शनी एवं जानकारी पनि प्रदान गरियो। यसै क्रममा स्थानीय गाउँले अनि राज्यका अधिकारीहरूलाई घातक कीराहरूको प्रबन्धनका लागि स्वदेशी साथै गैर रासायनिक रणनीति अपनाउन प्रोत्साहित गर्दै कृषक समुदायबीच आइपीएमको अवधारणा प्रसारित गर्नुपर्ने आवश्यकतामाथि बल दिइयो। प्रतिभागीहरूलाई तयार जानकारीका लागि नक्सासहितका पठन सामग्री पनि वितरण गरियो। सिक्किममा एकिकृत कीरा प्रबन्धन कार्यक्रम व्यापक रूपमा कार्यान्वित गर्नका लागि मिलेर जागरूकता कार्यक्रम आयोजित गर्न डा. चक्रवर्तीले राज्य सरकारका सम्बन्धित विभागलाई मिलेर काम गर्न पनि आग्रह गरे। -पीआइबी


Comments

Popular posts from this blog