आरबीआईद्वारा ब्यांकर्सका लागि पेलिङमा एनएएमसीएबी कार्यगोष्ठी सम्पन्न

एमएसएमईको ऋणादान कौशल बढाउन आरबीआईको पहल

गान्तोक:  भारतीय रिजर्भ ब्यांक (आरबीआई), गान्तोकद्वारा ब्यांकर्सको क्षमता निर्माणका लागि राष्ट्रिय मिशन (एनएएमसीएबी) अन्तर्गत २८ र २९ जनवरीको दिन गेजिङ जिल्ला अन्तर्गत पेलिङमा दुईदिने कार्यगोष्ठी आयोजन गरियो। वित्तीय सेवामा ग्राहकहरूको संवेदनशीलता बढाउन कार्यगोष्ठी लक्षित रहेको थियो। गेजिङ, नाम्ची र सोरेङ जिल्लाका विभिन्न ब्यांक शाखाबाट ३० भन्दा धेरै ब्यांक अधिकारीले कार्यगोष्ठीमा भाग लिए। आफ्नो स्वागत सम्बोधनमा आरबीआईका महाप्रबन्धक गोडा रविशङ्करले भारतको जीडीपी वृद्धि, निर्यातका साथमा रोजगार अवसर प्रदान गर्न एमएसएमईहरूको महत्त्वबारे वर्णन गरे। ब्यांकरहरूले एमएसएमईको वित्तपोषणमा ऋण अन्तर पूरा गर्न आवश्यक रहेको कुरामा उनले बल दिए।

आफ्नो सम्बोधनमा आरबीआइ, गान्तोकका क्षेत्रीय निर्देशक थोटङ्गम जामाङवले ग्राहकहरूलाई सेवा प्रदान गर्ने दिशमा ब्यांकरहरूले सहानुभूति देखाउन सल्लाह दिए। सिक्किम राज्यमा एमएसएमईलाई वित्तपोषणबारे उद्यमिता सम्बन्धी विशेष आवश्यकता बुझ्नु महत्त्वपूर्ण रहेको कुरामाथि उनले जोड दिए।आरबीआईका प्रबन्धक सुभाष लुयागनले धरौटीमुक्त ऋण, समूह वित्तपोषण, ऋण प्रस्तावको मार्गन, दस्तावेजीकरण, मोचन निषेध तथा सह-ऋणादानबारे दिशानिर्देश लगायत हालैको आरबीआई दिशानिर्देशबारे अवगत गराए।

यसै क्रममा आरबीआईका प्रबन्धक राहुल वर्माले एमएसएमईको वित्तपोषणा प्राविधिक हस्तक्षेप, डिजिटल ऋणादानमाथि दिशानिर्देश, टीआरईडी मञ्च, फिनटेकको भूमिका, पेशगीको निगरानी तथा एमएसएमई खातामा तनाउको प्रबन्धनबारे जानकारी दिए। राज्य स्तरीय ब्यांकर्स कमिटी, ट्रान्सयुनियन सिबिल र सिबिलका प्रतिनिधिहरूद्वारा ऋण असुली अधिकरण, सरफेसी ऐन र एमएसएमई ऋण असुलीका लागि लोक अदालतका बारेमा जानकारी दिए। यसका साथै एमएसएमईलाई वित्तपोषणको निम्ति ऋण अङ्क निर्धारण तथा स्तराङ्कन स्वरूप, एमएसएमई ऋणादानमा ऋण सूचना कम्पनीको महत्त्व तथा सीजीटीएमएसई दिशानिर्देशबारे पनि चर्चा गरे। कार्यक्रममा ब्यांकरहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो जसले कार्यगोष्ठीको सराहना गरे। जारी ज्ञानवर्धनलाई सहयोग गर्न ब्यांकरहरूले यस प्रकारको कार्यगोष्ठी निरन्तर रूपमा आयोजन गर्न उनीहरूले अनुरोध गरे। -पीआईबी

Comments

Popular posts from this blog