७ सयको उपस्थितिमा एक्टर: टेक वनको ग्रान्ड प्रिमियर, चलचित्रको खुलेर प्रशंसा

काठमाडौं: प्रतीक्षित नेपाली चलचित्र एक्टर: टेक वनको ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो। यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो। आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको थामिनसक्नु देखिएको थियो।

हाल विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू भाइरल छन्। नेपाली चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो। यो सङ्ख्याले यस चलचित्रप्रतिको उच्च प्रतीक्षालाई पनि झल्काएको छ।


शहीद दिवसको विशेष अवसर पारेर २९ जनवरी (माघ १६ गते), बुधबार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र एक्टर: टेक वनको प्रिमियरको लागि यस चलचित्रका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए। यस चलचित्रको प्रिमियर निकै उत्साहजनक क्षण बन्न पुगेको प्रतिक्रिया प्राप्त भइरहेका छन्। प्रिमियरमा चलचित्र हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छन्। समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको यस चलचित्रका निर्देशक राजन भुसालको व्यापक तारिफ भएको छ। यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो। 

यस चलचित्रले प्रिमियरमा प्राप्त गरेको प्रतिक्रियाको आधारमा यसले नेपाली चलचित्र उद्योगमा नयाँ तरङ्ग ल्याउने विश्वास गर्न सकिन्छ साथै प्रदर्शनपछि पनि दर्शकको मन जित्ने प्रबल सम्भावना देखाएको छ। निर्माण पक्षले एक्टर: टेक वनलाई नेपाली चलचित्र उद्योगमा फरक छाप राख्ने र दर्शकको ठूलो साथ पाउने अपेक्षा गरेको छ। यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।

Comments

Popular posts from this blog