वैश्विक मञ्चमा भारतको रचनात्मक शक्ति प्रदर्शन गर्नका लागि वेभ्समा सामेल हुन प्रधानमन्त्रीको आह्वान

  • युवा रचनाकारहरूको जीवन्त तथा गतिशील योगदानले भारतलाई ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्ने दिशामा अघि बढाएको छ: प्रधानमन्त्री नरेन्द्र मोदी
  • प्रधानमन्त्रीद्वारा भारतीय सिनेमाका महान् प्रतीकहरूलाई उनीहरूको शताब्दी जयन्तीमा श्रद्धाञ्जली अर्पण

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बातको ११७औँ एपिसोडमा भारतको रचनात्मक तथा मनोरञ्जन क्षेत्रको लागि एउटा प्रमुख उपलब्धिको बारेमा रोमाञ्चक समाचार साझा गरे। राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भारतले अघिल्लो वर्ष ५-९ फरवरी, २०२५ सम्म पहिलोचोटि विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) आयोजना गर्ने घोषणा गरेका छन्।

वेभ्स सम्मेलन: भारतको रचनात्मक प्रतिभाको लागि एक वैश्विक मञ्च

वेभ्स शिखर सम्मेलनको तुलना दाभोस जस्ता वैश्विक आयोजनहरूसँग गर्दै जहाँ विश्वका आर्थिक दिग्गज कम्पनीहरू एकत्रित हुन्छन्, प्रधानमन्त्रीले भारतको रचनात्मक प्रतिभालाई विश्वमा देखाउने एउटा शानदार अवसर रहेको कुरामाथि प्रकाश पारेका छन्। मिडिया र मनोरञ्जन उद्योगका दिग्गजहरू, साथै विश्वभरिका रचनात्मक दिमागहरू भारतमा एकत्रित हुनेछन्। यो शिखर सम्मेलन भारतलाई वैश्विक सामग्री निर्माणको केन्द्र बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो। उनले वेभ्सको तयारीमा युवा रचनाकारहरूको महत्त्वपूर्ण भूमिकामाथि जोड दिए, जसले भारतको रचनात्मक समुदायको गतिशील भावनालाई प्रतिबिम्बित गर्दछ। उनले देशका युवाहरूको उत्साह र बढ्दो सृष्टिकर्ता अर्थतन्त्रमा उनीहरूको योगदानमा गर्व व्यक्त गरे, जुन भारतको ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्ने दिशामा एक प्रमुख चालक हो।

उनले भने, “चाहे तपाईँ युवा रचनाकार हुनुहुन्छ वा स्थापित कलाकार, बलिउड वा क्षेत्रीय सिनेमासित जोड़िएको हुनुहुन्छ, टीभी उद्योगका पेशेवर हुनुहुन्छ, एनिमेशन, गेमिङमा विशेषज्ञ हुनुहुन्छ वा मनोरञ्जन प्रविधिमा नवोन्मेषक हुनुहुन्छ, म तपाईंलाई वेभ्स शिखर सम्मेलनको एक हिस्सा बन्नका लागि प्रोत्साहित गर्दछु”, भारतका प्रधानमन्त्रीले मनोरञ्जन र रचनात्मक उद्योगका सबै हितधारकहरूलाई वेभ्समा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै भने। वेभ्स शिखर सम्मेलन भारतका रचनात्मक प्रतिभाहरूको लागि एक वैश्विक मञ्चको रूपमा राम गर्न, सहयोगलाई बढावा दिन र विश्व स्तरीय सामग्री निर्माणको केन्द्रको रूपमा देशको क्षमतालाई प्रदर्शित गर्नका लागि तयार छ। यसले एनिमेशन, गेमिङ, मनोरञ्जन प्रविधि र क्षेत्रीय तथा मुख्यधाराका सिनेमामा भारतको प्रगतिलाई पनि उजागार गर्नेछ। प्रधानमन्त्रीको आह्वानले भारतको रचनात्मक अर्थतन्त्रलाई पोषित गर्न र मिडिया तथा मनोरञ्जनमा वैश्विक नेताको रूपमा आफ्नो स्थितिलाई मजबुत बनाउनका लागि सरकारको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ।

सिनेमाका दिग्गजहरूलाई उनीहरूको शताब्दी जयन्तीमा सम्मान गरिने

भावपूर्ण श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले २०२४ मा भारतीय सिनेमाका धेरै प्रतिष्ठित व्यक्तित्वहरूको १००औँ जयन्तीलाई पनि स्वीकार गरे। उनले राज कपूरको भूमिकाको उत्सव मनाए, जसले आफ्ना कालजयी फिल्महरूको माध्यमद्वारा भारतको सफ्ट पावरलाई प्रदर्शित गरे, मोहम्मद रफीको मन्त्रमुग्ध पार्ने आवाज जुन सबै पुस्तामा गुञ्जिरहन्छ र अक्किनेनी नागेश्वर रावले भारतीय परम्पराहरूलाई झल्काउँदै तेलुगु सिनेमालाई माथि उठाउनमा योगदान दिए। उनले तपन सिन्हाको सामाजिक रूपमा जागरूक चलचित्रलाई पनि सम्मानित गरे, जसले एकता र जागरूकतालाई प्रेरित गरे। प्रधानमन्त्री मोदीले के कुरामा जोड दिए भने कसरी यी दिग्गजहरूले भारतीय सिनेमाको सुनौलो युगलाई मात्र आकार दिएका छैनन्, तर भारतको सांस्कृतिक विरासतलाई पनि दह्रो बनाएका छन्, जसले पुस्ताहरूका लागि प्रशंसा गर्न र प्रेरणा लिनको लागि एक चीरस्थायी विरासत छोडेको छ। ध्यान दिन योग्यको कुरा के छ भने ५५औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईफएफएआई) ले श्रद्धाञ्जली, स्क्रिनिङ र अन्तरक्रियाको कार्यक्रमहरूको एक शृङ्खलाको माध्यमद्वारा राज कपूर, तपन सिन्हा, अक्किनेनी नागेश्वर राव (एएनआर), र मोहम्मद रफीको असाधारण विरासतलाई श्रद्धाञ्जली अर्पण गरेको थियो, जसले सिनेमाको संसारमा यी महान् चलचित्र व्यक्तित्वहरूको योगदानलाई नजिकबाट दृष्टि दिन सक्नेछ। -पीआईबी

Comments

Popular posts from this blog