वर्ष २०२४ मा प्रविधि वा भविष्यमुखी परियोजनाहरूमा अभूतपूर्व उपलब्धि

दुवै प्रविधि अनि औषधिको क्षेत्रमा वर्ष २०२४ मा अतुलनीय प्रगति हासिल गरियो। उद्योगहरूमा एआई वा कृत्रिम आसूचनाद्वारा नाट्यकारी रूपान्तरणदेखि लिएर परमाणु ऊर्जा, अन्तरिक्ष खोज तथा क्वान्टम कम्प्युटिङमा अभूतपूर्व उपलब्धिका साथ यो वर्ष अविस्मरणीय रह्यो। तर यसका लागि केही पछि फर्केर हेर्न आवश्यक छ। यो दसकौंको कठोर परिश्रमको परिणाम हो। ५-जी नेटवर्कको शुभारम्भदेखि लिएर आफ्नो निम्ति मात्र नभएर विश्वका लागि चार-चारवटा मेड इन इण्डिया कोभिड टीकाको विकासका साथ भारतले निरन्तर बाधाहरू तोड्दै आएको छ।

आज विश्वको ध्यान भारतको नवाचारको भावनामाथि केन्द्रित देखिन्छ। विश्वको तेस्रो सबैभन्दा विशाल स्टार्टअप ईकोसिस्टम लगायत वर्ष २०२३ मा ६४,४८० पेटेन्ट आवेदनका साथ भारतले पेटेन्ट दर्ता गर्ने प्रक्रियामा विश्वमै छैटौं स्थान हासिल गरेको छ। यस दस्तावेजले वर्ष २०२४ मा विभिन्न क्षश्रेत्रमा ग्रहण गरिएका अभिनव परियोजना अनि उल्लेखनीय उपलब्धिहरूमाथि प्रकाश पार्नेछ।

आयुर्विज्ञानमा उपलब्धि तथा स्वास्थ्य

उत्पादन आधारित सहुलियत योजना (पीएलआइ) तथा बल्क ड्रग पार्क्स जस्ता पहलकको परिणामस्वरूप भारतको फार्मासुटिकल निर्यात वित्तीय वर्ष २०२४ को अन्त्यसम्म बितेको दसकभित्र $१५ बिलियनबाट बढेर $ २८ बिलियन पुगेको थियो। यसै गरी जैव प्रविधि १३ गुणा बझ्दै २०१४ को $ १० बिलियनबाट बढेर २०२४ मा $१३० बिलियन पुगेको थियो भने वर्ष २०३०  सम्म $३०० पुऱ्याउने लक्ष्य राखिएको छ। वर्ष २०२४ ले यसका अतिरिक्त वैश्विक स्वास्थ्य स्याहार नेतृत्त्वमा भारतको स्थितिलाई बलवर्धन गरेको छ।

  • भारतद्वारा प्रथम स्वदेशी एन्टीबायोटिक नाफीथ्रोमाइसिनविकसित गरियो, जुन औषधिरोधी निमोनियामा १० गुणा बढी प्रभावकारी हुनका साथै तीन दिनको खुराक पर्याप्त हुने गर्दछ।
  • भारतद्वारा नेक्सकार-१९ शुभारम्भ गरियो, जुन, क्यान्सर रोगका लागि स्वदेशी कार-टी सेल थेरापी हो।
  • औषधि आपूर्तिको कमीलाई पूरा गर्न, दक्षिण कोरिया, अमेरिका, जापान र युरोपीय संघका साथ भारत वैश्विक बायोफार्मासुटिकल एलायन्समा सामेल।
  • भारतद्वारा ३० वर्षको अन्तरालपछि पेनिसिलिनको स्थानीय उत्पादन पुनः शुरु गरियो, जुन फार्मा क्षेत्रमा आत्मनिर्भरताको निम्ति कोशेढुङ्गा हो।

रक्षा

बितेका दसकमा, उदार एफडीआइ, सकारात्मक स्वदेशीकरण सूची तथा रक्षा अनुसन्धान एवं विकासलाई उद्योग एवं स्टार्टअप्सका लागि खुल्ला गर्नु जस्ता रूपान्तरणकारी सुधारले ₹१.२७ लाख करोडको कीर्तिमानधारी स्वदेशी उत्पादनका साथमा वर्ष २०२४  मा ३० गुणा निर्यात सक्षम बनायो। वर्ष २०२४ को अन्त्यसम्म आइपुग्दा भारतले, सामरिक नवाचारमा ऐतिहासिक उपलब्धि हासिल ग्रदै वैश्विक रक्षा नेतृत्त्वका रूपमा आफ्नो स्थान पक्का गर्न सक्षम बन्यो।

  • ऐतिहासिक उपलब्धि हासिल गर्दै, डीआरडीओद्वारा मिशन दिव्यास्त्र अन्तर्गत एमआइआरभी प्रविधिका साथ अग्नि-५ क्षेप्यास्त्रको सफल परीक्षण गरी उन्नत रि-एन्ट्री सिस्टम भएका प्रतिष्ठित राष्ट्र समूहमा भारतलाई स्थान प्राप्त गरायो।
  • आईएनएस अरिघाटबाट परमाणु सक्षम के-४ पणडुब्बीद्वारा प्रक्षेपित प्रक्षेप क्षेप्यास्त्रको परीक्षण गरी भारतको अन्तरजलीय प्रतिरोध क्षमता बढाइयो। ३,५०० किलोमिटरको मारक क्षमता रहेको यस क्षेप्यास्त्रले भारतलाई केही चुनिएका देशको समूहमा खडा गरेको छ।
  • ५,००० किलोमिटर श्रेणीको क्षेप्यास्त्र खतरा विरुद्ध रक्षा गर्नसक्ने राष्ट्रको क्षमता प्रदर्शित गर्दै डीआरडीओद्वारा प्रक्षेप क्षेप्यास्त्र रक्षा प्रणाली (बीएमडी) चरण-२ को सफल परीक्षण गरियो।
  • यसका अतिरिक्त, डीआरडीओद्वारा एलआरएलएसीएमको सफल परीक्षण गरी भारतको क्षेप्यास्त्र  आयुधशालाको थप शक्तिवर्धन गरियो। यो लामो दुरीको लक्ष्यलाई सटीकताका साथ घात गर्ने हिसाबले तयार गरिएको छ, जसले भारतको सामरिक क्षमतालाई अझ बल प्रदान गरेको छ।

परमाणु ऊर्जा

भारतको परमाणु ऊर्जा उत्पादन क्षमता २०१४ को ४,७८० एमडब्लुबाट दोब्बर बढ्दै २०२४ मा ८,१८० एमडब्लु पुगेको छ। वर्ष २०३१-३२ सम्म यसलाई तीन गुणा बढाउँदै २२,४८० एमडब्ल्यु पुऱ्याउने लक्ष्य सरकारले राखेको छ, जसले परमाणु ऊर्जाको क्षमता विस्तार गर्ने दिशामा सबल प्रतिबद्धता दर्शाउँदछ। हाल भारत, स्वदेशी रूपमा विकसित उन्नत थोरियम प्रयोग प्रविधिका साथ शीर्ष राष्ट्रहरूको सूचीमा पर्दछ।

  • कलपक्कमस्थित भारतको पहिलो स्वदेशी फास्ट ब्रीडर रिएक्टरमा (एफबीआर) कोर लोडिङको ऐतिहासिक शुरुवातका साथ देशले तीन चरणको परमाणु कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरेको सङ्केत दिएको थियो भने यो थोरियमको विशाल भण्डारको क्षमता उपयोगमा ल्याउने दिशामा महत्त्वपूर्ण कदम हो।
  • यसका अतिरिक्त, वित्तीय वर्ष २०२४-२५ को केन्द्रिय बजेटद्वारा भारत लघु परमाणु भट्टीको स्थापनाका साथमा लघु प्रमापीय परमाणु भट्टीको (एसएमआरएस) निम्ति सहकार्यको घोषणा गरियो, जसले भविष्यका लागि भारतको सुरक्षित, वहनीय तथा अभिनव परमाणु  ऊर्जा समाधानप्रतिको प्रतिबद्धता दर्शाउँदछ।

जैवप्रविधि तथा आनुवंशिकी

भारतको जैव-अर्थनीतिले अभूतपूर्व विकास दर्ता गर्दै वर्ष २०१४ को $१० बिलियनबाट २०२४  मा $१३० बिलियन पार गरेको छ।

  • जिनोम इण्डिया परियोजना अन्तर्गत १०,००० जिनोम्सको सफल अनुक्रमण आनुवंशिक अनुसन्धानको क्षेत्रमा  ऐतिहासिक क्षण रहेको थियो, जसले व्यक्तिगत स्वास्थ्य स्याहार समाधानको निम्ति मार्ग प्रशस्त गरेको छ।
  • सामरिक क्षेत्रमा उच्च प्रदर्शनकारी जैवविनिर्माणको माध्यमद्वारा वहनीयता एवं आर्थिक विकास हासिक गर्ने लक्ष्यका साथ सरकारद्वारा बायो-३ नीति अनुमोदन गरिएको छ।
  • यसका अतिरिक्त, युनिफाइड जिनोमिक चिप्स अनि सुपथ लिङ्ग चयनित वीर्य प्रविधिको शुभारम्भले पशुधन उत्पादनशीलतालाई व्यापक बढावा दिँदै कृषकहरूको सशक्तिकरण सुनिश्चित गरिएको छ।

अन्तरिक्ष

निर्यातमा $११ बिलियनसहित  आगामी २०३३ सम्म भारतीय अन्तरिक्ष अर्थनीतिलाई $४४ बिलियन पुऱ्याउने निर्भीक परिकल्पनाका साथ सरकारले अन्तरिक्ष अनुसन्धानमा नयाँ मानक स्थापित गरिरहेको छ। नवाचारलाई बल प्रदान गर्नका साथै महत्त्वकाङ्क्षी मिशनहरूको शुभारम्भ अनि विश्व स्तरीय पूर्वाधार निर्माण गरी भारत वैश्विक अन्तरिक्ष क्षेत्रमा प्रभावशाली शक्तिको रूपमा उदाइरहेको छ।

  • सरकारले दुई प्रमुख अन्तरिक्ष विज्ञान मिशन भिनस अर्बिटर मिशन (भीओएम) र चन्द्रयान-४ अनुमोदन गरी भारतको भूमण्डलीय अनुसन्धान क्षमतालाई बढावा दिएको छ।
  • भारतले गगनयान अन्तरिक्षयात्रीको पहिलो ब्याचको घोषणा गरेको छ, जसले कठिन प्रशिक्षण प्राप्त गरिरहेका छन् भने गगनयानको अंशका रूपमा अन्तरिक्षमा मानवलाई पठाउने भारतको महत्त्वकाङ्क्षी योजनाका अंश हुन्।
  • अन्तरिक्षमा निजी क्षेत्रको नवाचारमा पनि भारतले उल्लेखनीय प्रगति गरेको छ, जहाँ स्काईरूट एरोस्पेसले कलाम-२५० को सफल परीक्षण गर्का साथमा अग्निकूल कस्मोसले विश्वकै प्रथम थ्री-डी प्रिन्टेड रकेट इञ्जिन प्रक्षेपण गरेको छ।\
  • यसका अतिरिक्त, अन्तरिक्ष कार्यपरिचालन बढाउँदै तमिल नाडुको कुलशेखरपट्टिनममा भारतको दोस्रो अन्तरिक्षपोतको निम्ति आधारशिला राखियो।
  • इसरोद्वारा तृष्णा भारत-फ्रेञ्च उपग्रह मिशन अनि युरोपीय अन्तरिक्ष एजेन्सीको प्रोबा-३ उपग्रहहरूको प्रेक्षपण गर्ने पीएसएलभी-सी५९ सहित अनेकौं प्रभावशाली अभियान शुभारम्भ गरियो।
  • भारतको सौर अभियान आदित्य-एल-१ द्वारा आफ्नो प्रथम वैज्ञानिकतम परिणाम जारी गरियो, जसले अन्तरिक्ष जलवायु पूर्वानुमान क्षमता बढाएको छ।
  • चन्द्रयान-३ मिशनको ऐतिहासिक अवतरणको उत्सव मनाउँदै प्रथम राष्ट्रिय अन्तरिक्ष दिवस पालन गरियो।
  • यस वर्ष भारतको अन्तरिक्ष अनुसन्धान एवं खोजमा उत्कृष्टता प्रदर्शित गर्दै यस वर्ष भारतीय अन्तरिक्ष स्टेशनको (बीएएस-१) अनुमोदनका साथमा एमएसीई वेधशालाको उद्घाटन गरियो। लद्दाखको हान्लेमा मेजर एटमोस्फेरिक चेरेन्कोभ एक्सपेरिमेन्ट (एमएसीई) वेधशाला सबैभन्दा उच्च स्थानमा र विश्वकै सबैभन्दो दोस्रो विशाल चेरेन्कोभ दूरबीन हो।

पूर्वाधार

वर्ष २०१४ उपरान्त, भारतले पूर्वाधार परियोजनाहरूलाई गति प्रदान गर्न प्रविधिको उपयोग गर्दै कुशलतामा वृद्धि र विलम्बमा कमी ल्याएको छ। प्रगति मञ्चले $२०५ बिलियन बराबरको ३४० परियोजनालाई गति प्रदान गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भिडियो कन्फरेन्सिङको माध्यमद्वारा परियोजनामा हुने विलम्बलाई दसकदेखि घटाएर केही महिनामा पुऱ्याएको अक्सफर्डको हालैको अध्ययनले प्रकाशमा ल्याएको छ। स्वामित्त्व जस्ता पहलले भारतको भूमि अभिलेखको डिजिटिकरण गरिरहेको छ। हालसम्म २.२ करोड सम्पत्तिको स्वामित्त्व अधिकार १.५ लाख गाउँमा प्रदान गरिसकिएको छ।

वर्ष २०२४ मा भविष्यमुखी प्रविधि अङ्गीकार गरी भारतले परिवहन पूर्वाधारमा ऐतिहासिक परिवर्तन ल्याएको छ।

  • प्रमुख उपलब्धि आईआईटी मद्रासमा भारतको प्रथम हाइपरलूप परीक्षण मार्ग पूरा गर्नुरहेको थियो, जसले तेज गतिको रेल यात्राको राष्ट्रको परिकल्पनालाई अघि बढाएको छ।
  • ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टमका (जीएनएसएस) लागि प्रायोगिक परियोजना पूरा गरी भारतले सडक पूर्वाधारको आधुनिकीकरणको दिशामा ठूलो कदम चालेको छ, जसले दूरी आधारित ईलेक्ट्रनिक टोलिङ प्रणाली सक्षम बनाउनेछ।

क्वान्टम, एआइ तथा ब्लकचेन प्रविधि

नेशनल क्वान्टम मिशनले भारतलाई क्वान्टम प्रविधिको क्षेत्रमा वैश्विक नेतृत्त्वको दिशामा अघि बढाइरहेको छ भने भारतजेनले भारतको निम्ति एआइ विकास गर्ने राष्ट्रको प्रतिबद्धता दर्शाउँदछ। वर्ष २०२४ मा, सुरक्षित डिजिटल प्रविधि तथा एआई नवाचारमा आफ्नो स्थान स्थापित गर्न उल्लेखनीय फड्को मारेको थियो।

·         विश्वस्यको शुभारम्भका साथ ब्लकचेन प्रविधिमा उल्लेखनीय बढावा हासिल गरिएको छ। सुरक्षित अनुप्रयोगका लागि सेवाका रूपमा ब्लकचेन प्रदान गर्नका साथै विश्वसनीय डिजिटल मञ्च निर्माण गर्न नेशनल ब्लकचेन फ्रेमवर्कको शुभारम्भ गर्न नेशनल ब्लकचेन टेक्नेलजी स्ट्याक लक्षित छ।

·         भारतजेन, विश्वको पहिलो सरकारद्वारा वित्तपोषित मल्टीमोडल लार्ज ल्याङवेज मोडल हो, जुन भारतीय भाषाहरूमा कुशल अनि समावेशी एआइ सिर्जना गर्ने लक्ष्यका साथ शुरु गरिएको छ।

·         प्रथमपटक, भारतद्वारा दुवै फाइबर अनि फ्री-स्पेस  टेक्नोलजीको प्रयोग गरी आद्योपान्त क्वान्टम सञ्चार लिङ्क स्थापित गरियो। सेन्टर फर डेभेलपमेन्ट अव् टेलिमेटिक्स (सी-डीओटी) तथा फिजिकल रिसर्ज ल्याबोरेटरी (पीआरएल) द्वारा यसको क्षमता प्रदर्शित गरियो। -पीआईबी

Comments

Popular posts from this blog