मानव धर्म प्रचारको आहवान गर्दै सांस्कृतिक झाँकीसहित शुरु भयो सद्भावना सम्मेलन

सिलगढी: मानव उत्थान सेवा समिति, उत्तर-पूर्वांचल क्षेत्रको तत्वाधानमा आयोजित दुई दिवसीय सद्भावना सम्मेलन आजदेखि आराम्भ भयो। सम्मेलनको प्रथम दिन मानव उत्थान सेवा समिति, मानव सेवा दल, युवा प्रकोष्ट, बाल-सभाका बालबालिकाहरूबाट विविध कार्यक्रम प्रस्तुत  गरियो भने मानव सेवा दलले परेडमा सहभागिता जनायो। यस महत्वपूर्ण र ऐतिहासिक कार्यक्रममा उत्तर-पूर्वांचल क्षेत्रका तीन मण्डल सिक्किम, दार्जीलिङ र डुवर्सबाट सहभागिता जनाए।

यस कार्यक्रममा दार्जीलिङ लोकसभा समष्टिका सांसद राजु विष्ट, रिवा एस्टेट, मध्य प्रदेशका महाराज पुष्पराज सिंहलगायत उत्तर-पूर्वांचल क्षेत्र र पूर्व नेपालका सम्पूर्ण सन्त-महात्मागण साथै हजारौं प्रेमी-भक्तगणको उपस्थिति रहेको थियो।

सतपाल महाराजले आफ्नो सम्बोधनमा आ-आफ्नो भाषामा मानव धर्मको प्रचारप्रसार गर्ने अभियान चलाउन आह्वान गर्दै सन् १९८५ मा नेपाली भाषाको मान्यताको माग गर्दै सिलगढीदेखि सिक्किमको राजधानी गान्तोकसम्म हजारौं अनुयायीहरूसँग गरेको पदयात्राको फलस्वरुप नेपाली भाषाले भारतवर्षको संविधानमा अन्तर्भुक्त हुन सफल भएको उपस्थित जनसमूहलाई जानकारी गराए। 

समाजमा व्याप्त अनेकौं भेदभावहरूदेखि माथि उठेर सद्भावनाको लक्ष्यलाई सफलीभूत तुल्याउन सबैले एकजुट हुन नितान्त जरूरी रहेको बताउँदै सकारात्मक सोचले मात्र मानवमा सकारात्मक र फलदायी परिवर्तन  आउने महराजले बताए।  कार्यक्रमको अन्तमा सतपाल महाराजको बाहुलीबाट कार्यक्रममा सहभागीहरुलाई पारितोषिक वितरण गरियो।






Comments

Popular posts from this blog