तादोङमा वाहन दुर्घटना: एक जनाको मृत्यु, पाँच जना घाइते
गान्तोक: गान्तोकको तादोङ बजारमा आइतबार बिहान भएको एउटा दुःखद सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। बिहान ४:३० बजे रानीपुलबाट गान्तोकतर्फ जाँदै गरेको महिन्द्रा बोलेरोले नियन्त्रण गुमाएर सडक छेउमा राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।चालकको छेउमा बसेका सिक्किम स्काउटका पूर्ण कुमार छेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घाइतेमध्ये पाँच जना पुरुष र एक जना महिलालाई सेन्ट्रल रेफरल हस्पिटल (मणिपाल) लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
Comments
Post a Comment