सिक्किममा पर्यटक वाहन दुर्घटना: २ जना  पर्यटकको मृत्यु, ४ जना  घाइते

गान्तोक:  पर्यटक बोकेको एसके ०१जे १०२० नम्बरको गाडी आज साँझ पाक्योङ जिल्लाको लामातेनमा दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमा दु:खद मृत्यु भयो।  ३० वर्षीया पायल शसमल र उनकी साढे दुई वर्षीया छोरी श्रीरोकाको घटनास्थलमै मृत्यु भएको समाचार छ। दुर्घटनामा मृतकका श्रीमान र बाबु शोभन शसमल गम्भीर घाइते भएका छन्। यससँगै चालक र एक यात्रु घाइते भएका छन्। गाडीमा जम्मा ६ जना यात्री सवार थिए। सबै जना कोलकाताका बासिन्दा हुन् जो प्रख्यात पर्यटकीय गन्तव्य जलुक गएर फर्किएका थिए ।


 रोङ्ली महकुमाबाट ८ किलोमिटर टाढा रहेको रोङ्ली मेन्ला रोडस्थित राष्ट्रिय राजमार्ग ७१७ बी लमातेनमा आज  साँझ लगभग  ६ बजे दुर्घटना भएको हो। अहिले सडक फराकिलो बनाउने काम भइरहेकोले चिप्लिएर दुर्घटना भएको हुने सम्भावना रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। स्थानीय बासिन्दा र चालक संघले तत्कालै उद्धार कार्य थालेका थिए।

Comments

Popular posts from this blog