‘एक्टर: टेक वान’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं: चलचित्र ‘एक्टर: टेक वान’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ। शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्।
यो चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी
दिव्यालाई ‘बोल्ड एण्ड ब्यूटिफूल’ रूपमा
प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट
नेपाल फर्केर आफ्नो करियरको शुरुवात गरेकी हुन्। गीतको भिडियोमा प्रदिप र दिव्याको
केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ। चलचित्र
‘एक्टर: टेक वान’को टिजर पहिले नै लोकप्रिय बनेको छ,
जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने
विश्वास गरिएको छ।
चलचित्रलाई
राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ।
प्रदिप खड्का,
आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत
फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी,
सह-निर्माता अनीश भुसाल र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन्। नरेन्द्र
मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। हर्कुलस
बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत
दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका
छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट
कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ। चलचित्रको मिडिया प्लानिङ जीवन
पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट
महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Comments
Popular posts from this blog
-
गजबका सूर्यमणि: संस्कृति संरक्षण गर्न घरैमा बनाए संग्राहलय सञ्जय प्रधान- ‘रक रक एनी बडी रक, सासु भन्छे बुहारी...सिङमाङमा राखेको कसले खायो घीऊ...’ बच्चा बेलामा निक्कै सुनेको यो गीत सूर्यमणि प्रधानको ‘सुसीता संग्रहालय’मा सिङमाङ देख्दा झल्झल्ती सम्झना आयोl केही काम विशेषले दार्जीलिङको हरिदास हट्टा स्थित उनको घरमा गएको थिएँl केही सामाजिक, प्रतिष्ठित व्यक्तिहरूका बारेमा कुरा हुँदाहुँदै सुर्यमणि प्रधानले भने, ‘अहिले माथिल्लो तलामा म तपाईंलाई केही देखाउँछु हैl’ उनले यति भने पछि मेरो सबै ध्यान माथिल्लो तलामा नै केन्द्रित हुन थाल्योl माथिल्लो तलामा के रहेछ भन्ने बारेमा मभित्र कौतुहल जाग्न थाल्यो, अनि मन भित्र छटपटी हुन थाल्योl केही बेरमै उनले मलाई माथिल्लो तलामा लगेl माथिल्लो तलाको छतमा छुट्टै रुपमा राम्रो गुणस्तरको छानाले बनाइएका घरको मूल दैलोमा लेखिएको ‘सुसीता संग्राहलय’ देख्दा अलिक उदेक लाग्यो ‘घरमा संग्राहलय?’ मनमा प्रश्न उप्ज्योl भित्र पसेर हेर्दा चकित परेl कारण त्यहाँ सिङ्गो नेपाली संसार देखेl मेरो आँखा सिङमाङमा पर्दा उही गीत ‘सिङमाङमा राखेको कसले खायो घ...
चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा काठमाडौं : चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा गरिएको छ। राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘ मैना ’ निर्माणको घोषणा गरेका हुन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ। यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो। भट्टराईले यसअघि समर लभ , मारूनी , राजा रानी , सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन्। सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन्। चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्। थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। चलचित्रको छायांकन भदौबाट शुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ। चलचित्रमा को - को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए। सिनेमाको नाम अनुसार , चलचित्रको मुख्य भूमिकामा महिल...
१३१औँ जन्म जयन्तीमा सिक्किमका ११औँ छोग्याल सर टासी नामग्यालको प्रतिमा अनावरण गान्तोक: सिक्किमका ११औं छोग्याल सर टासी नामग्यालको १३१औँ जन्म जयन्तीमा उनीद्वारा स्थापित टासी नामग्याल हायर सेकेण्डरी स्कूल (टीएनएसएसएस) को परिसरमा अर्धकद् प्रतिमा स्थापना गरेर अनावरण गरेर उनलाई श्रद्धार्पण गरिएको छ। कार्यक्रममा सिक्किम सरकारका पीएचई तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने पाठशालाका पूर्व विद्यार्थीसमेत रहेका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेती , शिक्षा मन्त्री राजु बस्नेत , मुख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा र राजाकी नातिनी तथा राजकुमारी होप लिजुम नामग्याललगायत भूतपूर्व विद्यार्थी तथा सिक्किम सरकारका पूर्व मन्त्री विधायक सरकारी उच्च पदाधिकारीगणको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्वराजाको शालिकको उद्घाटन गरिए पछि भूतपूर्व विद्यार्थीहरूको सम्मिलनको कार्यक्रम रहेको थियो। राजा तथा विद्यालयका संस्थापक टासी नामग्यालको १३१ औँ जन्मजयन्तीका अवसरमा (टीएनएसएसए) को पूर्व विद्यार्थी संगठन टिनाइट्सले शालिक उद्घाटन तथा ...
Comments
Post a Comment