‘एक्टर: टेक वान’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं: चलचित्र ‘एक्टर: टेक वान’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ। शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्।
यो चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी
दिव्यालाई ‘बोल्ड एण्ड ब्यूटिफूल’ रूपमा
प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट
नेपाल फर्केर आफ्नो करियरको शुरुवात गरेकी हुन्। गीतको भिडियोमा प्रदिप र दिव्याको
केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ। चलचित्र
‘एक्टर: टेक वान’को टिजर पहिले नै लोकप्रिय बनेको छ,
जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने
विश्वास गरिएको छ।
चलचित्रलाई
राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ।
प्रदिप खड्का,
आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत
फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी,
सह-निर्माता अनीश भुसाल र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन्। नरेन्द्र
मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। हर्कुलस
बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत
दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका
छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट
कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ। चलचित्रको मिडिया प्लानिङ जीवन
पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट
महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Comments
Popular posts from this blog
-
पोडकास्ट ‘गुराँस’मा इक्ला सुब्बा र क्यान्डल क्वीन स्मिता राईको रोचक कुराकानी (तलको लिंक क्लिक गर्नुहोस्) खरसाङ: मोमबत्तीलाई सुन्दर आकर्षक रुप दिने सिक्किमकी क्यान्डल क्वीन स्मिता राई अहिले सिक्किममा एक अग्रगामी महिला उद्यमी हुन्l उनको नेतृत्वमा संचालन भइरहेको नाम्ची डिजाइनर क्यान्डल देशका विभिन्न भागहरूमा निक्कै प्रचलित छl नाम्ची डिजाइनर क्यान्डल सिक्किममा आत्मनिर्भरता र महिला सशक्तिकरणको विशेष उदाहरण बनेको छl स्मिता राईले रेस्टुरेन्टको व्यवसायमा पनि तीन वटा कोशेढुङ्गा खडा गरिसकेकी छिन्l उनी सफल उद्यमी महिला भएकी हुनाले उनको कार्य प्रणाली र शैली सीबीएससीको १२ कक्षाको पाठ्यक्रम ‘बिजनेस स्टडिज- पार्ट वान’मा समावेश गरिएको छl सिक्किमबाट शुरु गरिएको पोडकास्ट ‘गुराँस’ मा इक्ला सुब्बाले यिनै महिला उद्यमी स्मिता राईसित खुबै रोचक साथै नयाँ पुस्तालाई प्रोत्साहन, उर्जा र मार्गदर्शन प्राप्त हुने कुराकानी गरेकी छिन्l महिला सशक्तिकरणलाई प्रमुखता दिएर स्थापित गरिएको ‘गुराँस’ अनलाइन महिला पत्रिका होl महिलाहरूसित सम्बन्धित विभिन्न विषय र समस्याहरूलाई ‘गुराँस’ ले प...
चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा काठमाडौं : चलचित्र ‘ मैना ’ निर्माण गर्ने घोषणा गरिएको छ। राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘ मैना ’ निर्माणको घोषणा गरेका हुन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ। यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो। भट्टराईले यसअघि समर लभ , मारूनी , राजा रानी , सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन्। सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन्। चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्। थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। चलचित्रको छायांकन भदौबाट शुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ। चलचित्रमा को - को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए। सिनेमाको नाम अनुसार , चलचित्रको मुख्य भूमिकामा महिल...
यसकारण हेर्नुहोस् लघु चलचित्र ‘सुनैना’... सिलगढी : समयको बदलिँदो क्रममा मानसिकतामा कस्ता किसमका विसङ्गतिहरु पलाउन थालेका छन्, यसबारेमा घोत्लिन आवश्यक बनेको छl समाजभित्र पलाउँदै गरेका विसङ्गतिलाई घोत्लिएर हेर्न हो भने एउटा लघु चलचित्र ‘सुनैना’ कम समय खर्चिएर युट्युबमा हेर्न सकिन्छl चलचित्रले के सन्देश दिन्छ यसबारेमा जान्नका लागि यस समाचारको मुनि रहेको युट्युबको लिंकमा क्लिक गरेर गरेर हेर्नुहोस्l अधिकारी प्रोडक्सनद्वारा निर्मित चलचित्र ‘सुनैना’को प्रिमियर शो गएको आइतबार भव्य रुपमा सिलगढी देवकोटा संघको प्रेक्षगृहमा दिन सम्पन्न भयो। यसै दिन यो चलचित्र युट्युबबाट सार्वजनिक भएको छl श्याम प्रधानको सभापवित्वमा सप्पन्न भएको सो प्रिमियर शोमा प्रमुख अतिथिको रुपमा मिलन रूचाल उपस्थित थिए। उद्घोषक कृष्ण बस्नेतद्वारा संचालित प्रिमियर शोमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पछि चलचित्र युट्युबमा सर्वानाजिक गरिएको हो। धन कुमार राईद्वारा निर्देशित अनि सचिन छेत्रीद्वारा निर्मित चलचित्र ‘सुनैना’मा नायक श्रीजन छेत्री , नायिका शितल छेत्री , पार्वती हमाल ठकुरी , रोजी ...
Comments
Post a Comment