सिक्किम सरकारद्वारा सफलतापूर्वक उन्नति २०२४ कार्यशाला तथा जागरूकता कार्यक्रम आयोजना

गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले हालै भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत डीपीआईआईटीद्वारा शुरु गरिएको केन्द्रीय योजना उन्नति २०२४ को कार्यान्वयनलाई शुरु गर्न एक दिवसीय कार्यशाला आयोजन गरेको छ। यस कार्यशाला राज्यभित्र पहलका लागि प्रभावकारी कार्यान्वयन रणनीति सुनिश्चित गर्न जिल्ला उद्योग केन्द्रहरू (डीआईसी), अग्रणी ब्यांकहरू र चार्टर्ड एकाउन्टेन्टका प्रतिनिधिसहित प्रमुख हितधारकहरूलाई एक साथ ल्याउनका लागि आयोजना गरिएको थियो। कार्यशाला शुरुआत वाणिज्य तथा उद्योग विभागकी अतिरिक्त सचिव तथा निर्देशक सुश्री छोडेन ग्याछोद्वारा गरिएको औपचारिक स्वागत मन्तव्यबाट भएको थियो। ग्रान्ट थर्नटनबाट राज्य नामित कार्यक्रम कार्यान्वयन एकाइ (पीआईयु)द्वारा योजनाको दिशानिर्देश र प्रक्रियामाथि एक पावर पोइन्ट प्रस्तुति सम्भावित लाभ र रणनीतिक भागिदारहरूमाथि प्रकाश पारिन्छ।

वाणिज्य तथा उद्योग विभागका सचिवश्री कर्मा बोनपो, आईएएसले जागरूकता फैलाउन र पदाधिकारी, ब्याङ्करहरूलाई संवेदनशील बनाउनका लागि एक एकीकृत दृष्टिकोणको आवश्यकतालाई रेखाङ्कित गरे तथा र सिक्किममा उन्नति २०२४ को सफल तैनाथी सुनिश्चित गर्नका लागि विभिन्न एजेन्सी र हितधारकहरूबीचको सहयोगात्मक प्रयासको सुझाव दिए। अधिकतम जनचेतनाका लागि स्थानीय जनप्रतिनिधि र जिल्ला कार्यकर्तासँग परामर्श गरी डीआईसीको माध्यमद्वारा सबै जिल्लामा उन्नतिका लागि कार्यशाला आयोजना गरिएको निर्देशकले जानकारी दिए। उन्नति फाउण्डेशनका अध्यक्ष अभिमन्यु ढकालले स्थानीय उद्यमीहरूका लागि परामर्श सहयोगको महत्त्वबारे आफ्नो अन्तर्दृष्टि साझा गरे। उनले मञ्जुरी प्राप्त गर्ने र ऋण हासिल गर्नमा चुनौती सहित पछिल्ला योजनाहरूका साथ आफ्नो अनुभव विस्तारपूर्वक बताए। आफ्नो समापन मन्तव्यमा सचिवले ब्यांकहरूलाई ऋण मञ्जुरीमा तीब्रता ल्याउने र योग्य उद्यमीहरूलाई सक्रिय रूपमा समर्थन गर्न आग्रह गरे। उनले प्रक्रियागत आवश्यकता पूरा गर्न सबै जिल्लामा उन्नति फाउण्डेशन जस्ता समान संस्था स्थापना गर्नुपर्नेमा जोड दिँदै राज्यभित्रै उद्यमी संघहरू गठन गर्न वकालत गरे। वाणिज्य तथा उद्योग विभागका उपसचिव हेमन्त खतिवडाले धन्यवाद ज्ञापन गरेपछि कार्यशाला समापन भयो। -पीआईबी                

Comments

Popular posts from this blog