नाट्य संस्था जागृति परिवारको नयाँ समिति गठन
खरसाङ: भारतीय नेपाली नाटकको क्षेत्रमा एउटा अग्रणी संस्था खरसाङको जागृति परिवारको नयाँ कार्यकारिणी समिति गठन गरिएको छl शनिबार (२४ अगस्त) गोर्खा जन पुस्तकालयमा जागृति परिवारको साधारण सभा संस्थाका संस्थापक तथा सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’को अध्यक्षतामा सम्पन्न भएको थियोl सभामा पुरानो समिति भंग गरेर नयाँ कार्यकारिणी समिति गठन गरियोl नयाँ कार्यकारिणी समितिका कार्यकारी सदस्यहरू यस प्रकार छन्: अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्षद्वय दावा लामा र सञ्जय प्रधान, मूल सचिव प्रकाश प्रधान, सह सचिवद्वय रामकुमार प्रधान र प्रणाम प्रधान, कोषाध्यक्ष सविता मंग्राती गजमेर, प्रमुख सल्लाहकार पूर्ण गुरुङ ‘निरुपम’ र खेमराज राई अनि १२ जना कार्यकारिणी सदस्यहरू चयन गरिएको छl जसमा रहेका छन्: राजेन्द्र प्रसाद थापा, पूर्बा तामाङ, पेमा लामा, श्रीमती गोमा सुब्बा, देबु गुरुङ, श्रीमती अरुणा छेत्री, विजय कुमार राई, रमण लमजेल, विमल गुरुङ, सबिना परियार, रचिता छेत्री, अदीप रोकाl सन् १९७३ मा स्थापित भएको जागृति परिवारले आफ्नो स्वर्ण वर्षको कार्यक्रम गत वर्षदेखि विभिन्न कार्यक्रमहरू गरेर पालन गरिसकेको छl अब स्वर्ण वर्षको समापन कार्यक्रमको तयारी लागेको छl जागृति परिवारले आफ्नो स्थापना कलदेखि तीन दर्जनभन्दा बढी नाटकहरु विभिन्न ठाउँहरू लगायत छिमेकी राष्ट्र नेपालमा पनि मञ्चन गरिसकेको छl सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’द्वारा लिखित अनि निर्देशित ‘बन्धकी राखिएको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘कुन क्षितिजतिर’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’ जस्ता कलात्मक नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेको छl ‘बन्धकी राखिएको सिन्दूर’ नेपालको राजधानी काठमाडौंमा पनि सफलतापूर्वक मञ्चन भएर लोकप्रिय बनेको थियोl
Comments
Post a Comment