एनआईटी सिक्किमद्वारा इन्डक्शन कार्यक्रम २०२४ र राष्ट्रिय अन्तरिक्ष दिवस समारोहको समापन कार्यक्रम सम्पन्न

गान्तोक: राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किमले २३ अगस्तमा आफ्नो राभाङ्ला परिसरमा राष्ट्रिय अन्तरिक्ष दिवस उत्सवको साथ साथै इन्डक्शन कार्यक्रम २०२४ को समापन समारोह आयोजना गर्यो। यो कार्यक्रम नयाँ विद्यार्थीहरूलाई स्वागत जनाउन र शैक्षिक संस्थाहरूबीचको सम्बन्धलाई बढ़ावा दिन एक महत्त्वपूर्ण कोसेढुङ्गा थियो।


यस कार्यक्रममा सिक्किम सरकारका शिक्षा, कानून र खेलकुद तथा युवा मामिलामन्त्री राजु बस्नेतले मुख्य अतिथिको रूपमा उपस्थित भएर कार्यक्रमको शोभा बढाए। कार्यक्रमको अध्यक्षता एनआईटी सिक्किमका निर्देशक प्रो. एम. सी. गोविलले गरेका थिए र यसमा सहभागीहरूलाई प्रेरित तथा उनीहरूलाई आबद्ध गराउनका लागि विभिन्न गतिविधिहरूको शृङ्खला प्रस्तुत गरिएको थियो। सीसीएस युनिभर्सिटी, मेरठका प्रोफेसर सञ्जीव शर्मा र बीएचयुकी प्रोफेसर निधि शर्माले पनि विशेष अतिथिको रूपमा उपस्थित बनेर कार्यक्रमलाई सम्मानित गरे। कार्यक्रममा रजिस्ट्रार, डिन, विभाग प्रमुख, सङ्काय तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

राज्यका मन्त्री राजु बस्नेतले आफ्नो सम्बोधनमा शिक्षाको गुणस्तर बढाउन र विद्यालय स्तरमा शैक्षिक ढाँचालाई सुदृढ गर्नका लागि एनआईटी सिक्किम जस्ता प्रतिष्ठित संस्थाहरूबीच सहकार्यको आवश्यकतामाथि जोड दिए। उनले नयाँ रूपमा सामेल गरिएको बी.टेकका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको पढाइमा सफलता तथा सिक्किममा उनीहरूको सुखद प्रवासको कामना गरे। मन्त्रीले खाम्दोङमा एनआईटी सिक्किमको स्थायी परिसर पूरा गर्न कुराको समर्थन गर्नका लागि राज्य सरकारको प्रतिबद्धतालाई पनि दोहोऱ्याए, ताकि यो संस्थालाई आवश्यक सबै सुविधा सुनिश्चित गरिनेछ।


आफ्नो मुख्य सम्बोधनमा प्रा. एम. सी. गोविलले नयाँ विद्यार्थीहरूको लागि एक मजबुत आधारको महत्त्वलाई जोड दिँदै उनीहरूलाई शैक्षिक वातावरणमा अनुकूल बनाउनमा इन्डक्सन कार्यक्रमको भूमिकामाथि प्रकाश पारे। उनले राष्ट्रिय अन्तरिक्ष दिवसको महत्त्वको बारेमा कुरा गर्दै विद्यार्थीहरूलाई अन्तरिक्ष अन्वेषणमा भारतका उल्लेखनीय उपलब्धिहरूबाट प्रेरणा लिन प्रोत्साहित गरे। उनले प्रौद्योगिकीको क्षेत्रमा आविष्कार र अनुसन्धानको महत्त्वमाथि पनि जोड दिए एवं विद्यार्थीहरूलाई एनआईटी सिक्किममा आफ्नो शैक्षिक यात्रामा उत्कृष्टता हासिल गर्न आग्रह गरे।


यस कार्यक्रममा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिताका साथ भारतको अन्तरिक्ष गाथा विषयवस्तुमा एक प्रोटोटाइप मोडल प्रदर्शनी र पोस्टर प्रस्तुति सामेल थिए। शिक्षा मन्त्री र निर्देशकले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूका नवीन परियोजना र प्रस्तुतिहरूको प्रशंसा गरे। नव प्रवेशित बी.टेकका विद्यार्थीहरूले पनि विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरे, जसले सौहार्द र टीम वर्कको भावनालाई बढावा दियो। कार्यक्रमको समापन राभाङ्ला डिभिजनका विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिको जीवन्त प्रदर्शनका साथ भएको थियो। त्यसपछि सहभागीहरूलाई पुरस्कार वितरण समारोह आयोजन गरियो। एक सफल तथा प्रेरणादायी दिनको समापन गर्दै राष्ट्रिय गीतका साथ कार्यक्रमको समापन भयो। -पीआईबी

Comments

Popular posts from this blog