वायनाड पैह्रो प्रभावित क्षेत्रमा भारतीय सेनाद्वारा बढाइयो उद्धार कार्यको तीब्रता
नयाँ दिल्ली: केरलको वायनाडमा भीषण पैह्रोपछि भारतीय सेना अग्रपंक्तिमा रही उद्धार कार्यमा जुटेको छ। बिहान ६ बजेसम्म उद्धार कार्यका साथै प्रभावित जनमानसलाई सहयोग गर्ने दिशामा उल्लेखनीय प्रगति गरिएको छ।
चलिरहेको उद्धार कार्यको स्थिति :
एनडीआरएफ अनि राज्यको उद्धार टोलीसहित कन्नुरको डीएससी केन्द्रबाट चार कलम अनि १२२ टीए बटालियन संयुक्त उद्धार कार्यमा सक्रिय रहेको छ। यस सहयोगपूर्ण प्रयासको परिणामस्वरूप करिब १ हजार व्यक्तिको उध्धार गर्नका साथै ७० मृतकको पनि उद्धार गरिएको छ।एकजना अधिकारी, एक जेसीओ अनि तीन ओआरएस सामेल रहेको एमईजी एवं केन्द्रको अग्रिम टोली १९ बजे घटना स्थलमा पुगेको थियो। यस टोलीले प्रभावित इलाकामा पुलको आवश्यकता मूल्याङ्कन गर्न मेपड्डी-चूरामाला मार्गमा विस्तृत सर्वेक्षण कार्य गरिरहेको छ। पारा रेजिमेन्ट प्रशिक्षण केन्द्रका कमाण्डेन्ट ब्रिगेडियर अर्जुन सीगन लगायत दुईजना अधिकारी, चार जेसीओ अनि २४ ओआरएस २३ बजे घटनास्थलमा पुगे। उनीहरूले सम्भावित पुल निर्माण स्थलको सर्वेक्षण गरी डीएससी केन्द्रका कमाण्डेन्टको सहयोगमा भारतीय सेना मानवीय सहायता एवं आपदा राहत (एचएडीआर) बीच तालमेल बनाउन नियन्त्र केन्द्र स्थापित गरियो।
अतिरिक्त कलम अनि सम्बद्ध प्रयासको
स्थिति:
चिकित्सा
टोलीसहित दुई एचएडीआर कलमलाई त्रिवान्द्रमबाट कोजिकोडसम्म एएन३२ र सी-१३० हवाई
जहाजको माध्यमद्वारा पुऱ्याउने काम गरियो। ६ जना अधिकारी, ७
जेसीओ अनि १२१ ओआरएस सामेल रहेको टोली कोजिकोड हवाई अड्डाबाट २३ बजे प्रस्थान गरी
राति विश्राम गरियो। इन्धन अनि अन्य प्रशासनिक रसदको योजना सडकको माध्यमद्वारा
गरिएको छ भने उद्धार कार्यको निम्ति निर्धारित स्थलमा उक्त कलम ६:३० बजे प्रस्थान
गर्ने तय भएको छ। एकजना अधिकारी, दुई जेसीओ अनि १२० ओआरएसका
साथमा एउटा जेसीबी, टाट्रा अनि ११० फीट लामो टी/एस बेली पुल
सामेल रहेको एमईजी एवं केन्द्रको ईटीएफ बिहान ३ बजे स्थलमा पुगेको थियो। यी संसाधन
अग्रिम रूपमा जाने टोलीद्वारा गरिएको विस्तृत सर्वेक्षणको आधारमा तैनाथ गरिनेछन्।
एमईजी
एवं केन्द्रबाट बेली पुलको दुई थान बिहान ५ बजे सडक मार्ग हुँदै प्रस्थान गराइएको
छ। यसका अतिरिक्त,
सी-१७ हवाई जहाजले एउटा बेली पुल ईञ्जिनियर्स स्टोर डिपो, दिल्ली क्यान्टबाट लिएर जाँदैछ भने तीन खोज एवं उद्धार कुकुरको टोलीलाई
दिल्ली हवाई अड्डाबाट करिब ७ बजे बिहान
प्रस्थान गराइँदैछ।
दिनका लागि नियोजित कारबाही:
सबै ६ कलमले एनडीआरएफ र लोक प्रशासनका साथ मिलेर उद्धार कार्य निष्पादन गर्न जारी राख्नेछ। मेपड्डी-चूरामाला सडकमा पुलको निर्माण हवाई मार्ग हुँदै नदीको अर्को किनाराबाट डोजर मशिनहरू आदि तैनाथ गरिएपछि शुरु गरिनेछ। ब्रिगेडियर सीगन र ईटीएफ कमाण्डरद्वारा हवाई सर्वेक्षणको योजना ९:३० बजेको निम्ति निर्धारित गरिएको छ। हवाई सर्वेक्षण तथा लोक प्रशासनको आवश्यकताको आधारमा थप संसाधनको आवश्यकता मूल्यांकन गरिनेछ। यस चुनौतीपूर्ण समयमा केरलका मानिसहरूलाई आवश्यक सहयोग प्रदान गर्न भारतीय सेना प्रतिबद्ध छ। -पीआईबी
Comments
Post a Comment